कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
पुस २९, २०७५
विराटनगर–एक नम्बर प्रदेशको नाम र राजधानीको विषय तत्काल नटुङ्गिने भएको छ । प्रदेश सभाको अधिवेशन शुरु हुन ढिला भएसँगै नाम र राजधानीको बिषय टुङ्गिन पनि समय लाग्ने भएको हो । प्रदेश एकका मुख्यमन्त्री राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको बिषय टुङ्गिने बताएका हुन् ।
नाम र राजधानीको बिषय सकेसम्म सहमतिबाट नै टुङ्ग्यउने भन्ने बारेमा उच्च स्तरमा नै निर्णय भएकोले त्यही आधारमा टुङ्ग्याउन आफू लागिरहेको मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले पहिलो चरणमा प्रदेश सभाका बिषयगत समितिहरुको सभापति छानिने र त्यसपछि सभामा पेश भएका केही बिधेयक माथिको छलफल पछि मात्र प्रदेशको नाम र राजधानीले सभामा प्रवेश पाउने बताए ।
‘अहिले पनि प्रदेश सभामा ५ वटा बिधेयक पेश भईसकेको छ, मुख्यमन्त्री राईले भने, अब प्रदेश सभा माघ दोश्रो साता बोलाउने गरी तयारी थालिएको छ, प्रदेश सभा शुरु हुने बितिकै प्रदेश सरकारका धेरै कामहरुले थप गति लिने छ ।’
मन्त्रिपरिषद बिस्तार गर्ने प्रसङ्गमा मुख्यमन्त्री राईले संघीय सरकारको निर्णय पर्खिएर बसेको बताएका छन् । अन्तर प्रदेश परिषद बैठकबाट मन्त्रालयहरु कसरी बढाउने भन्ने बारेमा छलफल भएकोले प्रदेशमा मन्त्रालय कति रहने भन्ने एकिन भएर आएपछि मात्र त्यसैको आधारमा मन्त्रिपरिषद् विस्तार हुने राईले बताए ।
प्रदेशले काम गर्न नसक्नु सकारात्मक !
मुख्यमन्त्री राईले प्रदेश सरकारले काम गर्न नसकेको बारेमा आएको टिकाटिप्पणीलाई सकारात्मक भनेका छन् । उनले केही प्राविधिक समस्याकाबीच पनि केही कामको थालिनि भएको दाबी गरे । तर आम नागरिकले सोचेको जस्तो तत्कालै काम हुन नसकेको मुख्यमन्त्री राईले स्वीकार गरे ।
राईले ७ महिना कानून निर्माण र अस्थायी संरचना निर्माणमा बितेको सुनाउँदै संरचना नभएको र जनशक्ति अभावले पनि समस्या भएको सुनाए । ‘एक चौमासिक त प्रदेश सरकारको एउटा पनि युनिट थिएन, उनले भने, जनताको माग र चाहना अनुसारको काम नभएपनि प्रदेशले धेरै कामहरु राम्रा गर्दैछ ।’
हरेक घरमा सुरक्षा सम्बन्धि स्टीकर टाँस्ने, रिफ्रेसमेन्ट सेन्टर बनाउने, सडक शुसाशन, आम्दानीको श्रोतहरुको पहिचान गर्ने काम मन्त्रालयले गरिरहेको बताए ।
प्रर्यटकीय स्थल, कृषि र पर्यटनमा समेत प्रदेश सरकार केन्द्रीत रहेको बताए । प्रदेश सरकारले १ बर्षे, ५ बर्षे र १५ बर्षे योजना निर्माणमा विज्ञहरु लागिरहेको भन्दै मुख्यमन्त्री राईले मास्टर प्लानिङका आधारमा लगानी सम्मेलनको तयारीका लागि प्रदेश सरकारले कार्यदिशा अगाडी बढाएको बताए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...