चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओ नेपालले गैरकानूनी काम गरेको भन्दै ट्राफिक प्रहरीको कारवाहीमा परेपछि सामाजिक संजालमा नयाँ बहसको सृजना भएको छ । नेपालको यातायात व्यवस्था ऐनले निजी सवारीसाधन भाडाको प्रयोजनमा लगाउन पाउने परिकल्पना गरेको छैन ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने व्यवस्था छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट उल्लेख गरिएको छ । कानूनतः दुईपाग्रे सवारी साधनमा भाडाका यात्रु बोक्ने पठाओ र टुटल नेपाल जस्ता मध्यस्थकर्ता कम्पनीहरू नेपालमा कानूनतः अवैध रहेको विषयमा शंका रहेन ।
सवारी दुर्घटनाको तथ्यांक
गैर कानूनी काम गर्ने र कारवाहीमा परेपछि कानूनमा फेरवदल गर्नुपर्छ भन्दै संचार माध्यम र सामाजिक सञ्जालको दुरुपयोग गर्ने चलन नेपालमा नौलो होइन । हो, कानून आवश्यकताका आधारमा बन्नुपर्छ तर आवश्यकता छ भन्दैमा कानूनको धज्जी उडाउने अधिकार कानूनी राज्यमा हुनु हुँदैन । दुईपांग्रे सवारीले रकम उठाएर यात्रु बोक्ने काम कुनै सुरक्षा मापदण्ड अनुसार उपयुक्त छैन ।
आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म ५ वर्षको अवधिमा ५० हजारको हाराहारीमा सवारी दुर्घटना भएका छन् । जसमा १० हजार भन्दा बढीको ज्यान गएको छ भने १९ हजार भन्दा बढी गम्भीर घाइते भएका तथ्यांकहरुले देखाएका छन् । खतरनाक तथ्यांक के हो भने सवारी दुर्घटनामा ६० प्रतिशत भन्दा बढी दुईपांग्रे सवारी रहेका छन् । बरु दुर्घटनाको यो तथ्यांकको विश्लेषण गरेर दुईपांग्रे सवारी साधनलाई अझ बढी नियमन गर्नु सरकारको दायित्व हुन आउँछ ।
काठमाडौँ लगायत देशका प्रमुख शहरहरूमा सवारीसाधनका रूपमा दुई पांग्रे मोटरसाइकलको प्रयोग कति उपयुक्त छ भनें बहसमा ल्याउने बेला हो यो । तर व्यक्तिगत प्रयोजनका लागि अनुमति लिएका दुईपांग्रे सवारीहरूलाई यात्रु बोक्न दिन पाउनुपर्छ भन्ने बहस उठिरहेको छ । बहस कुनै वैधानिक तर्क, कानून, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नभइ गैरकानूनी काम गरिरहेका केही संस्थालाई फाइदापुग्ने गरी भइरहेका छन् ।
मोटरसाइकल सबभन्दा असुरक्षित सवारी साधन हो । उच्च जनघनत्व भएका संसारका ठूला ठूला शहरहरूमा मोटरसाइकलको प्रयोगलाई सिमित गरिँदै लागिएको छ । बरु सडकमा साइकल लेन बनाएर छोटो दुरीका लागि साइकलको प्रयोगलाई प्रोत्साहित गरिएको छ ।
विश्वका कतिपय विकसित सहरहरूमा लामो दूरीका लागि सार्वजनिक यातायातको विकल्प हुँदैन । कार नै चढ्नेहरूले पनि घरबाट कार ल्याएर बस स्टेसन या रेल्वे स्टेसनमा पार्क गर्छन्, अनि बस या रेल प्रयोग गरेर गन्तव्यमा पुग्छन र फर्किंदा स्टेसनबाट आफ्नो कार लिएर फर्किन्छन् ।
नेपालमा दुईपांग्रेले सवारी यात्रु ओसार्न पाउनुपर्ने बहस चलेको यो समयले हामी सुरक्षित भविष्यतर्फ जाँदै छौं कि चालक र यात्रुका परिवारलाई टुहुरा बनाउने दिशातर्फ जाँदैछौं ? भन्ने प्रश्नले टाउको उठाएको छ ।
कुतर्कमा आधारित बहस
भर्खर नयाँ र चिटिक्क बनेको काठमाडौँको चक्रपथको कुनै पनि ठाउँमा गएर एक घण्टा नियाल्ने हो भने कमसेकम एउटा मोटरसाइकल आफ्नै अगाडि दुर्घटनामा परेको देखिन्छ । हुन त टुटल र पठाओ नआएका भए पनि दुईपांग्रेको दुर्घटना अवश्यम्भावी छ भनेर तर्क गर्न सकिएला ।
टुटल र पठाओको अर्को तर्क के हो भने, काठमाडौंको सार्वजनिक यातायात सेवा भद्रगोल छ । ट्याक्सीमा ठगीको गुनासो छ । बस र माइक्रोमा अत्यधिक भिडभाड हुन्छ । खुट्टा टेक्ने ठाउँ पाउन मुश्किल पर्छ । चढेपछि त्यहाँ अनेकन सास्ती खेप्नुपर्छ । सार्वजनिक यातायात सेवामा माग र आपूर्तिको सिलसिला मिलेको छैन । यसलाई टुटलले थोरै भए पनि राहत दिएको छ ।
अरे बाबा ! यातायात भद्रगोल छ भने व्यवस्थित बनाउन पहल गर्नुपर्यो । ट्याक्सीले ठगेको छ भने ठगी नियन्त्रण गर्न दवाव दिनुपर्यो, प्रहरीलाई खबर गरेर ठगहरुलाई खोरमा पठाउन पहल गर्नुप¥यो, बस र माइक्रोमा खुट्टा टेक्ने ठाउँ छैन भने सार्वजनिक यातायातका अन्य विकल्पहरू खोज्नुपर्यो । संसारभर असुरक्षित र अव्यावहारिक ठानिएको दुईपांग्रेमा यात्रु बोक्न पाउनुपर्ने तर्क गर्नु त अब ? माथिका तर्कहरू त ‘शैक्षिक भ्रमणमा जान बाबुले पैसा दिएनन् भन्दैमा लागूऔषधको तस्करी गर्न सुरू गर्ने अनि पैसा कमाएर भ्रमणको खर्च जोहो गर्नुपर्छ’ जस्तो भएन र ?
अन्तराष्ट्रिय मान्यता
माथि नै उल्लेख गरियो, विकसित देशका उच्च जनघनत्व भएका कुनै पनि सहरहरूमा मोटरसाइकलको प्रयोग सिमित बनाइएको छ । दुईपांग्रे सवारी साधनमा यात्रु बोक्न पाउनुपर्छ भन्नेहरूको अर्को गजबको तर्क के छ भने, वैदेशिक रोजगारीबाट फर्केकाहरूले काम पाएका छन्, पेट्रोल खर्च उठाएका छन्, कसैले घरखर्च पनि उठाएका छन्, यसमा सरकाले किन आँखा गाड्नु पर्यो ?
युएईबाट फर्केकाहरूले युएईको कुन शहरमा दुईपांग्रेले यात्रु बोकेको देखेका छन् त्यसको जवाफ दिनुपर्यो । मलेसियाबाट फर्केकाहरूले त्यहाँ सवारीका रूपमा मोटरसाइकलमा चढेर यात्रा गरे कि गरेनन् ? अमेरिकाको कुन राज्यमा मोटरसाइकलले यात्रुलाई चढाएर पैसा उठाउँछ ? यति धेरै कुतर्कका आधारमा ‘कफीमा तुफान’ सृजना गर्न खोजिएको छ, केही यातायात बिचौलियाले नेपाली जनताको बौद्धिकतामा कसरी आक्रमण गर्न सफल भएका छन् भन्ने मज्जाको उदाहरण देख्न पाइएको छ ।
‘पठाओ’ भन्ने कम्पनी बंगलादेशमा पनि बदनामी कमाइसकेको कम्पनी हो । गत सेप्टेम्बरमा बंगलादेशको उच्च अदालतले पठाओ कम्पनीलाई एउटा कानूनी पत्र पठाउँदै सेवा रोक्न आदेश दिएको थियो । पठाओ एप्लिकेसनले व्यक्तिगत डाटा चोरेको, कम्पनीले यात्रुबाट बढी पैसा उठाएको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै अदालतले पठाओलाई बन्द गर्ने आदेश दिएपछि बंगलादेशमा पनि यस्तै प्रकारका बहस चलिरहेका छन् ।
पठाओ निर्वाध रूपमा चल्नुपर्छ भन्नेका कुतर्क त्यहाँ पनि यस्तै यस्तै छन् । सार्वजनिक सवारी अस्तव्यस्त छ, ट्याक्सीले बढी पैसा लिन्छ, बाइकले यात्रु ओसारेर के गल्ती गर्यो ? जस्ता कुतर्कहरूमाथि त्यहाँ पनि बहस चलिरहेको छ ।
नेपालको सडकको दुरावस्था
बिमस्टेक सम्मेलनको दौरानमा भीआइपीलाई सवारी स्कर्टिङ दिने क्रममा काठमाडौँको कालीमाटीमा एकजना मोटरसाइकल चालक प्रहरी दूर्घटनामा परे । भीआपीलाई स्कर्टिङ गर्नका लागि उनले लामो समय मोटरसाइकल चलाउने तालिम लिएका थिए तर उनी सडकका कारणले सम्हालिन सकेनन् ।
पछुवा स्कर्टिङ गरिरहेका उनको मोटरसाइकल दुर्घटनामा परेपनि भीआइपीको सवारीमा कुनै अवरोध त आएन तर उनी दुर्घटनामा गम्भीर घाइते वा जे पनि हुनसक्ने स्थितिमा थिए । कैयौं भीआइपीको स्कर्टिङमा मोटरसाइकल हाकिसकेका उनलाई त्यसपटक बाटोले साथ दिएन र दुर्घटनामा परे ।
काठमाडौँ त्यस्तो सहर हो, जहाँ दुर्घटनावस दिनदहाडै ढल भित्र मान्छे छिर्छन् । काठमाडौँका सडक, सडक नभएर धराप बन्दै गइरहेका छन् । सडक दुईपांग्रे सवारी मैत्री छैनन् । बाटोमा चल्ने टिप्पर, ट्रक, ठूला बसहरूको जगजगी यति धेरै छ कि दुईपांग्रे सवारीहरू सहज रुपमा यात्रा गर्न सक्ने अवस्थामा हुँदैनन् । सडकमा लेन नियम पालना भएको हुँदैन । आफै असुरक्षित रहेका दुईपांग्रे सवारी चालकहरूले यात्रुलाई सकुशल गन्तव्यमा पुर्याउने अवस्था कति छ बुझ्न सकिन्छ ।
युवा र प्रविधिको प्रश्न
प्रविधिको प्रयोग कानूनसम्मत हुनुपर्छ भन्ने विषयमा कुनै द्विविधा रहेन । तर काठमाडौँमा यात्रुहरूको जस्तो चाप छ त्यसलाई कम गर्नका लागि मोटरसाइकलको प्रयोग गर्नुपर्छ भन्ने तर्क कुनै पनि प्राविधिक हिसाबले उपयुक्त तर्क होइन । कानूनलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्दैमा जस्तो सुकै प्रविधिलाई पनि कानूनी आवरणले ढाकछोप गर्ने र यात्रुहरूको जीवन जोखिममा राख्न खोज्ने कामलाई समर्थन गर्न सकिंदैन ।
नेपालको संविधानमा असहमति राख्दै भारतीय पक्षले गरेको नाकाबन्दीको बेलामा आम जनजीवन तहसनहस बनेको थियो । त्यतिबेला एकले अर्कालाई लिफ्ट दिएर सहयोग गर्ने प्रचलन थियो । धेरै सहयोगी मनहरूले अप्ठेरोमा परेकालाई सहयोग गरेर उदार दिल देखाएकै हुन् । यही कारणले नेपालको जनजीवनमा नाकाबन्दीको प्रभाव कम देखियो ।
मान्छेलाई लिफ्ट दिएर नाफा कमाउने देखिएपछि केही मान्छेहरूले ‘टेक्नोलोजी र इन्नोभेसन’सँग जोडे । वास्तवमा दुईपांग्रे सवारी साधनमा यात्रु बोकेर पैसा कमाउने काम कुनै नयाँ र प्राविधिक काम होइन । नाफा कमाउने र व्यवसायीक प्रयोजनका लागि गरिने प्रत्येक कामहरू व्यवसायीक मापदण्ड भित्र पर्नु पर्छ । जताबाट पैसा कमाउन सजिलो लाग्यो त्यही काम गर्ने र कानूनी जटिलता आए पछि सरकार र कानून कै बर्खिलाप जाने काम पटक्कै ठीक होइन ।
टुटल र पठाओले अप्ठेरोमा परेका यात्रुलाई लिफ्ट दिएर आफूहरुले सेवा गरेको तर्क गरिरहेका छन् । यदि उनीहरुले सेवा नै गर्ने हो भने आफू हिड्ने रुटमा रहेका यात्रुलाई निः शुल्क सेवा गरे भै हाल्यो नि ! पैसा कमाउने कानून नमान्ने भन्ने तर्क सही हुन सक्ला ?
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...