×

NMB BANK
NIC ASIA

पर्वत बस दुर्घटनामा मृत्यु हुने सबैको ७ जनाको सनाखत

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वत-पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकामको बेनीबाट नारायणगढतर्फ हिँडेको ग१ख ६१०८ नंको बस बिहान ८ः३० बजेतीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी मृत्यु हुनेमा म्याग्दी पाखापानी–२ का २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, सोहि गाउँपालिका–८ का ४० वर्षीया सेती परियार र उनका श्रीमान् ५० वर्षीय टिके परियार, चितवन भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार तथा बाग्लुङ नगरपालिका–४ कँुडुलेका ४८ वर्षीया शान्ती केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 


Advertisment
SBL

दुर्घटनामा गम्भीर घाइते नौ जनालाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको छ । जसमध्ये सात जनाको छाउनी अस्पताल र दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

Vianet communication
Laxmi Bank

उपचारका लागि काठमाडौँ लगिनेमा कालिकोट महावल गाउँपालिका–४ का राजबहादुर सिंह, म्याग्दी बेनी–८ का ६३ वर्षीय लक्ष्मीप्रसाद विक, सोही ठाउँका दीपेन्द्र विक, पर्वत जलजला–८ का प्रवेशिका पौडेल र उनका भाई सात वर्षीय प्रमाण पौडेल, चितवन लङ्पुरका ४५ वर्षीय रोहिडीप्रसाद चापागाईं, सोही ठाउँका कृष्ण पौडेल तथा बेनी नगरपालिका–७ की मन्दिरा पौडेल रहेका छन् । 

घाइतेमध्ये बाइस जनालाई उपचारका लागि पोखरा लगिएको छ । पोखराका विभिन्न अस्पतालमा उपचार हुने घाइतेमा जलजला गाउँपालिका– ८ का विक्रम रेग्मी, कमला रेग्मी, कुशल रेग्मी, कास्की पोखरा–३३ का लक्ष्मी बोहरा, सोही ठाउँका दिपिका बोहरा, कास्की अन्नपूर्ण–४ बस्ने चन्द्रा आचार्य, सोही ठाउँका सात वर्षीय बालक शङ्कर पौडेल, जलजला–७ का विषमाया पुन, कुश्मा नगरपालिका–९ का बस चालक रमेश पराजुली रहेका छन् । 

यसैगरी जलजला गाउँपालिका– ७ का उदिवर तिलिजा, कमल पौडेल र बालकृष्ण पौडेल, म्याग्दी बेनी–७ का टेकबहादुर पुन, हेमकला रेग्मी र सुन्दरी पौडेल चितवन भरतपुर महानगरपालिका–४ का पूर्णकला बस्नेत, पर्वत जलजला– ८ का राजन सापकोटा, देवीलाल नेपाली, दीपक परियार र तुलसी सुवेदी, धादिङका मानबहुर गुरूङ, चितवनका लक्ष्मी पौडेललाई पनि उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको धौलागिरि अञ्चल अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

म्याग्दीबाट १४ जना यात्रु लिएर छुटेको बस आधा घण्टामै दुर्घटनामा परेको हो । अन्य यात्रु भने पर्वतको जलजलाका विभिन्न स्थानबाट चढेका थिए । प्रहरीले दुर्घटना भएको आधा घण्टामै सबै बिरामीलाई अस्पताल पु¥याएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x