×

NMB BANK
NIC ASIA

फस्टाउँदै बाख्रापालन व्यवसाय, वर्षमा २ लाखसम्म आम्दानी

माघ ३, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्बिर
Premier Steels
Marvel

जाजरकोट– पछिल्लो समय जाजरकोटमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान यो व्यवसायमा अग्रसर भएका छन् । 

बारेकोट गाउँपालिका ८, लैखमका रणबहादुर खत्रीको घरमा १०० भेडाबाख्रा छन् । खत्रीको वार्षिक दुई लाख आम्दानी हुन्छ । घरमा ५० भेडा, ५० बाख्रा छन् । वर्षमा २५ देखि ३० वटा खसीबोका र माउँभेडाबाख्रा, सानापाठापाठी पनि बिक्री हुने गरेको खत्रीले बताए । “रोजगारीका लागि धेरै पटक भारतको कालापाड गइयो तर त्यसबाट घरव्यवहार चलाउन सहज देखिएन । घरमै भेडाबाख्रा पाल्नु पर्‍यो भनेर लागेको छु,” खत्रीले भने । 

लगानी धेरै लगाउनु नपर्ने, थोरै लगानीबाट व्यवसाय गर्न सकिने भएको हुँदा यो व्यवसाय थालेको खत्रीको भनाइ छ । परीश्रम गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ खत्रीले बताए । खत्रीको घरमा १५ जनाको परिवार छ । त्यस्तै गरी नलगाड नगरपालिका–५, भण्डारीगाउँका शान्तबहादुर खत्री गाउँकै अब्बल बाख्रापालक कृषक हुन् । खत्रीको घरमा ९० बढी बाख्रा छन् । वर्षमा एक लाख ६० हजार आम्दानी हुन्छ । 

यसबाट घर व्यवहार चलाउन र छोरालाई पढाउन लेखाउन सहज भएको खत्रीले बताए । खत्रीले एक वर्षअघि उच्च मूल्य वस्तु विकास आयोजना सुर्खेतको आर्थिक सहयोग तथा नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँको समन्वयमा खोर निर्माणसँगै एक वटा उन्नत जातको बोयर जातको बोका पाए । यो सहयोग मिले पछि बाख्रापालन व्यवसाय गर्न थप ऊर्जा मिलेको खत्रीले सुनाए । खत्रीको घरमा बाख्रा हेर्न आउनेहरुको भीड लाग्ने गरेको छ । 

यी दुई त जिल्लाको एक प्रतिनिधि पात्र मात्र हुन् । जाजरकोटको सात वटै स्थानीय तहमा भेडाबाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । अन्य व्यवसायभन्दा यसबाट राम्रो फाइदा पुग्ने भएपछि किसान यस व्यवसायतर्फ आकर्षित भएका बारेकोट गाउँपालिकाका पशु प्राविधिक गोविन्द सिंहले बताए । 

गर्मी समयमा भेडा–बाख्रा चरिचरनका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ, भने जाडो समयमा औल तथा बेसीतर्फ झारिन्छ । बारेकोट गाउँपालिकाभित्रमा करीब १० हजार भेडाबाख्रा रहेको सिंहले बताए । उनका अनुसार जाजरकोमा एक लाख बढी भेडाबाख्रा छन् । यहाँका खसीबोका पोखरा, काठमाडौँ, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, डोल्पालगायत जिल्लामा निर्यात हुने गरेका छन् । जिल्लाभित्र र जिल्लाबाहिर मासुका लागि खसी, बोकाको माग अत्यधिक खपत हुने भएपछि जिल्लाका किसानले बाख्रापालन व्यवसाय बढाउँदै लगेका छन् । 

यहाँका प्रतिकिसानले बाख्रापालन व्यवसायबाट वर्षमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो व्यवसायमा लगानी गरेपछि चाँडै आम्दानी दिने भएपछि किसान यो व्यवसायमा आक्रोशित भएका हन् । भेडा–बाख्राको ऊनबाट राडिपाखी, काम्लो, फेरे लगायतका मूल्यवान् वस्तु तयार हुने र यसबाट पनि आम्दानी हुन्छ । कतिपय किसानले व्यावसायिक रुपमा भेडा–बाख्रापालन फार्म नै खोलेका छन् । 

स्थानीय तहबाट पनि बाख्रापालक किसानलाई लगानी गर्ने गरेका छन् । ४० हजार भेडा–बाख्रापालक किसान रहेका छन् । जिल्लामा मासुका लागि वार्षिक ६ हजार, खसीबोकाबाट सात करोड, जिल्लाबाहिर १४ हजार खसीबोकाबाट १४ करोड, पूजाआजामा ६०० खसीबोकाबाट ३० लाख, ३०० बोका व्यापारका लागि बिक्रीबाट सात लाख र एक हजार ६०० माउ बाख्रा बिक्रीबाट १२ करोड वितरण भई वार्षिक रु ३३ करोड ३७ लाख आम्दानी हुने गरेको पशु प्राविधिकले जनाएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x