×

NMB BANK
NIC ASIA

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले सांगठानिक एकता र अन्य राजनीतिक विवादहरू सल्ट्याउनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन तयार गर्न सकिरहेको छैन । 

Muktinath Bank

नेताहरु रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ सम्मिलित कार्यदललाई पुस महिनाभित्रै प्रतिवेदन बुझाउन समयसीमा तोकिएको थियो । तर माघको पहिलो हप्ता सकिनै लाग्दासमेत कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेताहरुका अनुसार कार्यदलले विभिन्न चरणमा छलफल र गरिरहेको छ । यसअघि छलफलका बुँदाहरू बाहिर आएर अनावश्यक बहस सृजना हुने र सहमतिका लागि अप्ठेरो पर्ने गरेका कारण कार्यदलको कामकारवाहीलाई गोप्य राखिएको कार्यदलका एक सदस्य बेदुराम भुषालले लोकान्तरलाई बताए । भुसालले कार्यदललाई कुनै समयसीमा नतोकिएको बताए । उनले माघको पहिलो हप्ताभित्रमा कार्यदलले प्रतिवेदन तयार पारिसक्ने दाबी गरे । 


Advertisment
Nabil box
Kumari

तर नेकपाका स्थायी कमिटीका कतिपय नेताहरूले कार्यदलले आजसम्म सहमति जुटाउन नसकेको आरोप लगाएका छन् । ‘पाटीभित्र देखिएको राजनीतिक र सांगठानिक विवाद हल गर्नका लागि बनाइएको कार्यदलले कुनै पनि विषयमा निष्कर्ष दिन सकेको छैन,’ एक स्थायी कमिटी सदस्यले भने, ‘विधानमा देखिएका केही समस्या हल भएका छन् तर एक व्यक्ति एक पद र प्रदेश विवादमा घेरिएको प्रदेश कमिटीको बारेमा कुनै सहमति हुन नसकेको मेरो जानकारीमा आएको छ ।’ 

Vianet communication
Laxmi Bank
‘एकीकरण प्रक्रियाले अझ लामो समय लिन सक्ने देखियो, स्थायी कमिटी बैठकको स्पिरिट अनुसार काम भएको छैन ।’

कार्यदलले यो भन्दा अगाडि निर्देशिकामा उल्लेख गरिएको प्रावधान ‘एक व्यक्ति एक जिम्मेवारी’मा पनि सहमति जुटाउन नसकेको उनले बताए ।

पार्टीका बरिष्ठ नेतासमेत रहेका सचिवालय सदस्य माधव कुमार नेपाल विदेश भ्रमणमा रहेको बेला नेकपाको सचिवालयले प्रदेश कमिटीको नामावली सार्वजनिक गरेको थियो तर त्यसमा नेता नेपालले असहमति जनाएपछि अहिलेसम्म जस्ताको त्यस्तै छ । स्रोतका अनुसार कार्यदलले त्यसमा सहमति जुटाउन सकेको छैन । पार्टीका महासचिव विष्णु पौडेलले हिजो गरेको निर्णय पुनर्विचार गर्न नमिल्ने बताएपछि कार्यदलको बैठक अवरुद्ध भएको स्रोतको दाबी छ । 

अर्का स्थायी कमिटी सदस्य मणी थापाले पार्टीको अन्तरविरोध हल हुन नसकेको स्वीकारे । ‘पार्टीमा हिजो जे जस्तो अन्तरविरोध सृजना भएको थियो, कार्यदलले त्यसलाई हल गर्न सक्ने जस्तो देखिएन’ लोकान्तरसँग कुरा गर्दै थापाले भने, ‘एकीकरण प्रक्रियाले अझ लामो समय लिन सक्ने देखियो, स्थायी कमिटी बैठकको स्पिरिट अनुसार काम भएको छैन ।’ यसरी बेलाबेलामा अवरोधहरू आउँदा कम्युनिस्ट आन्दोलनमै क्षति पुग्न सक्ने थापाले चिन्ता व्यक्त गरे । 

थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै पार्टी एकताका कामहरु तीव्र रुपमा नहुँदा कम्युनिस्ट आन्दोलनमा क्षति पुग्ने आशंका व्यक्त गरेका थिए ।

‘कम्युनिस्ट आन्दोलनमा क्षति पुगिरहेको यो अवस्थाले पार्टी एकताको औचित्य पुष्टि हुन सकेको छैन’ थापाले भने, ‘एकताले कम्युनिस्ट आन्दोलनलाई फाइदा पुर्याउनु पर्ने हो, सरकारलाई सफल बनाउनुपर्ने हो तर अहिले एकताकै विषयमा प्रश्न उठ्ने अवस्था सृजना भएको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x