×

NMB BANK
NIC ASIA

तापक्रम निकै घटेपछि चन्द्रमामा पहिलोपटक उम्रेको बिरुवा मर्‍यो

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चन्द्रमामा एक्लो हरियो पात देखिएपछि अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमा आफैं खानेकुरा हुर्काउने आशा दिलाएको थियो । तर पात उम्रेको केही समयपछि नै कपासको बोटको मरेको छ । 

Muktinath Bank

चीनले पठाएको अन्तरिक्षयानमा कपासको बोट उम्रेको थियो । उक्त बोट चन्द्रमाको सतहमा सूर्यको प्रकाशमा निर्भर थियो । तर चन्द्रमाको पछाडिपट्टिको भागमा रात परेपछि तापक्रम माइनस १७० डिग्री सेल्सियसमा झरेपछि बिरुवा अल्पायुमै मरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोङकिङ विश्वविद्यालयका प्राध्यापक शीए गेङशिनले यो परीक्षणको डिजाइनको नेतृत्व गरेका हुन् र उनले बिरुवाको अल्पायुको अपेक्षा गरिएको बताए । ‘क्यानिस्टरमा जीवन चन्द्रमाको रातमा बाँच्नै सक्दैन,’ शीएले बताए । 


Advertisment
Nabil box
Kumari

छाङ’ई–४ अन्तरिक्षयान आइतवार स्लीप मोडमा पुगेको थियो । अवतरण भएको पहिलो चन्द्र रातमा ऊ स्लीप मोडमा पुगेको हो । चन्द्रमामा रातिको समय लगभग दुई हप्ताको हुन्छ र त्यसपछि अन्तरिक्षयान फेरि जाग्नेछ । 

Vianet communication
Laxmi Bank

रोभर युटु–२ ले मध्याह्नमा निद्रा लिनुपर्छ किनकि सूर्य सीधै टाउकोमाथि पुग्दा बढी तात्छ । दिउँसोको तापक्रम १२० सेल्सियसभन्दा बढी पुग्छ । पृथ्वीमा जस्तो चन्द्रमामा चरम तापक्रम विविधतालाई छेक्ने वायुमण्डल छैन ।

बिरुवा र बिउ ढाकिएको क्यानिस्टरमा क्रमशः कुहिएर जाने र यसले चन्द्रमाको वातावरणलाई हानि नगर्ने चाइना जेसनल स्पेस एड्मिनिस्ट्रेसनले जनायो । 

अन्तरिक्षयात्रीहरूले इन्टरनेसनल स्पेस स्टेसनमा बिरुवा हुर्काएको भए पनि चन्द्रमामा पहिलोपटक बिरुवा उमारिएको हो । 

‘हामीले यस्तो अनुभव गरेकै थिएनौं । अनि हामीले चन्द्रमाको वातावरणलाई पृथ्वीमा सिमुलेट गर्न सकेनौं,’ शीएले भने । 

बिरुवा उमार्ने परीक्षणमा आलुको बिउ, मर्चा र सर्स्युँ प्रजातिको एक बिरुवा पनि समावेश गरिएको थियो तर ती कुनै पनि हुर्कने लक्षण देखाएनन् ।

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x