×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम प्रदेशमा रनपुतला पर्व शुरु

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रनपुतला पर्व हर्षोल्लासका साथ मनाउँदैछ । 

कलासंस्कृति र पर्यटकीय क्षेत्रका रुपमा धनी मानिएको यो प्रदेशको मुख्य सांस्कृतिक पर्वका रुपमा डेउडा, ठाडी भाका, हुडकेउली छलिया भुँवालाई लिइने गरिन्छ । परम्परागत रुपमा चल्दै आएको रनपुतला पर्व पनि पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरी–चेलीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा हेरिँदै आएको छ । 

रनपुतला पर्व पुस महीनाको १५ देखि शुरु भई माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ । देवीदेवताको पर्व वा छोरीचेलीलाई वर्षको एक पटक अनिवार्य भेट गराउने पर्व भएकाले यसलाई मिलन पर्वका रुपमा पनि लिने गरिएको जोरायल गाउँपालिका–५ की स्थानीयवासी दुर्गादेवी विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विवाह गरेर पराइ घर गएकी छोरीचेली एक ठाउँमा जम्मा हुने र घरपरिवार तथा अन्य पुराना आफ्ना साथीसँग भेट हुने भएकाले यसलाई छोरीको मिलन पर्व पनि भन्ने गरिन्छ ।” सुदूरपश्चिम प्रदेशको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातका रुपमा लिई रातभरि गाउँखाने कथाहरु हाल्ने, जागाराम बस्ने, तरुल, सकरखण्ड खाने रातका रुपमा लिने संस्कृति रहेको छ । सोही दिन रातीदेखि रनपुतला पर्वको शुरुआत भएको मानिने गरेको दीपायलकी स्थानीयवासी धौलीदेवी कठायतले बताउनुभयो । 

पर्वको शुरुआत भएपछि रनपुतलाहरु माघ ३ गते पानी पँधेरोमा लगेर विसर्जन गरे देवीदेउता खुशी हुने चलन छ । सयौँ वर्षभन्दा अगाडि देखि शुरुआत भएको रनपुतला पर्व यहाँका पहाडी जिल्लामा निकै भव्यताका साथ मनाइने गरिन्छ । यो पर्वमा विवाह भएका छोरी–चेलीहरु राम्रो तथा सफा गुन्यूचोलो लगाएर पुतली जस्तै भएर सजिने र गाउँगाउँमा पुतली नाचे जस्तै गरी डेउडा लगायतका खेल खेल्ने चलन रहिआएको छ । 

विशेषगरी छोरीहरु विवाह गरेर आफ्नो पोइलघर गइसकेपछि उनीहरुले भोगेका दुःख–पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटीमा विशेष धुमधामका साथ मनाइन्छ । 

Muktinath Bank

–बिमल बिष्ट 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x