×

NMB BANK
NIC ASIA

ट्रम्पलाई वार्षिक सम्बोधन गर्न लाग्यो रोक

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकी संसद्को तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पको वार्षिक स्टेट अफ द युनियन सम्बोधनमा रोक लगाएकी छन् ।

Muktinath Bank

पेलोसीले सरकारी काम ठप्प भएको अवस्थामा ट्रम्पको जनवरी २९ को सम्बोधन सम्भव नभएको भनी पत्र लेखिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शटडाउनका कारण यो कार्यक्रमका लागि पर्याप्त विशेष सुरक्षा उपलब्ध गराउन सम्भव नरहेको किनकि सिक्रेट सर्भिस र होमल्यान्ड सेक्युरिटी विभागका कर्मचारीले २५ दिनदेखि तलब नपाएको पेलोसीले बताइन् । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले सम्बोधनको साटो लिखित सन्देश पठाउन सक्ने उनको भनाइ छ । सन् १९१३ सम्म लिखित सन्देशबाटै काम चलाउने गरिएको थियो । नत्र ट्रम्पले सरकारी कामकाज खुल्ने प्रतीक्षा गर्नसक्ने र त्यसपछि सम्बोधनका लागि नयाँ तारिख घोषणा गर्नसक्ने पनि विकल्प छ । 

Vianet communication
Laxmi Bank

तर होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टजेन नील्सनले उनको विभाग र सिक्रेट सर्भिस स्टेट अफ द युनियन कार्यक्रममा सुरक्षा दिन तयार रहेको बताए । ट्रम्पलाई सम्बोधनका लागि नबोलाइएमा उनले सम्भवतः टीभीमार्फत देशलाई सम्बोधन गर्नेछन् । 

अमेरिकी सरकारको कामकाज बिहीवार २७औं दिनसम्म पनि रोकिएको छ किनकि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि फन्ड उपलब्ध नगराइएको विषयमा गतिरोध कायम छ । 

कंग्रेसमा डेमोक्रेटहरूले पर्खाल निर्माणका लागि ५.६ अर्ब डलरको बजेटलाई स्वीकृति दिन अस्वीकार गरेका छन् । तर ट्रम्पले पर्खाल निर्माणका लागि पर्याप्त फन्ड नपाउन्जेल बजेटलाई स्वीकृति नदिने बताएका छन् । बजेट नभएका कारण सरकारको कामकाज ठप्प छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x