लेभान्टेले बार्सिलोनामाथिको प्रभावशाली जीत, डेम्बेले र मेस्सीको गोल

माघ ४, २०७५

काठमाडौं — बार्सिलोना कोपा डेल रे प्रतियोगितामा लेभान्टेलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ । अघिल्लो चरणमा २–१ गोलले पराजित बार्सिलोनाले यो जीतसँगै समग्रमा ४–२ को जीत हासिल गरेको हो । 

पहिलो हाफमा उस्मान डेम्बेलेले दुई गोल गरे भने लियोनेल मेस्सीले दोस्रो हाफमा गोल गरे । उनले पाँच खेलमा सातौं गोल गरेका हुन् । 


ADVERTISEMENT

तर पहिलो चरणमा एक अयोग्य खेलाडीलाई मैदानमा उतारेको दाबी भइरहँदा बार्सिलोना प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना पनि छ । 

लेभान्टेले स्पेनिश फेडरेसनसमक्ष उजुरी दर्ता गर्ने किनकि बार्साका डिफेन्डर हुआन ब्रान्डारिजले बार्सिलोनाको बी टीममा खेल्दा पहेंलो कार्ड पाएकाले निलम्बन भोग्नुपर्ने तर्क गरेको छ । 

बार्सिलोनाले चाहिँ नोभेम्बर महिनामा गरिएको नियम परिवर्तनका कारण यो निलम्बन कोपा डेल रेको हकमा लागू नहुने बताएको छ । 

अयोग्य रहेका डेनिस चेरीशेभलाई खेलाएको भन्दै रियाल मड्रिडलाई सन् २०१५ मा कपबाट निकालिएको थियो ।

दोस्रो चरणमा बार्सिलोनाले लेभान्टेविरुद्ध नियन्त्रण कायम राखेको थियो । खेल हारेको भए ऊ नौ वर्षमा पहिलोपटक कोपा डेल रेबाट यति चाँडै बाहिरिनुपर्ने हुन्थ्यो । 

बीबीसीबाट
 

माघ ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस