×

NMB BANK
NIC ASIA

साउदीबाट भागेकी किशोरी पुगिन् क्यानडा

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — आफ्नो परिवारविरुद्ध दुर्व्यवहारको आरोप लगाउँदै भागेकी एक साउदी किशोरी क्यानडाले शरण दिएपछि त्यहाँ पुगेकी छन् । साउदीबाट भाग्ने क्रममा उनी बैंककको एक विमानस्थलमा लुकेकी थिइन् । 

रहाफ मोहम्मद अल–कुनुन बैंकक हुँदै अस्ट्रेलिया जान खोजिरहेकी थिइन् तर त्यहाँ शुरूमा उनलाई कुवेत फर्किन भनिएको थियो । कुवेतमा उनलाई परिवारका मानिसले कुरिरहेका थिए ।

उनले फिर्ता जान अस्वीकार गर्दै आफूलाई एयरपोर्टमा रहेको एक होटलमा बन्द गरेकी थिइन् । यो घटना अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित भएको थियो । 

उनले इस्लाम धर्म त्यागेको घोषणा पनि गरेकी थिइन् । त्यस कार्यलाई साउदीमा मृत्युदण्ड दिइन्छ । 

क्यानडाकी परराष्ट्रमन्त्री क्रिस्टिया फ्रील्यान्डले यी किशोरीलाई एकदमै साहसी नयाँ क्यानडेली भनी परिचय गराएकी थिइन् । अल–कुनुनले निकै धेरै समस्या भोग्नुपरेको र लामो यात्रा गर्नुपरेको हुनाले निकै थाकेकोले गर्दा शनिवार कुनै
सार्वजनिक वक्तव्य दिन नसक्ने फ्रील्यान्डले बताइन् । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकारहरूसँग कुरा गर्दै शरणार्थी सम्बन्धी संयुक्त राष्ट्संघीय उच्चायोगको अनुरोध बमोजिम क्यानडाले अल–कुनुनलाई शरण दिएको बताए । 

‘क्यानडा जहिले पनि विश्वभरि मानवअधिकार र महिला अधिकारको पक्षमा रहन्छ भन्ने कुरामा प्रस्ट छ,’ उनले बताए । 

अल–कुनुन सउलबाट शनिवार कोरियन एयरको उडानबाट पीयर्सन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । 

कुनुनले आफ्नो परिवारबाट हत्या हुने डर रहेको बताएका थिइन् । 

‘म आफ्नो देशमा अध्ययन गर्न र काम गर्न सक्दिनँ त्यसैले म आफूले चाहेबमोजिम अध्ययन गर्न र काम गर्न स्वतन्त्र हुन चाहन्छु,’ उनले भनिन् । 

उनले एएफपी समाचार संस्थासँग कुरा गर्दै परिवारबाट शारीरिक तथा मानसिक दुर्व्यवहार खेप्नुपरेको बताएकी थिइन् । कपाल काटेकोमा उनलाई ६ महिनासम्म कोठामा थुनिएको थियो । 

उनको परिवारका एक प्रवक्ताले यस विषयमा कुनै टिप्पणी नगर्ने र उनीहरूले किशोरीको सुरक्षा मात्र आफ्नो चासोको विषय रहेको बताए । 

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायले उनलाई एक वैध शरणार्थी मानेको र उनलाई शरण दिने क्यानडाको निर्णयलाई स्वागत गरेको जनायो । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x