पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
धनगढी– क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रङ्गशालामा आयोजित तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको आज भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालले दिएको पासमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटालाई अग्रता दिलाए । खेलको १२औँ मिनेटमा लक्ष्मण रुचालले गरेको प्रहारलाई विपक्षी दाउफिन्सका गोलरक्षक गुर्लाउन्सले रोकेका थिए ।
पहिलो हाफको इञ्जुरी समयमा दाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार असफल रह्यो । दोस्रो हाफमा दाउफिन्सले खेल बराबरी गर्ने सुनौलो मौका पाए पनि गोल गर्नबाट चुकेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सङ्कटाका कप्तान रवि सिलवाल ‘म्यान अफ दी म्याच’ बन्दै रु १० हजार पुरस्कर प्राप्त गरे ।
सङ्कटा र नेपाल पुलिस क्लबबीच अब बिहीबार सेमिफाइनल प्रतिस्पर्धा हुने जनाइएको छ । पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नु परेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।
सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीतिअनुसार खेलेकाले सफलता मिलेको बताए । रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच बुधबार सेमिफाइनल प्रतिस्पर्धा हुन लागेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...