×

NMB BANK
NIC ASIA

‘टुटल’ र ‘पठाओ’ को सेवालाई सरकारले राेक नलगाउने

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानूनको मातहतमा नभए कानूनसंवत् रुपमा जानुपर्ने बताउँदै सेवा रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो । 

Sagarmatha Cement
Muktinath Bank

सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको प्रतिबन्ध लगाउने चाहना छैन, नियमअनुसार चल्नुपर्छ, यसलाई नियमन गर्नुपर्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा समेत यस्ता व्यवसायलाई कानूनी दायरामा ल्याई व्यवस्थित गर्ने दिशामा जानुपर्ने बताउनुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि ट्राफिक प्रहरीले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रु बोक्ने मोटरसाइकललाई नियन्त्रणमा लिएपछि उक्त विषय बाहिर आएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकालले अहिलेको ऐनमा निजी सवारीले यात्रु बोक्न पाउने व्यवस्था नरहेको भए पनि अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर यस्तो व्यवस्था रहने गरी ऐन संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो । 


Advertisment
SBL

उहाँले सेवा राम्रो भए पनि अहिलेको अबस्थामा भने यसले यात्रुको सुरक्षा, दुर्घटना बीमा लगायतका विषयमा प्रश्न उठ्ने भएकाले कानूनी दायरामा भने आउनुपर्नेमा जोड दिनुभयो । विगत केही वर्षदेखि टुटल र पठाओ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रुको माग अनुसार सोही एप्समा जोडिएका मोटरसाइकल चालकले निश्चित भाडा लिएर यात्रु ओसारपसार गर्दै आएका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x