मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
धनगढी – माघीको आगमनसँगै आदिवासी थारु समुदायमा नयाँ वर्ष शुरू भएको छ ।
माघ १ गतेबाट थारु संवत् २६४२ को शुरूवात भएको हो ।
चालू इस्वी संवत्मा ६२३ जोड्दा भगवान बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष माघी पर्वभन्दा भगवान् बुद्ध ३ महिना २७ दिनपछि जन्मिएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू संवत् भन्ने गरिएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् । जसअनुसार थारु समुदायमा नयाँ वर्षको शुरूवात भएको हो ।
थारु समुदायमा माघीको निकै उल्लास बढेको छ । पुस ३० गतेदेखि शुरू भएको माघीको रौनकमा पूरै थारु वस्ती झुमिरहेको छ । दाङदेखि कञ्चनपुरसम्मको थारु वस्तीमा अलग्गै रौनक छाएको हो ।
माघ १ गतेलाई अधिकांश क्षेत्रमा माघे संक्रान्तिको रुपमा आ–आफ्नै रीतिसंस्कृति अनुसार मनाउँछन् । तर थारुवस्तीमा ३ दिनसम्म धुमधामसँग मनाइन्छ ।
पर्व मनाउन टाढा–टाढा बसेकाहरू गाउँघरमा फर्किएर जमघट भएको छ । चेलीबेटी माइती घर पुगेका छन् । यसैबीच गाउँको नेतृत्वकर्ता अर्थात बड्घर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रालगायत चयन माघ महिनामै चयन हुने हुँदा नेतृत्व चयनको बहस पनि शुरू भएको छ । ठाउँठाउँमा माघी मेला, माघी मिलन र महोत्सवको आयोजनाले माघीको रौनक थप बढेको छ ।
थारुवस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोकगीतसँगै डफ र मादलको आवाजले गाउँघर गुञ्जायमान बनेको छ ।
कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय ७६ वर्षीय सत्यनारायण डंगौरा थारुका अनुसार पुसको अन्तिम दिन थारु समुदायमा जिटा अर्थात् बंगुरको मासु खाने प्रचलन रहिआएको छ । सामूहिक रुपमा बंगुर काटेर धुमधामसँग भोजभतेर गरिन्छ । मासुको परिकारको अलावा ढिकरी, खेरिया, सिद्रा, फुलौरी, आचार, सिन्की (गुन्दु्रक) लगायत विभिन्न परिकार बनाइन्छ ।
माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठूलाबाट अशिर्वाद लिने र सानालाई अशिर्वाद दिने प्रचलन रहिआएको छ । यो दिन पनि आफ्नो घरमा रहेका ढिकरी लगायतका पाकवान खाने र खुवाउने चलन रहेको पनि थारुको भनाई छ ।
मकर संक्रान्तिका दिन नुहाउनेले वर्षभर गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी बध हुँदैन । यो दिनलाई नै थारु समुदायले नयाँ वर्ष मान्ने गरेका छन् ।
माघीको तेस्रो दिन माघ २ गतेलाई खिच्रहवा भन्ने गरिएको छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवी बताउँछन् । थारु नागरिक समाज कैलाली संयोजक चौधरीका अनुसार माघी पर्वको तेस्रो दिनदेखि गाउँगाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बड्घर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भन्ने गरिएको छ । यस्तो प्रचलन दाङदेखि पश्चिममा रहेको छ ।
एउटा परिवारका सबै सदस्यहरू एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ पनि भन्ने गरिएको छ ।
‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने गर्दछ,’ संयोजक चौधरीले भने, ‘छलफलबाट अगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’
यसैबीच थारु वस्तीमा ‘माघ लहैली सुरज पाइँ लग्ली रे हाँ, सखिये हो बाबाकी सगरम मुरिया लहान’जस्ता बोलको कोरस गाउँदै बुढापाका, तन्नेरीहरू नाचगान गर्ने गर्छन् । यसलाई ‘मघौटा नाच’ भन्ने गरिन्छ । अचेल माघीको गीतलाई ठट्यौली पारामा ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखिये हो माघक् पिली गुरीगुरी जाँर’ गाउँदै युवापिढीहरू नाचगान गर्ने चलन पनि छ ।
निकै रमझमका साथ यसरी माघी पर्वको विधिवत् रुपमा अन्त्य भई थारुहरुमा भोजविवाह लगायतका अन्य कार्यक्रम शुरू हुने गरेको बताइएको छ ।
पश्चिमतिर प्रचलनमा रहेको कमैया, कमलरी प्रथासँग पनि यो पर्वको सम्बन्ध रहेको छ । हाल कमैया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाएपनि उहिले माघी पर्वपछि नै प्रायः कमैया, कमलरी बस्ने प्रचलन रहेको बताउँछन् थारु कल्याणकारिणी सभा कैलालीका निवर्तमान अध्यक्ष प्रभात कुमार चौधरी ।
यद्यपि जुनसुकै बेला कमैया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरू माघी पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्व समेत भन्ने गरिएको निवर्तमान सभापति चौधरीको भनाई छ ।
माघी धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको पर्वको रुपमा लिइन्छ । थारु समुदायले माघीलाई महान पर्वको रुपमा मनाउनुको साथै यो पर्वले आपसी सम्बन्धमा सुधार ल्याउने गरेको जनविश्वास थारु समुदायमा रहेको छ ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...