×

NMB BANK
NIC ASIA

अस्वभाविक भाडाबृद्धिप्रति इन्टरनेट सेवा प्रदायकको आपत्ति, विद्युत् प्राधिकरणसँग विवाद

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनीले विद्युत् प्राधिकरणका पोल र ओपीजीडब्लू फाइबर प्रयोगमा गरेको भाडाबृद्धिप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपालले आपत्ति जनाएको छ ।

Muktinath Bank

प्राधिकरणका पोल र फाइबरलाई इन्टरनेट कम्पनीहरूले प्रयोग गर्ने गरेका छन् । जसमा प्राधिकरणले चालू आर्थिक वर्ष २०७५/०७६ मा ५००% भाडाबृद्धि गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघका अध्यक्ष भोजराज भट्टले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘हामी इन्टरनेट सेवा प्रदायकहरूले हाल कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाको शुल्क पुरानो भाडादरलाई आधार (खर्च) मानी दिइरहेकोमा नयाँ भाडादरले हामी सेवा प्रदायकहरूलाई ठूलो अन्योल सिर्जना गरेको छ्र,’ विज्ञप्तिमा लेखिएको छ ।


Advertisment
Nabil box
Kumari

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘नेसनल ब्रोडब्यान्ड पोलिसीमा पनि इन्टरनेट शुल्कलाई अझ सुपथ मूल्यमा उपलब्ध गराउने भन्ने उल्लेख गरिएको छ । त्यही अनुरुप गत आर्थिक वर्षको बजेटमा लागू गरिएको १३% दूरसञ्चार सेवा शुल्कलाई पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघले आपसी समझदारीमा समायोजन गर्ने सहमति कार्यान्वयन भइसकेको जानकारी अवगत नै होला । साथै सो सहमतिमा कुनै पनि सरकारी निकायले इन्टरनेटमा शुल्कबृद्धि हुने खालका काम कारवाही नगर्ने समेत उल्लेख छ ।’

Vianet communication
Laxmi Bank

प्राधिकरणले बृद्धि गरेको भाडादर सहमति विपरीत भएको बताउँदै संघले सबै सेवा प्रदायकले नयाँ भाडादर स्वीकार नगर्ने निर्णय गरेको जनाएको छ । ‘नेपाल विद्युत् प्राधिकरणले हामी सेवा प्रदायकको सेवामा अवरोध सिर्जना गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी विद्युत् प्राधिकरणको नै हुने जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

समस्याको उचित निकास तथा समाधानको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल सम्मिलित उच्च स्तरीय समिति गठन गर्न संघले माग गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x