एनआईसी एशिया डिबेन्चर २०८५/८६ निष्कासन

माघ ४, २०७५

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले बिहीवार ‘एनआईसी एशिया डिबेन्चर २०८५/८६’ बिक्रीको लागि सार्वजानिक आह्वावन गरेको छ ।

१० प्रतिशत वार्षिक व्याजदर रहेको १ हजार रुपैयाँप्रति कित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्बको ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुनेछ । जम्मा ऋणपत्रको निष्कासन रकम ४ अर्ब रुपैयाँको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरमार्फत् निष्कासन गरिएको छ भने ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्कासन गरिने छ ।


ADVERTISEMENT

बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको ऋणपत्रको लागि माघ १३ गतेदेखि सर्वसाधारणको लागि बिक्री खुला भई छिटोमा माघ १६ गते तथा ढिलोमा २०७५ फागुन १३ गतेसम्म बिक्री खुला रहने छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेईपीएसई) मा सूचीकरण गरिने ऋणपत्र नेपालको डेबिट मार्केटको विकासको लागि एक महत्त्वपूर्ण कडी हुने बैंकले विश्वास गरेको छ । हाल नेपालमा दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरू अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालीन लगानीको लागि विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन सम्बन्धित सबैमा बैंकले आह्वान गरेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २ सय ७३ शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २१३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कर्जा करीब १४९ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल बैंकमा ग्राहकको संख्या करीब १४ लाख रहेको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा, एटीएम विस्तारित काउन्टर, शाखारहित बैंक सेवा लगायतमार्फत् आफ्नो उपस्थिति थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।

माघ ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस