×

NMB BANK
NIC ASIA

फुटपछि विवेकशील कार्यालयविहीन, नयाँ खोज्ने कि पुरानैमा दाबी ?

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काडमाडौं - आन्तरिक विवादका कारण विवेकशील साझाबाट अलग भएर उज्ज्वल थापाको नेतृत्वमा गठन भएको ‘विवेकशील नेपाली दल’ कार्यालयविहीन भएको छ । 

Muktinath Bank

पार्टीका एक संयोजक थापालगायत १६ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।  १७ महिना अघि रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र थापा नेतृत्वको विवेकशील दल एक भएर विवेकशील साझा नामको नयाँ पार्टी बनेको थियो । स्थानीय निकायको चुनाव सकिएलगत्तै प्रादेशिक र संघीय निर्वाचनमा एकीकृत भएर भाग लिएको विवेकशील साझाले प्रादेशिक चुनावमा राम्रै उपस्थिति जनाएको थियो । तर पाछिल्लो समयमा देखिएको विवादका कारणले गत शुक्रबार पुरानै नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा थापा पक्षीय नेताहरूले निवेदन दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४२ प्रतिशत केन्द्रीय सदस्यलाई लिएर पुरानै नामबाट नयाँ पार्टी बनेको विवेकशील नेपाली दलको पार्टी कार्यालय कहाँ हुने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । ‘आज मिटिङ  बोलाइएको छ, सम्भवतः आजको मिटिङले कार्यालय कहाँ राख्ने भन्ने टुंगो लाग्नेछ’ विवेकशीलका एक नेता मिलन पाण्डेले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

विवेकशीलको पुरानो पार्टी कार्यालय धुम्बाराहीस्थित चप्पल कारखाना नजिकै थियो । तर मिश्र नेतृत्वको साझा पार्टीसँग एकता गरेपछि एकीकृत पार्टी ‘विवेकशील साझा’को केन्द्रीय कार्यालय ललितपुरस्थित बखुन्डोलमा राख्ने निर्णय भयो । बखुन्डोलमा नयाँ कार्यालय स्थापना भएसँगै पूर्व विवेकशीलको चप्पलकारखाना स्थित कार्यालय बन्द भएको थियो । शुक्रबार नयाँ पार्टी दर्ताको निवेदन दिएसँगै थापा नेतृत्वको समूहलाई नयाँ कार्यालय खोज्ने वा विवेकशील साझाको बखुन्डोलस्थित कार्यालय दावी गर्ने चुनौती थपिएको छ ।

Vianet communication
Laxmi Bank

मिश्र नेतृत्वको साझा पार्टीसँग एकीकृत भएपछिको १७ महिनामा पार्टीले गरेको आम्दानी  बांडफांड गर्नुपर्ने आवाज पनि उज्ज्वल समूहमा उठिरहेको छ । ‘त्यो आय संयुक्त आय हो, त्यसमा हाम्रो पनि हक लाग्छ,’ विवेकशीलका एक नेताले भने, ‘त्यसविषयमा हामीबीच छलफल हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x