×

NMB BANK
NIC ASIA

द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । 

Muktinath Bank

दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी र जनस्तरको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स र राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, महाप्रबन्धक ओेपेन्द्र शर्मालगायत राससको उच्च व्यवस्थापनबीच करीब पाँच दशक पुरानो नेपाल–बङ्गलादेश सम्बन्धलाई दुवै देशका समाचार समितिका माध्यमबाट नयाँ उचाइमा पुर्‍याउन सकिने विषयमा छलफल भयो । 

राजदूत शाम्सले बङ्गलादेशको सरकारी समाचार समिति बङ्गलादेश सङ्गबाद संस्था (बिएसएस) र राससबीचको समाचार र सूचना आदान प्रदानबाट दुवै देशका जनतालाई निकट ल्याउनका साथै एकअर्कालाई दुवै संस्थाले सेतुको भूमिका निर्वाह गर्ने बताउनुभयो । 

“वर्षेनी ३० हजार बङ्गलादेशी पर्यटकले नेपाल भ्रमण गर्दै आएका छन्, सतहमार्गबाट सार्कका सदस्य देशलाई जोड्ने ‘मोटर भिएकल एग्रिमेन्ट’ हुनसके व्यापार विस्तारसँगै दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्थ्यो”, राजदूत शाम्सले भन्नुभयो । उहाँले बिएसएस र राससबीचको कार्यगत साझेदारीलाई अझ व्यवस्थित एवं परिणाममुखी बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

अध्यक्ष श्यामलले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापकमूलक नेपाल र बङ्गलादेशका जनताबीच धेरै समानता रहेको र उनीहरूमा एकअर्काबारे जान्ने उत्सुकता रहेको बताउँदै दुवै देशका आधिकारिक समाचार समितिको साझेदारीले उनीहरूका आकांक्षा पूरा गर्न मद्दत मिल्ने यथार्थ प्रस्तुत गर्नुभयो । 

बदलिँदो परिवेशमा रासस र बिएसएसबीचको साझेदारीलाई परिभाषित गर्नुपर्ने अपरिहार्यतामा जोड दिँदै उहाँले समाचारको आदानप्रदानबाट केही हदसम्म दुवै देशका जनताको सूचना, जानकारी र ज्ञानको भोक मेटिने बताउनुभयो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x