×

NMB BANK
NIC ASIA

विराटनगर उच्च अदालतमा ४ जना नयाँ न्यायाधीश, ५ न्यायाधीशमाथि छानबिनको प्रक्रिया शुरु

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको आदेशमा उच्च अदालत विराटनगरबाट न्याय परिषद सचिवालयमा तानिएका ५ जना न्यायाधीशका ठाउँमा तत्कालनका लागि ४ जना न्यायाधीश खटाइने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार न्याय परिषद सचिवालयले पत्र लेख्दै उच्च अदालत विराटनगरका ५ जनालाई न्यायाधीशलाई काजमा तानेको थियो । न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहलाई परिषद सचिवालयमा तानिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिषदले उनीहरुको ठाउँमा उच्च अदालत पाटनका न्यायाधीश शेखरप्रसाद पौडेल तथा रामप्रसाद अधिकारी, उच्च अदालत तुल्सीपुरका न्यायाधीश महेश शर्मा पौडेल र उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलाशका न्यायाधीश लेखनाथ घिमिरेलाई तत्कालका लागि उच्च अदालत विराटनगरमा सरुवा गरिएको हो । 


Advertisment
Nabil box
Kumari

तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको संगठित अपराध, कर्तव्य ज्यान तथा शरीर बन्धक तथा अपहरण मुद्दामा गलत नियतले न्याय सम्पादन गरेको भन्दै ५ जना न्यायाधीश परिषदमा तानिएका हुन् । 
साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो । 

Vianet communication
Laxmi Bank

न्यायाधीशहरुले गलत नियतका साथ न्याय सम्पादन गरी आदेश उल्ट्याएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले न्याय परिषदको ध्यानाकर्षण गराएको थियो । यस्तै सुन काण्डको मुद्दामा गलत नियतका साथ न्याय सम्पादन भएको भन्दै परिषदमा उजुरी समेत परेको जनाइएको छ ।  

स्रोतका अनुसार ५ जना न्यायाधीशमाथि अनुसन्धान प्रक्रिया शुरु भइसकेको छ । परिषद सचिवालय स्रोतले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर राणाको अग्रसरतामै ५ जना न्यायाधीशमाथि छानबिन शुरु भएको जनायो । 

‘विराटनगर उच्च अदालतका ५ जना न्यायाधीशको उजुरी र उनीहरुमाथिको छानबिनको विषयमा प्रधानन्यायाधीशज्यूले नै प्रत्यक्ष चासो दिनुभएको छ,’ न्याय परिषदका एक अधिकारीले लोकान्तरसँग भने, ‘यसमा हामीलाई खासै केही थाहा छैन । जे हुन्छ उता (सर्वोच्च)बाटै हुन्छ ।’

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x