×

NMB BANK
NIC ASIA

माघी पर्वमा शीर्ष नेताहरूको शुभकामना : भावनात्मक एकता कायम गर्न सफल

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उहाँले माघ १ गते ‘मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति’लाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रूपमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ । 

Muktinath Bank

नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गम स्थल रहेको बताउँदै उहाँले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने उल्लेख गर्नुभएको छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै जसले जसरी मनाए पनि सबै चाडपर्व र रितिरिवाजले सबै नेपाली समुदायलाई एकसुत्रमा बाँधेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।


Advertisment
Nabil box
Kumari

माघीको अवसरमा नेकपाका अध्यक्ष प्रचण्डद्वारा शुभकामना
नेकपाका अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्ति (मकर संक्रान्ति)को शुभकामना दिएका छन् । उनले नेपालीले मनाउने यस चाडको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनु भएको छ । उहाँले माघी पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्दै मुलूकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन आह्वान गर्नु भएको छ ।

Vianet communication
Laxmi Bank

माघी पर्वः भावनात्मक एकता कायम गर्न सफल
सभामुख कृष्णबहादुर महराले सांस्कृतिक विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभएको छ । थारू, मगरलगायत आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे सङ्क्रान्ति/माघ पर्व/माघे सकरातीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै सभामुख महराले नेपालको सांस्कृतिक विविधताले विश्वमै छुट्टै पहिचान कायम गरेको बताउनुभयो । उहाँले थारू समुदायले माघी, मगरले माघे सकराती र देशभरका आम नेपालीले माघे सङ्क्रान्तिका रूपमा मनाउने यस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको विकास गर्नाका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको बताउनुभएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x