×

NMB BANK
NIC ASIA

डुब्दै अलैँची किसान : न सोचेजस्तो उत्पादन भयो, न त मूल्य नै राम्रो !

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ताप्लेजुङ - अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिनुभयो । बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैँची लगाउनुभयो तर, सोचे जस्तो भएन । 

Muktinath Bank

सधैं २५ मुरी भन्दा बढी धान फल्ने खेतमा अलैँची रोपेपछि उहाँ चामल खरिद गर्न थाल्नुभयो । अलैँची फल्छ, अनि बेचेरै साहुको ऋण तिरौँला भनेर दिनरात खट्नुभएका सार्कीलाई त्यही अलैँची खेतीले बसाइँ हिँडायो । अहिले उहाँ नुवाकोटमा गएर गुजारा चलाउँदै आउनुभएको छ । “न अलैँची राम्रो फल्यो, न त मूल्य नै राम्रो भयो, दिनानुदिन ऋण माथि ऋण थपिँदै गएपछि विकल्प खोज्न परिवारसहित नुवाकोटमा गएर काम गरिरहेको छु,” सार्कीले भन्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले थप्नुभयो – “उसबेला साहुबाट लिएको ऋणको साँवा र ब्याज हिसाब गर्दा झण्डै १५ लाख पुगेछ । यसपालि बल्लतल्ल डेढ मन अलैँची फलेछ । अहिलेको भाउ अनुसार ५० हजार पनि आउँदैन । के ले ऋण तिर्ने ? होश उडिसक्यो ।” 


Advertisment
Nabil box
Kumari

त्यही ठाउँका राजकुमार भट्टराईलाई खेत मासेर अलैँची खेती गरे यता दिनरात पिरलो छ । वर्षभर पुग्ने अन्नपात उब्जने खेतमा राम्रो आम्दानी हुने सपना देखेर अलैँची रोपे तर, भाउ नहुँदा र उत्पादन समेत नहुँदा उहाँलाई पिरलो भएको हो । “झण्डै तीन लाख रुपैयाँ ऋण गरेर सिँचाइको व्यवस्था गरेँ, अलैँची राम्रो फलेन, भाउ पनि फेदैमा पुग्यो, अलैँची खेती निल्नु न ओकल्नु भयो,” भट्टराई भन्नुहुन्छ । भाउ बढेकै बेला किसान यसको खेतीमा आकर्षित हुन थाले पछि फुङलिङ नगरपालिका बस्दै आउनुभएका भिङ्मारे लिम्बुमा बिरुवा बेचेरै आम्दानी गर्ने सोच पलायो र अलैँची नर्सरी गर्न थाल्नुभयो । पछिल्लो समयमा गरेको लगानी त्यसै खेर जाने भए पछि उहाँमा पनि चिन्ता थपियो । यी त सीमित क्षेत्रका किसानका मात्रै कथा हुन् । जिल्लाभरकै अलैँची किसानको कथाव्यथा उस्तै उस्तै छ । केही वर्ष अघि प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म मूल्य आउँदा हौसिएर अलैँची खेतीमा लगानी गरेका किसानको काँधमा ऋणको पोको झुण्डिन पुगेको छ । वर्षभर खान पुग्ने अन्नपात उब्जाउ हुने खेतबारी अलैँची र जङ्गलले ढाकिएका छन् । खेतबारी नै मासेर बसेका किसानका घरमा झापादेखिका व्यापारीले धान लगेर बेच्न थालेका छन् । कुनै समय तिनै किसान आफैंले उत्पादन गरेको धान बेचेरै गुजारा चलाउँथे । एक्कासि मूल्य बढेर क्रमशः ओरालो लागेपछि आफूहरु मारमा परेको कृषकहरु बताउँछन् । प्रतिमन एक लाख २० हजार रुपैयाँको हिसाब गरेर लगानी गरेका उनीहरुमाथि समस्याको पहाड आइलागेकोे छ – मूल्य ओरालो लाग्दै गएर २५–३० हजार रुपैयाँमा झरेपछि । 

Vianet communication
Laxmi Bank

व्यापारीलाई पनि चिन्ता 

अलैँचीको मूल्यमा हुने उतारचढावले किसान मात्रै हैन अलैँची व्यापारी समेत हैरान छन् । छोटो छोटो अवधिमा मूल्यमा आउने उतारचढावले उनीहरु समस्यामा परेका हुन् । मूल्य स्थिर नहुँदा खरिद बिक्री गर्न नै समस्या हुने गरेको अलैँची व्यापारी बुद्ध दाहालले बताउनुभयो । “किसानबाट एउटा मूल्यमा लिएको अलैँची कहिले घाटामा कहिले नाफामा बेच्नु पर्छ, प्रायः नाफा भन्दा घाटा धेरै हुन्छ,” दाहाल भन्नुहुन्छ । अलैँचीको मूल्य बढ्दा किसानलाई दिएको ऋण उठाउनै पर्ने बाध्यताले पनि घाटा सहेर कारोबार गर्नुपरेको व्यापारीहरु बताउँछन् । अलैँची कै कारोबारले टाट पल्टिएर व्यवसायबाटै पलायन हुनेदेखि ठूला शहरमा घर बनाउनेसम्मका व्यापारी छन् । मूल्यमा आउने उतारचढावले किसानलाई मानसिक समस्यामा पारेको छ भने व्यापारीलाई आर्थिक रुपमै डुबाउने र उकास्ने गरेको छ । ठूला व्यापारी सिधै भारतका व्यापारीसँग कारोबार गर्छन् भने साना व्यापारी बिर्तामोडका व्यापारीसँग । भारत, बिर्तामोड जता लगे पनि नेपाली अलैँचीको बजार भारत मात्रै हो । साना ठूला दुवै व्यापारी भारतीय व्यापारीकै भर हुन्छन् । अलैँची व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले भन्नुभयो “भारतीय व्यापारीले जे भन्यो त्यही ठिक हुन्छ । आज एउटा मूल्य भन्या छ, अर्को दिन तुरुन्तै फेरिन्छ । उनीहरुसम्म अलैँची पु¥याएर कारोबार गर्न सहज छैन ।” भारतकै मात्र भर पर्नुपर्ने भएकाले पनि नेपालका अलैँची व्यवसायीलाई यसको कारोबारमा समस्या हुने गरेको छ । 

यता, पछिल्लो समयमा ताप्लेजुङमा अलैँचीको कारोबार घटेको व्यवसायीहरु बताउँछन् । केही दिन यता कारोबार प्रायः ठप्प बनेको अध्यक्ष बरालले बताउनुभयो । उहाँले भन्नुभयो – “बिर्तामोडका साहुले लिँदैनन् । सबै व्यापारीको गोदाम अलैँचीले भरिएको छ । हामीले किसानसँग हाताहाती कारोबार गर्नुपर्छ । किसानबाट लिँदालिँदै भएको पैसा सकियो । के ले कारोबार गर्ने ?” उहाँका अनुसार भारततर्फ निकासी कमै भइरहेकाले नेपालको अलैँची गोदाम मै थन्किरहेको हो । निकासीमा समस्या भएको व्यापारीहरुको भनाइ छ । कतिपय व्यापारीले भने पछिल्लो समयमा मूल्य निरन्तर ओरालो लागिरहेकाले घाटामा पर्ने डरले किन्नै छाडेका छन् । पछिल्लो तीन साता यता मूल्य निरन्तर घटिरहेको छ । मङ्सिरमा प्रतिमन २९ हजारमा कारोबार भएको अलैँचीको मूल्य अहिले आएर २६–२७ हजार रुपैयाँमा झरेको छ । 

नेपाल बाहेक अन्य मुलुकहरुमा समेत अलैँची उत्पादन हुन थालेपछि नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजार खुम्चिएको बताइन्छ । यो वर्ष अलैँची किन्न भारतका व्यापारी पनि कमै आएका छन् । 

सरकारसँग गुनासो 

नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको अलैँचीको बजारीकरणमा राज्यले पर्याप्त चासो नदिएको व्यवासायीहरु बताउँछन् । अध्यक्ष बालमणि बरालले भन्नुभयो – “अलैँचीको नेपालको अर्थतन्त्रमा ठूलै हिस्सा रहे पनि यसको बजारीकरणमा भने राज्यले आँखा चिम्लिदिएको छ ।” उहाँले थप्नुभयो – “भारत बाहेकका तेस्रो मुलुकसम्म नेपाली व्यापारीको पहुँच छैन । भारतका व्यापारीले जे मूल्य तोक्छन् त्यही अनुसार नेपालमा मूल्य निर्धारण हुने गरेको छ ।” 

राज्यले अलैँची खेती प्रर्वद्धनका लागि स्पष्ट नीति नबनाइदिएकाले समस्या भएको उहाँको ठम्याइ छ । सरकारले अन्तर्राष्ट्रिय स्तरसम्म अलैँचीको बजारीकरण गरिदिन सहयोग गर्नुपर्नेमा व्यवसायीको जोड छ । 

अलैँची खेतीको प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलै लगानी हुने गरेको तर बजारीकरणमा भने गम्भीर नभएको व्यवसायीको गुनासो छ । भारत बाहेकका तेस्रो मुलुकमा समेत अलैँचीको कारोबार हुने वातावरण मिलाउन सके भारतका व्यापारीको मनोमानीबाट मुक्ति मिल्ने विश्वास व्यवसायीको छ । किसानले गरेको लगानी र व्यवसायीले मोलेको खतरालाई राज्यले गम्भीर रुपमा नलिएकामा उनीहरुको दुःखेसो छ । 

पहाडी भेगबाट झापाको बिर्तामोड हुँदै भारतीय बजारसम्म अलैँची पु¥याइन्छ । नेपालमा उत्पादित ९० प्रतिशत अलैँची भारत निर्यात हुने गरेको छ । मसला बनाउन प्रयोग गरिने अलैँचीको खास बजार भने खाडी मुलुक हो । भारतको नयाँ दिल्ली हुँदै दुबई, साउदी अरब, कतार, बहराइन जस्ता खाडी मुलकमा पठाइन्छ । केही परिमाण पाकिस्तान पनि जान्छ । नेपालमा यसको बजार छैन । नेपाली व्यापारीहरु तेस्रो मुलुकमा निर्यात गर्ने सामथ्र्य राख्दैनन् । नेपालमै प्रशोधनको कुनै उपाय पनि खोजिएको छैन । आफ्नै देशमा प्रशोधन नहुँदा यो उपज सस्तोमा बेच्नुपर्ने बाध्यता छ । सन्तोष पुर्कुटी / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x