×

NMB BANK
NIC ASIA

विन विन वातावरण सिर्जना गरेर डा. केसीको जीवन रक्षा हुन्छ- योगेश भट्टराई

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बनियानी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।

Muktinath Bank

प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ, सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।” डा केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने नेता भट्टराईले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सा शिक्षा विधेयकमा डा केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनशन तोड्न उनले आग्रह गरे । “चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा केसीकै माग हो”, २०६९ सालमा पहिलो पटक डा केसी अनशन बस्नुभएको स्मरण गराउँदै उनले भने, “विसं २०७० पुस २७ गतेयता पटक–पटकको अनशनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ ।” 


Advertisment
Nabil box
Kumari

डा केसीकै मागअनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उनको भनाइ थियो । चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिने भएकाले त्यसलाई रोक्न जरुरी रहेको र चिकित्सा विधेयक पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उनले उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

“अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ”, भट्टराईले भने, “चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।” मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय श्ययाको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उनले जानकारी दिए । 

काठमाडौंमा विद्यार्थी बेच्ने कारखाना रहेको र त्यस्ता कारखानावालाले डा केसीलाई उचालेको नेता भट्टराईको आरोप थियो । “विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको छ”, उनले भने, “त्यस्ता गिरोहले डा केसीलाई उचालेका छन् ।” विसं २०४८ मा काङ्ग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहर वर्तमान सरकारले सफा गर्ने काम गरिरहेको नेता भट्टराईले उल्लेख गरे ।

“काङ्ग्रेसले स्वास्थ्य र शिक्षा क्षेत्रमा विकृति भएको भन्नुअघि आत्मालोचना गर्नुपर्छ”, उनले भने, “काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन ।” काङ्ग्रेसले आफ्नो खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन भुल्काहरुको सहारा लिइरहेको नेता भट्टराईको भनाइ छ । सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउँदै व्यवस्थित गर्दै जाने योजनामा रहेको उनले बताए ।

त्यस्तै नेकपा पार्टी एकताको प्रसङ्गमा नेता भट्टराईले एकताको प्रक्रिया माघ १० देखि १५ गतेसम्ममा टुङ्गिने बताए ।“ एकता अन्तिम चरणमा पुगेको छ”, उनले भने, “पार्टी एकतापछि फागुन–चैतभित्रमा देशव्यापी अभियान सञ्चालन गरिनेछ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x