महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पारजित
काठमाडौं— थाइल्याण्डमा जारी महिला टी—ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बैंककमा आइतबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
जितसंगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा रोमा थापाले अविजित २० रन र सिता राना मगरले १६ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्न नेपालकी सरिता राना मगर एक्लैले ४ विकेट लिइन् । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए ।
पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।
थप समाचार
- डीपीएल क्रिकेट : अत्तरियाले काठमाडौंलाई दियो १११ रनको लक्ष्य
- नेपालद्वारा मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत
- सुदूरपश्चिमका ३२ ठाउँमा खेल मैदान निर्माण हुने, २० लाखका दरले बजेट विनियोजन
- शहीद स्मारक बी डिभिजन लिग फूटबल : टुसाल विजयी
- एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान
- डीपीएल क्रिकेट : काठमाडौंलाई हराउँदै अत्तरिया फाइनलमा
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस