×

NMB BANK
NIC ASIA

प्रदेशको बिदालाई टेर्दैनन् संघीय निकाय, अन्तरप्रदेश परिषद्को निर्णय उल्लंघन

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपनि संघीय सरकार र निकाय मातहतका कार्यालयले अटेरी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रशासन कार्यालय, विभिन्न बैंक, संघीय निकाय अन्तर्गतका कार्यालयले प्रदेश सरकारको निर्णयलाई चुनौती दिँदै कार्यालय सञ्चालन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य सीता नेपालीले प्रदेश सरकारले दिएको बिदालाई प्रदेशमा रहेका संघीय निकायले पनि मान्नुपर्ने बताइन् । ‘प्रदेशभर १० जिल्लामा रहेका संघीय सरकार मातहतका कार्यालय अर्कै स्थानमा त छैनन् नि !’ उनले भनिन्, ‘प्रदेश सरकारको क्षेत्रमा रहेर प्रदेश सरकारको निर्णय अटेर गर्नु गैरजिम्मेवारपन हो । अब सरकारले के गर्छ त्यो हेर्न बाँकी छ ?’


Advertisment
Nabil box
Kumari

उनले संघीय निकायले प्रदेशलाई नटेरेको बताइन् । ‘कर्मचारीतन्त्रले देश चलाउने होइन,’ उनले भनिन्, ‘संघीय संरचनाका नाममा कोही कसैले मनपरी गर्न हुँदैन । प्रदेशभित्र सबै संरचनाका लागि कर्णाली प्रदेश सरकार हो । सबैले मान्नैपर्छ । नमान्ने हो भने किन प्रदेश सरकार चाहियो ?’

Vianet communication
Laxmi Bank

राजनीतज्ञ डण्डीप्रसाद शर्मा प्रदेशले आफ्नो निर्णय गरेपनि संघीय संरचनामा भएका कार्यालयलाई परिपत्र नआएका कारण कार्यालय खोलेको हुनसक्ने बताए । उनले संघीय संरचनामा भएका कार्यालयले प्रदेश सरकारको निर्णय मान्नैपर्ने बाध्यकारी व्यवस्था नभएका कारण बिदा नदिइएको हुनसक्ने बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी उत्तम शर्माले आफूहरूलाई संघबाट कुनै पनि परिपत्र नआएका कारण बिदा नदिइएको बताए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सार्वजनिक बिदाको लागि सहयोग गर्न गृह मन्त्रालयलाई पत्र पठाइएको बताए । ‘उहाँहरूले बिदा दिनुपर्थ्यो,’ मन्त्री भण्डारीले भने, ‘अब कसरी अघि बढ्ने भन्नेबारे हामी सल्लाह गर्छौं ।’

अन्तरप्रदेश परिषद्को निर्णयको उल्लंघन

गत पुस ३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको अन्तरप्रदेश परिषद्को बैठकले प्रदेश सरकारले दिएको बिदामा संघ मातहतका कार्यालय पनि बन्द हुने निर्णय गरेको थियो । तर मकर संक्रान्तिको बिदामा परिषद्को निर्णय उल्लंघन भएको छ ।

बैठकले प्रदेशले दिने सार्वजनिक बिदामा सम्बन्धित प्रदेशभित्रका सबै संघीय कार्यालय अब बन्द हुने निर्णय गरेको थियो ।

परिषद्को निर्णयपछि बिदा सम्बन्धी विवाद समाधान हुने अपेक्षा गरिएको थियो । तर संघीय सरकारले निर्णय कार्यान्वयनमा समन्वय नगर्दा फेरि बिदा विवाद कायमै रहेको देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x