×

NMB BANK
NIC ASIA

युभेन्टसमा रोनाल्डोको प्रभावशाली प्रदर्शन कायमै, क्लबलाई जिताए सुपरकोप्पा

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — युभेन्टस क्लबका स्टार क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक प्रतियोगिताको फाइनलमा गोल गर्ने आफ्नो रेकर्ड कायम राख्दै बुधवार आफ्नो क्लबलाई सुपरकोप्पा जिताएका छन् । 

Muktinath Bank

साउदी अरबको जेद्दाहमा मिलानविरुद्ध खेलिएको फाइनलमा रोनाल्डोले ६१औं मिनेटमा हेडरमार्फत गोल गरेर युभेन्टसलाई १–० को जीत दिलाए । युभेन्टस क्लबका लागि रोनाल्डोले पहिलो उपाधि जितेका हुन् । सन् २००७ पछि यो


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबभन्दा कम स्कोरको सुपरकोप्पा फाइनल रह्यो । 


Advertisment
Nabil box
Kumari

यो गोलसँगै रोनाल्डोले विगत सात फाइनलमा आठ गोल गरेका छन् । 

Vianet communication
Laxmi Bank

यी ३३ वर्षीय खेलाडीले रियाल मड्रिड क्लबलाई लगातार तीनपटक च्याम्पियन्स लीग उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । विगत तीन सीजनमा मड्रिडलाई फाइनलमा जिताउने क्रममा उनले दुई गोल गरेका थिए । 

च्याम्पियन्स लीगका फाइनलहरूका अतिरिक्त रोनाल्डोले बार्सिलोनाविरुद्ध सन् २०१७ को स्पेनिश सुपर कपमा पनि गोल गरे र दुईवटा क्लब वर्ल्ड कप फाइनलमा चारवटा गोल गरे : सन् २०१६ मा काशिमा एन्ट्लर्सविरुद्ध र सन् २०१७ मा ग्रेमियोविरुद्ध । 

बुधवारको सुपरकोप्पा जीतसँगै रोनाल्डोले युभेन्टसका लागि पहिलो सीजनमा बलियो प्रदर्शन कायम राखेका छन् । उनले युभेन्टसका लागि सबै प्रतियोगितामा खेल्ने क्रममा १६ गोल गरेका छन् । 

खेलको अन्त्यपछि राइ स्पोर्टसँग कुरा गर्दै युभेन्टसका व्यवस्थापक मास्सिमिलियानो अलेग्रीले रोनाल्डोको प्रशंसा गर्दै उनले गर्ने निर्णायक गोलका कारण नै क्लबले उनलाई भित्र्याएको बताए । 

‘उनले उत्कृष्ट गोल गरे अनि मैदानमा राम्ररी दौडिए । त्यसो त पूरै टीमले राम्रो प्रदर्शन गरेको थियो । काउन्टरअट्याकहरू भए । हामीले पाउलो डीबालाको जस्तो मुभ अझै बढी बनाउनुपर्थ्यो । त्यसको साटो हामीले मैदान हतार गर्दा

मिलानलाई काउन्टर हान्ने मौका दियौं जसले गर्दा हामीले डिफेन्ड गर्नका लागि दाडिनुपर्‍यो ।’

युभेन्टस र मिलान यो खेलअघि सबभन्दा बढीचोटि सुपरकोप्पा जित्ने टोली थिए । उनीहरू दुवैले सात सातपटक कप जितेका थिए । तर हिजोको जीतसँगै आठवटा कपका साथ युभेन्टस पहिलो स्थानमा छ । 

मिलानको कुरा गर्दा उक्त क्लबले युभेन्टसविरुद्ध गोल नगरेको तीनवटा म्याच भइसकेको छ । अनि यस सीजनमा विभिन्न प्रतियोगितामा गोलपोस्टमा उनीहरूको १० चोटि बल ठोकिसकेको छ । 

गोल डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x