×

NMB BANK
NIC ASIA

समयमै परीक्षण गरे रोक्न सकिन्छ पाठेघरको क्यान्सर

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन– समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा बर्सेनि धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ । 

Muktinath Bank

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न ठाउँमा पुगेर महिलाको पाठेघरको मुखको परीक्षण गर्दै आएको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई परीक्षणसम्बन्धी तालीमसमेत दिँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला सिवाकोटी अस्पतालमा सन् २०१७ मा ४ हजार ९७५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउँछन् । उनका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा पाठेघरको मुखको क्यान्सर देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको थियो । 

Vianet communication
Laxmi Bank

सिवाकोटीका अनुसार महिलामा देखिएका क्यान्सरमध्ये २० प्रतिशत पाठेघरको मुखको क्यान्सर रहेको छ । प्रविधि र खर्चको हिसाबले रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो रहेको सिवाकोटी बताउँछन् ।

अस्पतालले चालू आर्थिक वर्षमा विभिन्न ठाउँमा पुगेर पाँच हजार महिलाको पाठेघरको मुखको श्रव परीक्षण गरेको छ । यस वर्ष १० हजार महिलाको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको छ । यससँगै ४० स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको सिवाकोटीले बताए ।

पाठेघरको क्यान्सर सामान्य अवस्थामा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैँ नष्ट भइरहेको हुन्छ । कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर) हुन्छ ।

ट्युमरमा रक्त प्रभाव नहुने भएकाले अङ्ग विशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने चिकित्सक बताउँछन् । विवाहित यौन जीवनसँग आवद्ध महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्छ । 

महिला क्यान्सर रोग विशेषज्ञसमेत रहनुभएका विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य समयमा परीक्षण गर्न सकेमा यो रोगबाट बचाउन सकिने बताउँछन् । महिलामा सबैभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुने आचार्यले बताए ।

नेपालमा बर्सेनि कति महिलालाई पाठेघरको मुखमा क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन । साधारणतया यो रोग ४० वर्षपछि देखा पर्ने भए पनि नेपाललगायतका अविकसित देशमा ३० वर्षभन्दा कम उमेरका महिलामा समेत यो रोग देखिने गरेको छ । 

ह्युमेन पापिलोमा भाइरस (एचपिभी) पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो । साधारण किसिमको मानिने यो भाइरस यौन कार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक सङ्क्रमित हुने मानिन्छ ।

आचार्यका अनुसार पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थ सेवन र गुप्ताङ्गसम्बन्धी अन्य खाले दीर्घरोगी भएका महिलालाई हुने जोखिम बढी हुन्छ । 

महिनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीश्राव देखिनु, यौन सम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भएको चिकित्सक बताउँछन् । 

यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ । 

पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ/छैन थाहा पाउन अल्ट्रासाउण्ड, सिटीस्क्यान, आइभीयू वा एक्सरे गराउनुपर्छ । 

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा बिनुमा श्रेष्ठ पाठेघरको मुखको क्यान्सर शुरूको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने बताउँछिन् । रोग फैलिसकेको अवस्थामा भने रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) गरिन्छ । 

उनले सरकारी तवरबाट देशैभरका महिलालाई समय–समयमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने बताइन् ।

शहरी क्षेत्रमा जनचेतनाका कारण केही महिलाले परीक्षण गर्ने गरेको भए पनि अधिकांश महिलाले परीक्षण गरेको पाइँदैन । हल्का रुपमा यसलाई नलिन र समय–समयमा परीक्षण गर्न उनले सुझाव दिइन् ।

जनवरीलाई विश्वमा पाठेघरको मुखको क्यान्सर सचेतना महीनाका रुपमा लिने गरिन्छ । नारायण अधिकारी / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x