×

NMB BANK
NIC ASIA

धरानकी अनुसा राईको बलात्कारपछि हत्या प्रकरण : वलिमान दम्पत्तिलाई जन्मकैदको फैसला

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धरान– धरानकी अनुसा राई हत्या प्रकरणमा जिल्ला अदालत सुनसरीले २ जनाविरुद्ध जन्म कैदको फैसला सुनाएको छ । 

Muktinath Bank

१३ वर्षीया बालिका राईको बलात्कार पछि हत्या अभियोगमा धरान–१६ का वलिमान राई र उनकी श्रीमती पदमकुमारी राईविरुद्ध जन्मकैदको फैसला सुनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वलिमान र पदमकुमारीले अनुसा ६ वर्षको हुँदादेखि धर्मपुत्रीको रुपमा पालेका थिए । १६ फागुन २०७३ मा मृत अवस्थामा फेला परेकी अनुसाको वलिमानको परिवारले गोप्य रुपमा दाहसंस्कार गर्न लागेपछि स्थानीयले विरोध गरेका थिए । 


Advertisment
Nabil box
Kumari

वलिमान दम्पत्तिले अनुसारले विष सेवन गरेर आत्महत्या गरेको भन्दै उनको दाहसंस्कार गर्न खोजेको थियो । तर, स्थानीयले अनुसाको हत्या भएको भन्दै विरोध प्रदर्शन गरेका थिए । अनुसाका लागि न्याय माग्न भएको आन्दोलका क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । 

Vianet communication
Laxmi Bank

आन्दोलन चर्कँदै गएपछि स्थानीय प्रशासनले शवको परीक्षण गर्ने प्रतिवद्धता जनाएको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना फरेन्सिक विज्ञको टोलीले गरेको पोस्टमार्टमपछि अनुसाको बलात्कारपछि हत्या भएको तथ्य सार्वजनिक भएको थियो । 

अनुसाको बलात्कारपछि हत्या भएको तथ्य सार्वजनिक भएपछि प्रहरीले वलिमान र पदमकुमारीलाई नियन्त्रणमा लिएको थियो । 

जिल्ला अदालत सुनसरीले थुनछेक बहसपछि १४ चैत २०७३ मा वलिमान दम्पत्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको थियो । जिल्लाको आदेशविरुद्ध राई दम्पत्ति उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेपनि माथिल्लो तहका अदालतले जिल्लाकै आदेश सदर गरेका थिए । 

अन्ततः अनुसाको हत्या भएको २२ महिनापछि अदालतले वलिमान दम्पत्तिलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । 

सुनसरी जिल्ला अदालतका न्यायाधी खिमनन्द भुषालको इजलाशले वलिमान दम्पत्तिलाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको हो । 

मृतक बालिका अनुसार धरान–१३ बस्ने जीतबहादुर राईको माइली छोरी हुन् । उनी ६ वर्षकी हुँदा जन्मदिने आमा बितेपछि ०६५ सालमा धरान–१६ पुण्यमार्ग बस्ने ६० वर्षीय बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईले धर्मपुत्रीको रुपमा पाल्ने भन्दै अभिभावकत्व लिएका थिए । 

तर, उनीमाथि पटक पटक हिंसा हुने गरेको स्थानीयले बताउने गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x