×

NMB BANK
NIC ASIA

हेर्दा 'कमन म्यान' बढी, हिरो कम : अभिनयमा गज्जबको दम

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –भर्खर भर्खर केही कार्यक्रममा उपस्थिति जनाउन सक्ने भएका छन्, अभिनेता विपिन कार्की । 

Muktinath Bank

चलचित्र ‘जात्रै जात्रा’को छायाङ्कनमा जाने क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटनामा परेर खुट्टा भाँचिएपछि उनले झण्डै दुई महिना आराम गरे । १० दिन हस्पिटलमा बिताए, बाँकी घरमा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो क्षण उनका लागि साह्रै कष्टकर रह्यो । ‘एक/दुई दिन त्यसरी घरमै बस्नुपर्दा त मानिस आत्तिन्छ, म त लगातार डेढ/दुई महिना आराम गर्नुपर्‍यो,’ लोकान्तरसँग विपिनले भने, ‘निकै गाह्रोसँग त्यो समय बित्यो ।’


Advertisment
Nabil box
Kumari

घरमा बसेपनि उनको मन भने कार्यक्षेत्रमै हुन्थ्यो । कहिले पूर्ण रूपमा ठीक भइएला, कहिलेदेखि काममा फर्किन पाइएला ? जस्ता कुरा उनको मनमा खेलिरहन्थे । यसबीचमा उनले पटक–पटक सुटिङलाई सम्झिए, साथीभाइलाई सम्झिए ।

Vianet communication
Laxmi Bank

त्यो समय किताब पढ्ने, टिभी हेर्ने, घाम ताप्ने, गितार बजाउने, गीत गाउने/सुन्ने गरेर बिताए । हस्पिटलबाट डिस्चार्ज भएर घरमै आराम गरिरहँदा उनी अभिनित चलचित्र ‘प्रसाद’ हलमा प्रदर्शनरत थियो । चलचित्रको सुखद् चर्चा भइरहँदा कलाकारसहित निर्माण युनिट दर्शकसँग खुसी साट्न हलहलमा पुगे । हलमा दर्शक विपिनलाई खोज्थे, तर उनी देखिएनन् ।

यस्तो क्षणमा अनुपस्थित रहनुपर्दा कम्ता दुःख लागेन, तर के गर्नु उनलाई अझै आराम गर्नुपर्ने थियो ।

‘घरमै बसेर समाचार तथा भिडियोबाट दर्शक प्रतिक्रिया बुझिरहेको हुन्थेँ । मनले नमानेपछि एकदिन त वैशाखीको सहारामा हलमै पुगें,’ उनले लोकान्तरसँग सुनाए ।

अहिले विशेष कार्यक्रममा घरबाहिर निस्कन थालेका विपिन पूर्ण रूपमा ठीक हुन भने अझै केही दिन लाग्ने बताउँछन् । ‘अहिले धेरै सुधार भएको छ । उपस्थित हुनैपर्ने केही कार्यक्रममा जान थालेको छु,’ विपिन भन्छन् ।  

‘स्क्रिप्ट पढ्दै क्यारेक्टरमा डुब्छु’

मोरङमा जन्मिका विपिन थिएटरबाट उदाएका कलाकार हुन् । ‘छड्के’मा बिन्दु माझीदेखि ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’, ‘जात्रा’मा ‘फणिन्द्र’ हुँदै ‘प्रसाद’मा ‘बाबुराम परियारसम्म आउँदा उनले आफ्नो क्यारेक्टरलाई दर्शकमाझ राम्रैसँग परिचित गराएका छन् । उनका चलचित्रलाई दर्शकले रुचाएका पनि छन् । फिल्मकर्मीको नजरमा परेका छन् । एउटा कलाकारका लागि यो भन्दा खुशीको कुरा के हुन सक्ला र ? 

विपिन ‘कथाले मागे अनुसार’को पात्र र क्यारेक्टरमा आफूलाई दुरुस्तै ढालेर जिवन्त अभिनय गर्छन् । झट्ट हेर्दा अभिनेता कम र साधारण मानिस बढी लाग्ने विपिन पहिलो त चलचित्र नै छानेर खेल्छन् । खेलेका चलचित्रमा आफ्नो चरित्रलाई फितलो बनाउँदैनन् । सोही कारण पनि विपिनका चलचित्रलाई दर्शकले वर्षौंसम्म सम्झिरहनेछन् । 

विपिन कसरी फिल्म छनोट गर्छन्, अनि क्यारेक्टरमा डुब्छन् त ? ‘पहिलो कुरा त स्क्रिप्ट नै हो । सामान्य रूपमा स्क्रिप्ट हेरिसकेपछि आफूले अभिनय गर्न सक्ने लाग्यो भने मात्र अभिनयका लागि तयार हुन्छु,’ उनी सुनाउँछन् । 

फिल्मको स्क्रिप्ट पढ्दै पात्रको क्यारेक्टरमा आफूलाई डुबाउँछन् । अनि त्यो क्यारेक्टरमा आफूलाई पाए, आफूले विश्वास गर्ने क्यारेक्टर भए उनी अभिनयका लागि तयार हुन्छन् । ‘म स्क्रिप्ट पढ्दैमा पात्रको क्यारेक्टरमा डुबेर पढछु,’ आफ्नो सफलताको सूत्र हामीसँग बाँड्दै विपिन भन्छन्, ‘म आफूले विगतमा भन्दा फरक गरौं भन्ने साँेचिरहेको हुन्छु । त्यही अनुसार विगतमा मैले गरेको क्यारेक्टर भन्दा युनिक बनाउने प्रयास गर्छु ।’ उनी आफ्नो पात्रको क्यारेक्टरलाई कसरी न्याय दिने, कसरी युनिक बनाउने भनेर दिनरात सोच्ने गरेको बताउँछन् । 

‘जब म फिल्मको क्यारेक्टरमा डुब्न थाल्छु, पुराना क्यारेक्टरका कुरालाई हटाउँदै नयाँ सोच्दै जान्छु तब मेरो सबै कुरा बदलिन्छ । केही दिन क्यारेक्टरमा डुबिसकेपछि मात्र एउटा एक्स्ट्रा र युनिक क्यारेक्टर निस्कन्छ ।’ 

'म साधारण मानिस'

हेर्दा जस्तो देखिन्छ, उनी आफूलाई त्यस्तै भन्न रुचाउँछन् । हरेक कार्यक्रममा साधारण भेषमा उपस्थित हुने विपिन लोकान्तरसँगको कुराकानीका क्रममा पनि पोशाकका मामिलामा अपवाद बनेनन् । 

‘तपाईंलाई व्यक्तित्वमा अलि ध्यान दिउँ, गेटअप एक्स्ट्रा गरुँ भन्ने लाग्दैन् ?’ जवाफमा उनी भन्छन्, ‘म आफूलाई यस्तैमा ठीक लाग्छ । यसमै आफूलाई ह्यान्डसम मानेर हिँडिरहेको हुन्छु ।’ 

ड्रेसको मामिलामा आफ्नो खासै ध्यान नजाने उनी बताउँछन् । ‘अभिनयलाई कसरी राम्रो बनाउने सोचिरहेको हुन्छु, पहिरनमा त्यति ध्यान नै जाँदैन,’ उनले भने ।

विपिनको दैनिकी

विपिन र उनकी जीवनसंगिनी रेश्मा कटुवाल काठमाडौंको कोटेश्वरमा बस्छन् । विवाह गरेको चारवर्ष भयो । अहिलेसम्म बुवा बन्न नभ्याएका विपिन अब भने त्यसबारे सोचिरहेको बताउँछन् । सन्तानबारे जिज्ञासा राख्दै हाँस्दै भने, ‘अब त्यसबारे पनि सोच्दैछु ।’

दुर्घटनाका कारण दैनिकीमा थोरै फेरबदल आए पनि विपिन सबेरै उठ्छन् । ‘अहिले खुट्टाले दैनिकी बिगारेको छ, नत्र ५ देखि ६ बजेसम्ममा उठिसकेको हुन्छु,’ उनले भने ।

उठेर हातमुख धोएपछि उनलाई श्रीमतीले पकाएको मीठो चिया नभइ हुँदैन् । चियासँग पाउरोटी, कुकिज, फ्राइ राइस लगायतका खानेकुरा उपलब्धता अनुसार खान्छन् ।

विपिनमा बिहानमा पत्रपत्रिका पढ्ने बानी छ । चिया पिउँदै पत्रपत्रिका हेर्छन् । खाना भने कतिबेला निस्कनुपर्ने छ, त्यसमा भर पर्छ । घरमै हुँदा दिउँसोको १२ बजे खाना खाने विपिन बताउँछन् । दिउँसो ३/४ बजे चियासँग केही खानेकुरा लिन्छन् । सुटिङमा हुँदा भने टीमले जे उपलब्ध गराउँछ, त्यसलाई सहज स्वीकार्छन् । जतिबेला टीमले खान्छन्, त्यतिबेला तयार हुन्छन् । 

घरमै हुँदा साँझको आठ बज्दै गर्दा खानाको समय हुन्छ । विपिनलाई राति अवेरसम्म बस्न मन लाग्दैन् । ‘साँझ चाँडै सुत्ने, विहान चाँडै उठने गर्छु’– उनि भन्छन् । 

नयाँ फिल्म साइन गरेको छैन

उनको नयाँ चलचित्र ‘गोपी’ प्रदर्शनमा आउने तयारीमा छ । चलचित्र ‘जात्रैजात्रा’को छायाँकन उनकै कारण रोकिएको छ । ‘गोपी’को प्रचारप्रसारमा लागेका विपिन चलचित्रको कथा मन परेको हुनाले काम गरेको विपिन बताउँछन् । चलचित्रमा एक स्नातकोत्तर तह पढिरहेको स्वावलम्बी युवकको कथा छ, जो अमेरिका जान छाडेर गाई पालेर बसेको छ । विपिन त्यही पात्र बनेर माघ १८ गतेबाट हलहलमा आउँदैछन् । 

विपिन केही दिन ‘गोपी’को प्रचारप्रसारमा लागेसंगै ‘जात्रैजात्रा’को छायाँकनमा ब्यस्त बन्नेछन् । उनले आफूले गर्दा फिल्म यूनिटलाई प्रभाव परेको बुझेका छन् । त्यसैले त आफू कहिले पूर्णरुपमा निको हुँला र छायाँकनमा जाउँला भन्ने हुटहुटी उनमा छ । अब काममा फर्कन सक्छु भन्ने आत्मबल बढेको विपिन बताउँछन् ।

‘अब एक दुई/हप्तामा पूर्णरुपमा ठिक हुनासाथ ‘जात्रै जात्रा’को छायाँकनमा जानेछु’– विपिन भन्छन् । विपिनसंगै यी वाहेक अन्य चलचित्र छैनन् । ‘केही चलचित्रको स्क्रिट भने पढिरहेको छु । साइन गरिसकेको छैन्’– विपिनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x