×

NMB BANK
NIC ASIA

निजी विद्यालय गैरनाफामुलक बनाउन सिफारिस, जग्गा बाँझो राखे ३ लाख जरिवाना

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— राष्ट्रिय शिक्षा नीति निमार्णका लागि गठित उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । निजी विद्यालयलाई गैरनाफामूलक बनाउन सिफारिस गर्दै आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार प्रतिवेदन बुझाएको हो । 

Muktinath Bank

आयोगका अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउँदै प्रतिवेदनमा निजी क्षेत्रका विद्यालयलाई सेवामूलक बनाउन सिफारिस गरिएको जानकारी गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनले सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने र सरकारी कर्मचारी सबैका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ । हाल कम्पनीमा दर्ता भएका निजी विद्यालयलाई सहकारी, सेवामूलक निजी तथा सामाजिक गुठीमा दर्ता हुन प्रोत्साहित गर्दै भविष्यमा सेवामूलक निजी विद्यालय मात्रै रहने प्रबन्ध हुनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि अबदेखि नीजि क्षेत्र नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने र सामुदायिक विद्यालयको शैक्षिक स्तरमा व्यापक परिवर्तन गर्ने बताए । सरकारी विद्यालय गुणस्तरीय बनेपछि कोही पनि निजी विद्यालय नजाने उनको दाबी छ ।

Vianet communication
Laxmi Bank

इजरायलले नेपाली कामदारको कोटा बढाउने 
ठूलो संख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले मंगलबार गरेको भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार तयार रहेको बताए । श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने मन्त्री विष्टले बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जग्गा बाँझो राखे ३ लाख जरिवाना
सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानूनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

यो विधेयकमाथि प्रतिनिधिसभामा एक साताभित्रै छलफल हुनेछ । विधेयक पारित भएपछि आफ्नो जग्गा बाँझो राख्नुपर्ने भए स्थानीय तहमा बाँझो राख्न पर्नाको कारण जानकारी दिनुपर्नेछ । ‘धेरै जग्गा हुने व्यक्ति जग्गा बाँझो राखेर अन्तै गएर बस्न थालेका छन्,’ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपी मैनालीले भने, ‘यसले कृषि उत्पादनमा कमी आयो । भूउपयोग पनि पूर्ण रूपमा हुन सकेन । 

त्यसैले बाँझो राख्नेलाई कसुर गरेको मानिने व्यवस्था ल्याउनुपरेको हो।’ जग्गाको उपयोग होस् र उत्पादनशील क्षमतामा ह्रास नआओस् भनेर नयाँ व्यवस्था ल्याउन लागेको उनले बताए । व्यक्तिको नाममा रहेको ३ करोड कित्तामध्ये कति जग्गा बाँझै छ भन्ने सरकारसँग यकिन तथ्यांक छैन । भूमि वर्गीकरण, उपयोग र प्रभावकारी व्यवस्थापन गर्न सरकारले यो विधेयक ल्याएको जनाएको छ ।, कान्तिपुरमा खबर छ।

छापामार शैलीमा पार्टी फुटाएको विवेकशिल साझाको आरोप
विवेकशील साझा पार्टीले तत्कालिन संयोजक उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ । पार्टी कार्यालय बखुण्डोलमा मंगलबार पत्रकार सम्मेलन गरेर साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले डेढ वर्षसँगै काम गरेकाहरुले थाहै नदिई छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष केन्द्रीय कार्य समिति बैठकले निकालेको जानकारी गराए । 

थापा समूहले नियोजितरुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रिय समितिको बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रकृया शुरू गरेको साझाको निष्कर्ष छ । साझाको सोमबार र मंगलबार दुई दिन बसेको केन्द्रीय समिति बैठकले पार्टीको पहिलो महाधिवेशन २०७६ सालको फागुन १५ देखि १९ गतेसम्म काठमाडांैमा गर्ने निर्णय गरेको छ । 

चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक
भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ ।

पाँच सेनेगल नागरिक पक्राउ
प्रहरीले शङ्कास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार दुई पोका र पीठो दुई पोकासहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा सेनेगल नागरिक ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिद्दे सोलेलगायत छन् । उनीहरूलाई महाराजगञ्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिएको हो ।

त्रुटिपूर्ण भर्ना प्रक्रिया तत्काल सच्याउन माग
अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको भर्ना प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै अविलम्ब सच्याउन माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाउँदै नयाँ भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

क्रान्तिकारीले गत पुस २४ गतेको सूचनाका आधारमा तोकिएको स्नातक तहको भर्नाअन्तर्गत कोटा प्रणालीको लागि गरिएको भर्ना अन्त्यन्त अवैज्ञानिक र अव्यवहारिक भई त्रुटि भएको जनाएको छ ।

संकटा खप्तड गोल्डकप फुटवलको सेमिफाइनल प्रवेश
संकटा क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित क्षेत्रीय रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा क्यामरुनको दाफिनास एफसी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । संकटाले बिहीवार फाइनल प्रवेशका लागि विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

प्रतियोगिताका सेमिफाइनल खेलहरु बुधबारदेखि शुरु हुनेछन् । पहिलो सेमिफाइनल खेलमा आज थ्रिस्टार क्लबले मेचि नेत्रालय काकँडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x