पुस २, २०७५
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले सिरियामा रहेका कुर्दिश लडाकूहरूलाई अमेरिकाको सैन्य फिर्तीपछि सुरक्षा दिने सम्बन्धमा टर्कीसँग एक सहमतिमा पुगिने विषयमा आशावादी रहेको बताएका छन् ।
उनले आफ्ना टर्किश समकक्षीसँगको फोनवार्तापछि युरनाइटेड अरब इमिरेट्समा यो कुरा बताएका हुन् ।
अमेरिकी बलहरूले कुर्दिश मिलिसियासँग मिलेर उत्तरी सिरियामा इस्लामिक स्टेट लडाकूविरुद्ध लडेका हुन् ।
तर टर्कीले पीपुल्स प्रोटेक्सन युनिट्स (वाईपीजी) लाई आतंकवादी समूह मानेको छ र त्यसलाई दमन गर्ने प्रतिज्ञा गरेको छ ।
पम्पिओ अहिले मध्यपूर्वको भ्रमण गरेर साझेदारहरूलाई सुनिश्चित गराउने प्रयास गरिरहेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो महिना अचानक सिरियाबाट अमेरिकी बलहरू फिर्ता हुने घोषणा गरेपछि चिन्तित साझेदारहरूलाई ढुक्क बनाउन उनी त्यहाँ पुगेका हुन् ।
संवाददाताहरूसँग अबु धाबीमा कुरा गर्दै पम्पिओले टर्कीका जनताको अधिकार अनि टर्कीका राष्ट्रपटि रेचेप तैयिप अर्दोआनले आफ्नो देशलाई आतंकवादीहरूबाट रक्षा गर्ने अधिकार राखेकोलाई अमेरिकाले स्वीकार गरेको बताए ।
‘यत्तिका समयसम्म हामीसँगै मिलेर लड्नेहरू पनि सुरक्षाका हकदार छन् भन्ने कुरा पनि हामीलाई थाहा छ,’ उनले भने ।
पम्पिओले टर्कीका परराष्ट्रमन्त्री मेव्लुत काभुसोग्लुसँग कुराकानी गरेको बताउँदै थपे, ‘धेरै कुराहरूमा थप छलफल बाँकी छ तर हामीले सकारात्मक परिणाम हासिल गर्नेमा म आशावादी छु ।’
गत साता राष्ट्रपति अर्दोआनले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले कुर्दिश लडाकूहरूलाई सुरक्षा दिइनुपर्ने भनी गरेको आह्वानलाई रिसाउँदै अस्वीकार गरेका थिए ।
यस्ता वक्तव्यहरू अस्वीकार्य हुने उनले बताएका थिए ।
बीबीसीबाट
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...