×

NMB BANK
NIC ASIA

पप्पुले अलपत्र पारेका २ पुल : तत्काल निर्माण हुनुपर्ने माग राख्दै स्थानीय अनशनमा

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – सिरहादेखि धनुषा हुँदै सप्तरीको राजविराजसँग जोडिने हुलाकी राजमार्गमा ठेक्का सम्झौता भएको वर्षाैसम्म कमला र बलान पुल निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले रिले अनशन शुरू गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

ठेकेदारले समयमै काम नगर्ने र सरकारले ठेकेदारलाई कारवाही नगर्ने प्रवृत्तिको शिकार स्थानीय भएको भन्दै अनशन शुरू गरिएको छ । सरकारले स्थानीयसँग ६ महिनाभित्र दुवै पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धतासहित सम्झौता गर्नुपर्ने माग गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिरहा नगरपालिका–६ र धनुषाको कमला नगरपालिकाको सघारा गाउँबीच कमला नदीमा पुल निर्माणका लागि तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री हृदयेश त्रिपाठीले शिलान्यास गरेका थिए । पुल सिलान्यास हुँदा स्थानीय हर्षित भएका थिए ।


Advertisment
Nabil box
Kumari

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६८ जेठ ३१ गते पुलको ठेक्का सम्झौता गरिएको थियो । २८ करोड १५ लाखको लागतमा २०७१ मंसिर ३१ गते सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । ४२ महिनामा पुल निर्माण कार्यसम्पन्न गर्ने गरी शर्मा एण्ड पप्पु जेभीले सम्झौता गर्दा ३ करोड ३० लाख रुपैयाँ पेश्की स्वरूप भुक्तानी लिएको थियो । हालसम्म निर्माण कम्पनीले १४ करोड रुपैयाँसम्म भुक्तानी लिइसकेको छ । सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य आधा पनि भएको छैन ।

Vianet communication
Laxmi Bank

हुलाकी राजमार्ग अन्तर्गत नै सिरहाको भगवानपुर गाउँपालिका र सप्तरीको दिघवा गाउँपालिकाबीच बलान पुल निर्माण गर्ने काम पनि पूरा भएको छैन । २०६८ चैत्र ३१ गते सरकार र शर्मा एण्ड पप्पु जेभी कम्पनीबीच पुल निर्माणका लागि सम्झौता गरिएको थियो ।

२४ करोड लागतमा निर्माण हुने पुलको सम्झौता २०७४ भदौ १४ गतेसम्म थियो । १५ करोड ५८ लाख रुपैयाँ सरकारले निर्माण कम्पनीका प्रतिनिधि हरिनारायण रौनियारलाई भुक्तानी गरिसकेको छ । तर पुल निर्माण हालसम्म पनि हुन सकेको छैन ।

सरकारले पटक–पटक म्याद थपिरहने भएपनि पुल निर्माण हुन नसक्दा स्थानीय थप पीडित बनेका छन् । दुवै पुल निर्माण भए सिरहादेखि धनुषा, महोत्तरी र सप्तरीको राजविराजसम्मको बाटो ९० किलोमिटरको हुनेछ ।

निर्माण गर्न माग गर्दै रिले अनशन

अलपत्र परेको पुल निर्माण कार्य तत्काल अगाडि बढाउन माग गर्दै स्थानीयले अनशन गरिरहेका छन् । सिरहा निवासी रामरिझन यादवको संयोजकत्वमा गठित हुलाकी सडक संघर्ष समितिले गत पुस १७ गतेदेखि निरन्तर रिले अनशन गरिरहेको छ ।

सिरहाको महावीर चोकमा यादवको संयोजकत्वमा सिरहा संयोजक मनोज पासवान, रामबालक यादव, सुरेन्द्र कामत, महेन्द्र यादव, हरेराम यादव, सुरेन्द्र यादव, उमेशकुमार झा, विनय शर्मा, दिवाकर यादव, भोला यादव, जगदीश यादव लगायतले रिले अनशन बसिरहेका छन् ।

दुवै पुल ६ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धतासहित सरकारले स्थानीयसँग सम्झौता गर्नुपर्ने माग गर्दै रिले अनशन बसेको संयोजक रामरिझन यादवले बताए । ‘प्रत्येक दिन २४ घण्टे अनसन बसिरहेका छौं,’ यादवले भने, ‘एउटा टोलीलाई अर्को टोलीले अनशन तोडाउँदै अर्को टोली अनशन बस्ने गरेको छ ।’ 

बिहान ७ बजेदेखि भोलिपल्टको ७ बजेसम्म ५ देखि १० जनासम्मको टोलीले प्रत्येक दिन अनशन बस्ने गरेको उनले बताए । महिलाको टोलीदेखि शिक्षक, किसान सबैको अलगअलग टोली अनशनमा बसेका छन् । 

अनशनमा सिरहाका विभिन्न गाउँका स्थानीयले ऐक्यवद्धता जनाएका छन् । पुस २५ गते सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित अनशन स्थलमा पुगेर अनशनकारीको माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गराएर जानकारी गराएका छन् । तर संघीय सरकारको कुनै पनि मन्त्रालयले अनशनको सुनुवाइ नगरेको संयोजक यादवले बताए ।

संयोजक यादव नयाँशक्ति पार्टीका नेता हुन् । उनी बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनका प्रेस सल्लाहकार थिए । गत भदौ ३१ गते देखि असोज ७ गतेसम्म यादवले हुलाकी सडकको राजविराज–जनकपुर करिडोरको पैदल यात्रा गरेर सडक निर्माणका लागि अभियान सञ्चालन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x