कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सुर्खेत- जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ । राडार ११७ फिट अग्लो छ ।
जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले सङ्घीय संरचनाअनुसार वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयलाई कोहलपुर सारेपछि राडारको भविष्य पनि अन्यौलमा परेको बताइएको छ । मौसमविद्का अनुसार राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ ।
अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको रु १७ करोड लागतमा नेपालको मौसम तथा जलसम्बन्धी अवलोकन कार्य प्रर्णालीलाई अत्याधुनिक एवं सुविधासम्पन्न बनाउन राडार स्थापना गरेको हो । राडारले प्रदेश पाँच, कर्णाली र सुदूपश्चिम प्रदेशको ३०० किलोमिटर दूरीसम्मको मौसमको पूर्वअवस्था बारे जानकारी दिनेछ । कम्पनीका नेपाल साझेदार स्टक–टू काठमाडौँका प्रतिनिधि ईश्वर गिरीले कर्मचारी र सुरक्षाको अभाव रहेको गुनासो पोख्नुभयो ।
नेपाल सरकारले दक्ष जनशक्ति र कार्यालयको व्यवस्थापनमा ढिलाइ गर्दा हाल निर्माण कम्पनीले नै अमेरिकामा मौसमी सूचना सङ्कलन गरिरहेको छ । दक्ष जनशक्तिसहित कम्तीमा ११ कर्मचारी आवश्यक पर्ने मौसमविद् बताउँछन् ।
विभागले अहिलेसम्म राडारको मुख्य केन्द्र कहाँ राख्ने टुङ्गो लगाउन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक समेत रहनुभएका मन्त्रालयका सहसचिव डा ऋषिराम शर्मा महँगा उपकरण र अत्याधुनिक प्रविधि जडान गरिएकाले यसको सदुपयोगका लागि ढिलाइ गर्न नहुने बताउनुहुन्छ ।
राडारले दिने सूचना छिटो ग्रहण गर्न कोहलपुरभन्दा सुर्खेतमै कार्यालय राख्न उपयुक्त हुने उहाँको भनाइ छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्राज्ञ डा मदनलाल श्रेष्ठ राडारबाट हवाई दुर्घटना न्यूनीकरणमा समेत मद्दत पुग्ने बताउनुहुन्छ ।
“मौसमसम्बन्धी सम्पूर्ण गतिविधि राडारले दिन्छ नै, हवाई दुर्घटना रोक्न पनि यसको महत्व उत्तिकै छ”, डा श्रेष्ठले भन्नुभयो, “उदाहरणका लागि जुम्ला र सुर्खेतमा मौसम सफा छ, तर हवाई मार्गका बीचमा के–कस्तो मौसम छ भन्नेबारे विमानस्थलको टावरलाई थाहा हुँदैन, यस्तो अवस्थामा सूचना लिने यही राडारबाट हो, यसले हवाई मार्गका बीचमा कहाँ कति बादल छ ? वा वर्षा के भइरहेको छ ? भन्ने स्पष्ट जानकारी दिन्छ ।”
सरकारले उदयपुरको उदयपुरगढी र पाल्पाको रिब्दिकोटमा पनि यस्तै प्रकारको मौसमी राडार राख्ने प्रक्रिया अघि बढाइसकेको छ । यहाँ निर्माण गरिएको राडार समुन्द्री सतहबाट दुई हजार २४४ मिटर उचाइमा अवस्थित छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...