माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सयभन्दा बढी देशहरू असंलग्नताको आन्दोलन नामक समूहका सदस्य छन् । उनीहरू कम्तीमा औपचारिक रूपमा असंलग्नताको विचारधाराको कसम खान्छन् र तीन वर्षमा एकपटक हुने शिखर सम्मेलनमा भाग लिन्छन् । तर तीमध्ये केहीलाई मात्र असंलग्नता आफ्नो परराष्ट्रनीतिको महत्त्वपूर्ण विचारधारा हो भन्ने लाग्छ । अनि अझै कमले यसलाई चिरकालका लागि बहसको विषय बनाउन चाहन्छन् ।
दिल्लीका सरकारहरूले असंलग्न नीतिलाई निकै अपनाएपनि अहिले उनीहरू सिद्धान्तमा नभएपनि व्यवहारमा असंलग्नताको साँघुरो घेराबाट बाहिरिएका छन् ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले यसको विमर्शलाई नै परिवर्तन गरेको छ । विदेशसचिव विजय गोखलेले हालै सम्पन्न राइसिना डाइलगमा एक प्रश्नको उत्तर दिने क्रममा भारत अब ‘संलग्न’ राष्ट्र भएको बताए । ‘तर यो संलग्नता मुद्दामा आधारित हुन्छ,’ गोखलेले भने । ‘यो विचारधारात्मक हैन । यसले हामीलाई लचिलो बन्ने क्षमता दिएको छ र हाम्रो निर्णायक स्वायत्ततालाई कायम गर्ने क्षमता दिएको छ ।’
असंलग्नता विगतको कुरा हो भने ‘रणनीतिक स्वायत्तता’ भारतको हकमा मात्र लागू हुने कुरा हो ? हैन । ठूला र साना देशहरूले आफ्नो कार्य स्वतन्त्रतालाई बढाउने प्रयास गर्छन् । अनि कुनै राष्ट्रले अभ्यास गर्ने स्वायत्तता उसको आकार, अवस्थिति, व्यापक राष्ट्रिय शक्ति र जोखिमको प्रकृति लगायतका विशिष्ट परिस्थितिमा निर्भर रहन्छन् ।
उदाहरणका लागि पाकिस्तानलाई लिनूस् । दिल्लीको परराष्ट्रनीतिको मिथकमा भारतले स्वतन्त्र परराष्ट्रनीति अपनायो भने पाकिस्तानले अस्वतन्त्र । अमेरिका र सोभियत रुसबीचको शीतयुद्धमा भारत र पाकिस्तानले फरक कूटनीतिक बाटो रोजे । भारतले असंलग्नताको नीति अपनायो अनि अमेरिकाको कम्युनिस्टविरोधी साझेदारीलाई समर्थन गर्न अस्वीकार गरिदियो ।
पाकिस्तानले असंलग्नताको एक्यबद्धतालाई दुत्कार्यो र त्यसो गर्नु शून्यमा शून्य जोड्दा शून्य हुन्छ भन्यो । उसले अमेरिकासँग द्विपक्षीय सुरक्षा सम्झौता गर्यो अनि दुईवटा क्षेत्रीय सुरक्षा खेमामा आबद्ध भयो – मध्यपूर्वमा सेन्ट्रल ट्रीटी अर्गनाइजेसन र सुदूरपूर्वी एसियामा साउथ ईस्ट एसिया ट्रीटी अर्गनाइजेसन ।
भारतले कम्युनिस्ट चीनलाई एक्ल्याउनका लागि पश्चिमसँग साझेदारी गर्न अस्वीकार गर्यो र उससँग मित्रता गाँस्न खोज्यो । तर बेइजिङसँग उसको द्वन्द्व भयो । सन् १९६२ मा चीनविरुद्ध सीमामा युद्ध शुरू भएपछि भारतले सैन्य सहायताका लागि अमेरिकाको मुख ताक्यो ।
उता पाकिस्तानले कम्युनिस्टविरोधी खेमामा तत्कालै सदस्यता लिएपनि उसलाई माओवादी चीनसँग स्वार्थ मिल्छ भन्ने कुरा पत्ता लगाउन धेरै समय लागेन । पाकिस्तानी प्रतिनिधिमण्डल इन्डोनेसियाको बाङडुङमा भएको अफ्रो–एसियाली शिखर सम्मेलनमा भाग लिन गयो । ऊ भारतलाई सन्तुलनमा राख्नका लागि बेइजिङसँग पाकिस्तानको स्वार्थ मिल्ने बुझाइ लिएर फर्कियो ।
चीनका प्रधानमन्त्री चो एनलाईले पाकिस्तानी नेता मोहम्मद अली बोगरालाई कम्युनिस्ट चीन पाकिस्तानका लागि जोखिम नरहेको कुरामा विश्वस्त पारे । बोगराले पनि पाकिस्तानको समस्या कम्युनिस्टको विस्तार नभई भारत भएको प्रस्ट पारे । उनीहरूबीचको विशेष द्विपक्षीय सम्बन्धको इतिहास नै बनेको छ । पाकिस्तानले अमेरिकासँग लामो समयदेखि राखिरहेको सैन्य सम्बन्धमाथि चीनले दुर्लभै मात्र गुनासो गर्ने गरेको छ ।
एसियामा अमेरिकाको कम्युनिस्टविरोधी साझेदारीमा जोडिएको केही समयपछि नै पाकिस्तान चीनसँग नजिकिनु भनेको रणनीतिक स्वायत्तताको अभ्यासको गजबको उदाहरण हो । यो नीति अत्यन्त सफल भएकाले पाकिस्तान सन् १९७० को दशकमा चीन र अमेरिकाबीचको पुल बन्न सफल भएको थियो ।
भारतको परराष्ट्रनीति समुदायलाई चीन र अमेरिकासँगको व्यवहारका विषय उठ्दा साझेदारी र स्वायत्तताको प्रश्नले सताउने गर्छ । उसले पाकिस्तानबाट केही कुरा सिक्न सक्छ किनकि पाकिस्तानले यी सम्बन्धलाई राम्ररी व्यवस्थापन गरेको छ ।
दिल्लीले साझेदारीहरूप्रति परम्परागत रूपमा राख्ने डर तिनको गलत बुझाइका कारण उत्पन्न भएको हो । साझेदारी भनेका स्थायी बन्धन हैनन् । ती त साझा जोखिमको सामना गर्नका लागि रचिएका राजनीतिक तथा सैन्य व्यवस्था हुन् । यो जोखिमको साझा बुझाइ अन्त्य भएपछि साझेदारी पनि अन्त्य हुन्छ ।
दुईवटा उदाहरण हेरौं । अमेरिकाको जोखिमको सामना गर्नका लागि माओ च तुङले सन् १९५० मा सोभियत रुससँग साझेदारी गरे । त्यसको दुई दशकपछि रुसलाई टक्कर दिनका लागि उनी अमेरिकासँग नजिकिए । अहिले चीन एकपटक फेरि रुससँग मित्रता गाँस्दै युरेसिया क्षेत्रमा अमेरिकाको प्रभाव सीमित गर्न खोज्दैछ ।
अनि कम्युनिस्ट चीन सन् १९४९ मा तिब्बतमा अतिक्रमण गर्न आएपछि छिमेकी मुलुक नेपालले भारतसँग सुरक्षाको दृष्टिकोणले शान्ति तथा मैत्री सम्झौता गर्यो । त्यसको केही समयपछि नै काठमाडौंले चीन जोखिमका रूपमा नरहेको आँकलन गरेर सन् १९५० को सन्धिका सुरक्षा प्रावधानलाई निष्क्रिय बनाउन थाल्यो ।
अहिले संसारका धेरै देशहरू साझेदारीका सदस्य छैनन् । दोस्रो विश्वयुद्धदेखि अहिलेसम्म कायम रहेका केही साझेदारीहरू माग तथा आपूर्ति दुवै पक्षमा दबाबको सामना गरिरहेका छन् । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले यस्ता साझेदारीका लागत र नाफाको विषयमा प्रश्न उठाइरहेका छन् । टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआन र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन दुवै अमेरिकाका सन्धि साझेदार भए पनि मध्यपूर्व र कोरियाली प्रायद्वीपमा क्षेत्रीय जोखिमको अमेरिकी दृष्टिकोणप्रति उनीहरूको सहमति छैन ।
राइसिना डाइलगमा गोखलेले भनेबमोजिम भारत एक विशाल र विश्वव्यापीकृत अर्थतन्त्र हो र विश्वका अनेकौं भागमा यसको स्वार्थ जोडिएको छ । भारतीय परराष्ट्रनीति सम्बन्धी बहस असंलग्नता र रणनीतिक स्वायत्ततामाथि बढी समय खर्च नगर्दा बल्ल वस्तुगत हुन पुग्छ । त्यस्तो बहसको साटो भारतको स्वार्थ र त्यो स्वार्थलाई सुरक्षित गराउने सर्वोत्तम उपायको व्यावहारिक मूल्यांकनमा ध्यान केन्द्रित गर्न थाल्नुपर्छ । वर्तमान तथा सम्भाव्य जोखिमविरुद्ध साझेदारी र गठबन्धन बनाउनु उत्तम हुन्छ ।
दी इन्डियन एक्सप्रेसमा प्रकाशित सी राजामोहनको विश्लेषणको भावानुवाद
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...