×

NMB BANK
NIC ASIA

कांग्रसले दियो सरकारलाई दुईवटा विकल्प, अगरबत्तीको प्याकेटमा चरेशको व्यापार

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएका समहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । तत्कालै सहमतीमा फर्कन वा चौतर्फी दबाबको सामना गर्न सरकारलाई कांग्रेसले चुनौती दिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालै सहमतीमा फर्कने या चौतर्फी दबाब पर्खने प्रधानमन्त्रीका सामू दुईवटा विकल्प रहेको बताए ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्रीकै अग्रसरतामा डा केसीसँग पछिल्लो सम्झौता भएको स्मरण गराउँदै प्रवक्ता शर्माले प्रधानमन्त्रीको दोहोरो भूमिकाका कारण समस्या आएको बताए । उनले डा. केसीका मागलाई सत्तापक्ष र प्रतिपक्षको आँखाले नहेर्न  आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चार करोड धरौटीमा पूर्वमन्त्री पाण्डे रिहा
विशेष अदालतले पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा रु चार करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले बुधबार पाण्डेलाई सो रकम धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको हो ।
      
विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठका अनुसार पाण्डेलाई अदालतले हाजिर हुन भनिएअनुसार पाण्डे हाजिर भएर बहसपछि ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । पाण्डेसहित २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।


Advertisment
Nabil box
Kumari

५५ नेपालीको विदेशमा शंकास्पद लगानी
५५ नेपालीले विदेशमा शंकास्पद रूपमा लगानी गरिरहेको विवरण सार्वजनिक भएको छ । कानुनविपरीत उनीहरूले विदेशमा लगानी गरेको भन्दै खोज पत्रकारिता केन्द्र (खोपके) र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ (आईसीआईजे) ले विवरण सार्वजनिक गरेका हुन् ।

Vianet communication
Laxmi Bank

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुनी व्यवस्थाविपरीत ५५ नेपालीका विभिन्न देशमा लगानी रहेको भेटिएको छ,’ नेपालिक्स नाम दिइएको उक्त खुलासामा भनिएको छ, ‘यस्तो लगानी गर्नेमा प्राध्यापक, डाक्टर, पूर्वसांसद, नेता र समाजमा नामै नसुनिएका व्यक्तिसमेत छन्।’ नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचानमा केहीले ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मा लगानी गरेको खुलासामा उल्लेख छ ।

‘गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानुनले रोक लगाएको छैन तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको स्रोतमाथि शंका गर्ने ठाउँ छ,’ लिक्समा भनिएको छ ।, कान्तिपुरमा खबर छ ।

दुई वर्षमा पुनःनिर्माणको काम सकिने
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ । एक्काइसौँ भूकम्प दिवसका अवसरमा काठमाडौंमा बुधबार भएको कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउँमा सारिने बताउनुभयो । 

उहाँले पुरातत्वको संरचनाको निर्माण ८० प्रतिशतसमेत भइसकेको जानकारी दिँदै भूकम्पबाट क्षति भएका मठ, मन्दिर र कलालाई जस्ताको त्यस्तै बनाउनुपर्ने बताउनुभयो । “हामीले विसं १९९० को भूकम्पअघिको सांस्कृतिक पुरातत्वको मौलिक स्वरुप बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “पुरात्वातिक मठ, मन्दिर हाम्रो इतिहासको गौरवसमेत भएकाले ती पुरातत्वको ठेक्काबाट नभई आफैँ मौलिक संरचनामा बनाउनुपर्दछ ।” 

‘वाइडबडी प्रकरणमा नेकपा र कांग्रेसबीच राष्ट्रिय सहमति’
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेस दुबै भ्रष्टाचारको ब्राण्ड भएको टिप्पणी गरेका छन् । वाइडबडी प्रकरणबारे काठमाडौंमा बुधबार पार्टीको धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचारको मामलामा कांग्रेस एमाले ‘कोकाकोला र पेप्सीजस्तै गएगुज्रिएको ब्रान्ड भएको टिप्पणी गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वाइडबडी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच राष्ट्रिय सहमति भएको आरोपसमेत लगाए । सरकारले बनाएको न्यायिक जाँचबुझ समितिले किनारा लगाउन नसक्ने बताउँदै सबै दलका सांसद सम्मिलित उच्चस्तरीय संसदीय समिति बनाउन माग गरे ।

ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु 
काठमाडौँको गोङ्गबुमा ग्यास सिलिण्डर पड्किँदा बुधबार एक जनाको मृत्यु भएको छ । दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा अपरान्ह ३ः३० बजे  महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । 

नेपाल–भारत व्यापार प्रवद्र्धन गर्न समझदारी
नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरी प्रवर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदानप्रदानका विषय समेटिएका छन् ।

‘ट्रेड मिसन’लाई प्रभावकारी रुपमा अगाडि बढाउन द्विपक्षीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनालगायत विषमा समेत सझदारी भएको चेम्बरले जनाएको छ । चेम्बरले अन्तर्राष्ट्रिय व्यापार र बहुपक्षीय सम्बन्धलाई विस्तार गर्ने उदेश्यअनुरुप हालसम्म विभिन्न देशका ६६ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसँग समझदारी गरिसकेको छ । 

समायोजन नरोज्नेलाई सरकारले खटाउने 
सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफँैले खटाउने भएको छ । समायोजनका लागि अनलाइन फाराम नभरेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा समायोजन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए । मन्त्रालयले यही पुस ११ गते सूचना प्रकाशित गरेर तीनै तहमा समायोजनमा जानका लागि आह्वान गरेको थियो ।
 
यसैबीच, सर्वोच्च अदालतले कर्मचारी समायोजनाका विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार सो विषयमा लिखित जवाफ माग गरेको हो । 

कर्मचारी समायोजन गर्दा स्वेच्छिक हुनुपर्ने माग गर्दै कर्मचारी समायोजन अध्यादेशविरुद्ध गत पुस ३० गते नायब सुब्बा अमरसिंह ओलीका तर्फबाट तोयानाथ ढुङ्गानाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार
अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य सार्वजनिक गरिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङ्कङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ ।

पक्राउपर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । दुई वटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङ्कङ पठाउने क्रममा बुधबार सोे चरेस फेला परेको हो । 

“प्याकेट जोख्दा अस्वभाविक तौल फेला परेपछि कर्मचारीले खबर गर्नुभयो, तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती फेला प¥यो”, जोशीले भने । मेसिनले पेलेर पातलो बनाई कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १४८ प्याकेट अगरबत्तीसमेत फेला परेको प्रहरीले जनाएको छ । 

दुई खेलाडीलाई कारवाहीको माग 
थ्री स्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारवाहीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फामा)मा निवेदन दिएको छ । लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टीनलाई कारवाहीको माग गर्दै एन्फामा निवेदन दिएको क्लबले जनाएको छ । 

हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको दौरान अनुशासनविपरीत काम गरेको भन्दै थ्री स्टारले कारवाहीको माग गरेको हो । खेल्ने समयमा टीममा नआएका र पुरस्कार वितरणलगायतका कार्यक्रममा समेत उपस्थित नभएको बताउँदै क्लबले कारवाहीको सिफारिश गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x