काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा बिहीवार दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रहरी सहायक निरीक्षक हितबहादुर कटुवालले जानकारी दिए ।
उनका अनुसार गारो भत्कँदा घाइते दुवै बालबालिकाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का बाबुराम घर्तीको तीन वर्षीया छोरी झरनाको टाउकामा गम्भीर चोट लागेको र भारतको दरभङ्गा जिल्ला प्रितिपरककी ३५ वर्षीया सीता पासवानको छातीमा चोट लागेकाले बोल्न नसक्ने अवस्थामा रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुरका सानु कोजूले सञ्चालनमा ल्याएको उक्त इँटा उद्योगको इँटाको टुक्रा टिप्ने क्रममा सोही उद्योगमा काम गर्ने मजदूरका बालबालिका खेलिरहेका अवस्थामा अन्दाजी १० फिटको ‘डिग वाल’ भत्किएको हो ।
थप समाचार
- नेपाल पर्यटन बोर्डको सदस्यमा पोखराका पौडेल नियुक्त
- कर्णाली प्रदेश मदिरामुक्त !
- युवतीमाथि यौन दुर्व्यवहार गरेपछि टीयूका सहायक डीनलाई विद्यार्थीले लगाए कालोमोसो
- सिन्डिकेट अन्त्य गर्न यातायात प्राधिकरण, बस चढेको भुक्तानी कार्डबाट
- पूर्व रजिष्ट्रार अटेरी बन्दा फिर्ता भएन विश्वविद्यालयको गाडी
- कर्णालीको राजधानीबाट लागूऔषधसहित ६ पक्राउ
प्रतिक्रिया दिनुहोस