×

NMB BANK
NIC ASIA

डा. केसीलाई काठमाडौं ल्याइयो, समायोजनका लागि ७५ हजार कर्मचारीले दिए आवेदन

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७५ हजार ३६७ कर्मचारीले आवेदन दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

जसमध्ये सङ्घमा समायोजनमा जान ४६ हजार २७०, प्रदेशमा ५८ हजार ६२३, स्थानीय तहमा तीन लाख ४५ हजार २२५ र अन्य सेवका कर्मचारीले स्थानीय तहमा समायोजन हुन एक हजार ६६७ जनाले आवेदन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गत पुस ११ गते सूचना जारी गरेर तीनै तहमा समायोजनमा जानका लागि कर्मचारीलाई आह्वान गरेको थियो । समायोजनका लागि आवेदन गर्ने समय सकिइसकेको छ । 


Advertisment
Nabil box
Kumari

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको थियो । सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार गरेको थियो । 

Vianet communication
Laxmi Bank

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफैँले खटाउने तयारी गरेको छ । 

समायोजनका लागि अनलाइन फाराम नभरेका कर्मचारीलाई सरकारले आफैँले नै आवश्यकताका आधारमा समायोजन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

यसैबीच, सामान्य प्रशासन मन्त्रालयले विशिष्ट श्रेणीको कर्मचारीको समायोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । 

डा केसीलाई काठमाडौं ल्याइयो
इलाममा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उपचारको लागि शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइएको छ । 

डा केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि गएराती काठमाडौँ ल्याइएको हो ।  ‘डा केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाँै ल्याएका हौ हौं’ डा केसीका सहयोगी अभिशेकराज सिंहले बताए । 

डा केसीलाई एम्बुलेन्स मार्फत भद्रपुर र त्यहाँबाट नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । 

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो, टिचिङको आईसीयूमा भर्ना

यसैबीच नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गरेका छन् । 

सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने थापाले बताए । 

 शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसद्मा विधेयकमाथि आफूले फरक मत राख्ने ठाउँ जीवितै रहेको बताउँदै नेता थापाले बिहीबार पत्रकार सम्मेलन गरी भने, “सरकारले चाहेमा सदनको प्रक्रियालाई पूर्ण सम्मान गर्दै डा केसीको सम्झौतालाई विधेयकमा समेट्ने ठाँउ बांँकी नै छ ।”

बस दुर्घटनामा ७ को मृत्यु

पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा बिहीबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । 

घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकामको बेनीबाट नारायणगढतर्फ हिँडेको ग१ख ६१०८ नंको बस बिहान ८ः३० बजेतीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । 

मृत्यु हुनेमा म्याग्दी पाखापानी–२ का २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, सोहि गाउँपालिका–८ का ४० वर्षीया सेती परियार र उनका श्रीमान् ५० वर्षीय टिके परियार, चितवन भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार तथा बाग्लुङ नगरपालिका–४ कँुडुलेका ४८ वर्षीया शान्ती केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते नौ जनालाई हेलिकप्टरमार्फत काठमाडाैं लगिएको छ । जसमध्ये सात जनाको छाउनी अस्पताल र दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

मर्यादाक्रमप्रति आयोगको विमति
लोकसेवा आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रममाथि विमति जनाएको छ । 

बिहीबार बसेको आयोगको बैठकले संवैधानिक निकायका सदस्यको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखको लगत्तैपछि कायम गर्न सरकारसँग आग्रह गरेको छ । 

आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीको मात्र अपमान नभई समग्रमा संवैधानिक निकायकै संस्थागत मर्यादामा ह्रास भएको छ ।” 

न्यायाधीशको सरुवा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई काज सरुवा गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषद्मा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो । 

यसअघि, उचित न्यायसम्पादन गरेको नदेखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई न्यायपरिषद् सचिवलायमा तानिएको थियो । 


तीन पेट्रोल पम्पलाई कारवाही
नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ । 

विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई बिहीबार कारवाही गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेकाले कारवाही गरिएको जानकारी दिए । 

सर्वोच्चको आदेशपछि सिजी टेलिकम सञ्चालन रोकियो
सर्वोच्च अदालतको आदेशपछि उद्योगपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ । 
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले सिजी टेलिकम सञ्चालन गर्न गत पुस १० गते जारी गरेको अन्तरिम आदेश खारेजी गर्ने निर्णय गरेपछि सो टेलिकम सञ्चालन नहुने भएको हो ।

सरकारले रेल किन्ने
सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । 

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारी तहमा नै रेल इञ्जिन खरीद गर्न लागेको हो । कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भइरहेका बेला सरकारले सरकारी तहमा नै छलफल गरेर भारतसँग रेल खरीद गर्न लागेको हो । 

प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले रेलमार्ग सञ्चालनमा ल्याउने उद्देश्यका साथ रेल गाडी खरीद प्रक्रिया अगाडि बढाउन भौतिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए । 

 यस्तै पानीजहाज सञ्चालनका लागि आवश्यक कार्यालय तथा सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरिएको छ । सो कार्यालयमा इञ्जिनीयरिङ सेवाका उपसचिवस्तरका एक व्यक्तिलाई रजिष्ट्रारका रुपमा जिम्मा दिइने भएको छ । कार्यालयमा अन्य कर्मचारीसहित १६ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुने 
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय तहको व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताएका छन्। 

चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताए । 
साविक हिमाल सिमेन्ट कम्पनी रहेको उक्त स्थानमा करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षको अवधिमा निर्माण पूरा गरिने छ । यसैबीच बन्दरगाह निर्माणमा अवरोध पु¥याउने ५४ स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

विरालो मार्ने चालकलाई जेल सजायको फैसला
मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । 

गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । 

जनवर अधिकारवादी कानुन व्यवसायी ए मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए । 

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । 

विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए । 

एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । 

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ । 
यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन बर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई बर्ष तोकेका हुन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x