×

NMB BANK
NIC ASIA

दादुरा खोप लगाएपछि बालकको मृत्यु घटनाको छानबिनमा बेवास्ता

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

टीकापुर – दादुरा खोप लगाएपछि बालकको मृत्यु भएको घटनाको छानबिनमा वेवास्ता गरिएको छ ।

Muktinath Bank

बालकको मृत्यु भएको ६ दिन बित्नै लाग्दा समेत सम्बन्धित निकायबाट छानबिनमा बेवास्ता गरेको पीडित परिवारले गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवारले अझै वेवास्ता गरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

पुस २५ गते विहानसम्म कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालक चरण चौधरी आफ्नो आमासँगै खेलिरहेका थिए । बिहान १० बजे उनलाई स्थानीय मुनुवा हेल्थपोस्टबाट खटिएर आएका स्वास्थ्यकर्मीले गाउँकै खोपकेन्द्रमा दादुरा रोग विरुद्धको खोप लगाए ।

Vianet communication
Laxmi Bank

खोप लगाइएका बालक १५ मिनेटपछि बेहोस भएको र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । 

‘बच्चालाई कुनै समस्या थिएन । बिहान १०  बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो । टीकापुर अस्पताल ल्याउँदा–ल्याउँदै बच्चाको मृत्यु भइहाल्यो,’ मृतक बालकका बुबा बासुदेव चौधरीले भने, ‘स्वास्थ बच्चा खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरवाही भएकाले यसको अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्दछ ।’

बालकको मृत्युपछि जानकी गाउँपालिकाले घटनाकोे छानबिन गरी कारण पत्ता लगाएर दोषीलाई कारवाही गर्ने पीडित परिवारलाई आश्वासन दिएको थियो । तर छानबिन लम्ब्याउने काम मात्रै भएको मृतक बालकको बुवा चौधरीले बताए ।

गाउँपालिकाले १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको बताउँदै मृतकका बुवा चौधरीले भने, ‘हामीलाई १५ हजार राहत चाहिएको छैन । वास्तविकता पत्ता लगाएर दोषीलाई कडा कारवाही गर्नुपर्छ । मेरो बच्चा त बित्यो । तर अरु बच्चाहरूलाई यस्तो समस्या नहोस् भन्ने हाम्रो भनाई हो । त्यसैले निष्पक्ष छानबिन गर्नुपर्छ ।’

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले एकै भाइल ७ देखि १० बालकलाई लगाइने र अरु बच्चामा केही समस्या नभएको बताए । उनले ती बालकलाई यो दोस्रो डोज लगाइएको र कसरी हुन गयो भन्ने कुरा खोप महाशाखा र विश्व स्वास्थ्य संगठनका डाक्टरलाई खबर गरिसकेको बताए ।

टीकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने बताए ।

‘खोपले गर्दा बच्चाको मृत्यु भए नभएको टीकापुर अस्पतालमा परीक्षण गर्ने व्यवस्था नभएपछि मृतकको भिसेरा परिक्षणको लागि नमूना लिएको छौं । खोपप्रति आशंका भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्छ,’ उनले भने ।

परिवारले सो भिसेरा परीक्षण गरी वास्ताविकता पत्ता लगाउन माग गरेका छन् । परीक्षणको लागि कैलालीमा सम्भव नभएपछि काठमाडौं लगेर परीक्षण गर्नुपर्ने र जसको पूर्ण व्यवस्था गाउँपालिकाले गर्नुपर्ने माग परिवारजनको छ ।

डाक्टर खनालले अरु बच्चालाई पनि खोप दिनुपर्ने भएकाले सरकारले आफै परीक्षण तथा सजकता अपनाउनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x