×

NMB BANK
NIC ASIA

पक्ष/विपक्षमा दुई प्रभावशाली युवा नेता, डा. केसी झुक्लान कि सरकार ?

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग सहित आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीको मागलाई लिएर समाज धुव्रीकृत भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारको नेतृत्व गरेको नेकपा माग पूरा भएकाले डा. केसीले विजयोत्सव मनाउनु पर्ने तर्क गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसीसँग गरिएका सहमतिबाट सरकार पछि हटेका कारण समस्या सिर्जना भएको दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. केसीको मागको विषयलाई लिएर राजनीतिक दल मात्र होइन समाज पनि धु्रवीकृत भएको छ । त्यसको प्रतिविम्ब सामाजिक सञ्जालमा देख्न सकिन्छ । कतिपयले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाएका छन् भने कतिपयले कसैको उक्साहटमा उनी अनशन बसेको आरोप लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

दुई किनारामा युवा नेता

Vianet communication
Laxmi Bank

डा‍. केसीको मागलाई लिएर नेकपा र नेपाली कांग्रेसका दुई प्रभावशाली नेता पक्ष र विपक्षमा वकालत गरिरहेका छन् । संसद्को शिक्षा तथा स्वाथ्य समिति सदस्य समेत रहेका नेकपाका युवा नेता योगेश भट्टराई डा. केसी अनशन बसिरहेको इलाममा गएर संसदीय समितिबाट पारित भएको विधेयक बुझाउन कोशिश गरिरहेका छन् ।

आफूसँग भएको सहमति विपरीत संसदीय समितिले विधेयक पारित गरेको भन्दै डा. केसी इलाममा गएर अनशन गरिरहेका छन् । संसदीय समितिले आफूसँग गरेको सहमति विपरीत विधेयक पारित गर्न लागेको भन्दै डा. केसीले पुस २५ गते काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा एमाले सांसद भट्टराई माफिया पोस्ने खेलमा लागेको आरोप लगाएका थिए । 

डा. केसी र भट्टराईबीच विधेयकको विषयमा वाकयुद्ध भएको थियो । भट्टराईले डा. केसी कांग्रेसका लागि भोट माग्दै हिँड्ने कम्युनिस्ट विरोधी भएको टिप्पणी समेत गरेका छन् । समितिको सदस्य रहेका कारण पनि दुई युवा नेता पार्टी लाइन अनुसार केसीको विरोध र समर्थनमा उत्रेका छन् । 

केसीमा कम्युनिस्ट फोयिबा ! 

‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि केपी ओलीकै नाम लिएर विरोध गर्ने उहाँमा कम्युनिस्ट फोबिया छ,’ नेता भट्टराईले बुधवार इलाममा भने, ‘चुनावमा कांग्रेसको चारतारे झण्डा बोकेर भोट माग्दै हिँड्ने, कांग्रेसको जयजकार गर्ने उहाँ विशुद्ध व्यवसायिक हुनुहुन्न । टिचिङमै अनशन बस्दा कांग्रेसका नेताहरू जाँदा केही भएन । माधव नेपाल पुगेपछि हुटिङ नै गरियो । तत्कालीन एमालेमाथि आक्रमण नै भयो ।’

डा. केसीसँग भएको सहमति अनुसार विधेयक पारित गर्नुपर्ने अडान राख्दै आएका कांग्रेस सांसद गगन थापा डा. केसीको माग पूरा भयो भन्नु बिरामीको अरु सबै ठीक छ, मुटु मात्र चल्दैन भनेजस्तो भएको दाबी गर्छन् । 

थपाले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी डा. केसीको माग पूरा गर्ने विषयलाई प्रतिष्ठा नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराए ।  ‘कांग्रेसको सदस्य भएर होइन, म देशको सांसद भएर अनि नेपाली नागरिक भएर तपाइहरूसँग आएको हो, लज्जाबोध भएर आएको हो,’ थापाले पत्रकार सम्मेलनमा भने, ‘यो भन्दा उदेकलाग्दो कुरा के हुन्छ ? अड्डा अदालत सबै एक ठाउँमा उभिन्छन्, डा. केसीको विपक्षमा । हामीलाई बाध्य बनाउँछन्, सम्झौता गर्छौं, मौका आउनासाथ उल्ट्याउँछन् । लज्जाबोधका साथ आएका छौं ।’ 

तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने ?

डा. केसीको आन्दोलनको समर्थन गरेको कांग्रेसले माग पूरा नगरे सदन अवरुद्ध गर्ने संकेत दिएको छ । ‘सहमति गर्ने र सहमति कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको दोहोरो भूमिका कारण यस्तो अवस्था सिर्जना भएको हो’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार पत्रकार सम्मेलन गरेर भने, ‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने प्रधानमन्त्रीसामु दुईवटा मात्र विकल्प छन् ।’ 

डा. केसी झुक्लान कि सरकार ? 

डा. केसीको अनशन नवौं दिन पुग्दासम्म सरकार र केसी पक्षधर टसकोमस भएका छैनन् । दुवैको रणनीति एकअर्कालाई झुकाउने पक्षमा छ । डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउन पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्व सभामुख सुशीला कार्की लगायतको टोली इलाममा पुगेको छ । सहयोगीका अनुसार डा. केसीले विधेयक नसच्चिएसम्म अनशन तोड्ने छैनन् । 

डा. केसीको मुख्य माग काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नमिल्ने विषय चिकित्सा शिक्षा विधेयकमा उल्लेख छ । यो माग पूरा भए पनि अब एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने विषयमा कुरा अड्किएको छ ।

यसअघि सरकारले डा. केसीसँग सम्झौता गरेको थियो- 'एक विश्वविद्यालयले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यसअघि सम्बन्धन दिई सकेको चिकित्सा शिक्षण संस्थामा यो प्राबधान लागू हुने छैन । काठमाडौँ बाहिरका शिक्षण संस्थाका हकमा आयोगले नीति निर्माण गरि निर्णय गरे बमोजिम हुनेछ।'

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित विधेयकमा यस विषयलाई थोरै हेरफेर गरिएको छ ।

'यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन ।'

डा. केसीले यसअघि मनसायपत्र लिई मापदण्ड पूरा गरेका उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा प्रावधान लागू नहुने भन्ने कुरामा आपत्ति जनाएका छन् ।

डा. केसीका माग पूरा भइसकेकोले अनशन बस्नुको अर्थ नभएको बताएको सरकारले पनि गल्ने संकेत दिएको छैन । डा. केसी र सरकार विगतमा पनि एक अर्कालाई गलाउने रणनीतिमा लाग्ने गर्दथे । यसपटक केसी झुक्लान् कि फेरि सरकार झुक्ला कौतुहलताको विषय बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x