×

NMB BANK
NIC ASIA

इजलासमा बहस सुनिरहेका न्यायाधीशलाई एक्कासि आएको त्यो पत्र ...

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – बिहीवार विराटनगर उच्च अदालतका ६ इजलासमा ८० वटा पेशी तोकिएको थियो । सधैँको बिहीवारजस्तै साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको आपराधिक समूह स्थापाना गरी सून चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको मुद्दामा बहस चलिरहेको थियो । 

Muktinath Bank

मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको संयुक्त इजलासमा आपराधिक समूह स्थापाना गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको मुद्दाका १४ पेशी थिए । बहस चलिरहेको थियो, अपराह्न ४ बजेतिर अदालतमा एउटा पत्र पुग्यो । पत्र सामान्य थियो । तर, त्यसले उच्च अदालतमा कम्पन्न नै ल्याइदियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्याय परिषद् सचिवालयबाट काटिएको उक्त पत्र खुल्नासाथ उच्च अदालतका ६ इजलासमध्ये ५ इजलासको सुनुवाइ स्थगित भयो । 


Advertisment
Nabil box
Kumari

पत्रमा ५ जना न्यायाधीशलाई न्याय परिषद् सचिवालयमा काजमा खटाइएको व्योहोरा उल्लेख थियो ।  न्यायाधीशहरू न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहलाई परिषद् सचिवालयमा काजमा खटाइएको भन्दै सोही अनुसार गर्न भनिएको थियो । 

Vianet communication
Laxmi Bank

कतिपय अवस्थामा यस्तो पत्र आउनेवित्तिकै इजलासको बहसमै भएका न्यायाधीश विवादमा पर्ने डरले आफ्नो सुनुवाइ स्थगित गर्ने गर्छन् । बिहीवार ५ जना न्यायाधीशले पनि आफ्नो इजालास स्थगित गरिदिए । 

काज सरुवापछि पेशी रोकियो

न्याय परिषदबाट पत्र आएपछि काज सरुवामा परेका न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेशकुमार सिंहका लागि शुक्रावार पेशी तोकिएको छैन । 

उच्च अदालतका शाखा अधिकृत मणिराम पौडेलले  न्यायाधीशहरूको काज सरुवाको पत्र आएपछि पेशी नतोकिएको बताए । उनकाअनुसार शुक्रवार २ वटा संयुक्त र एउटा एकल गरी ३ वटा मात्रै इजालसमा पेशी तोकिएको छ । 
५ जना न्यायाधीशको काज सरुवा भएसँगै उच्च अदालत विराटनगरमा शुक्रवार पेशीको संख्या आधाभन्दा बढीले घटेको छ । बिहीवार ६ इजलासमा ८० मुद्दा पेशीमा चढाइएकोमा शुक्रवार ३७ मुद्दा मात्रै पेशीमा चढाइयो । 

परिषदमा हाजिर हुन १० दिन लाग्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा काज सरुवा भएका ५ जना न्यायाधीशलाई न्याय परिषदमा हाजिर हुन अझै १० दिनको समय लाग्ने जनाइएको छ । 

काज सरुवामा परेका न्यायाधीशले किनारा लगाएका मुद्दाको फैसलामा हस्ताक्षर गर्नुपर्ने भएकाले १० दिनको समय लाग्ने उच्च अदालत विराटनगरका कर्मचारीले बताए । 

काज सरुवामा परेका ५ जना न्यायाधीशहरूको करीब १५० फैसलामा हस्ताक्षर गर्न बाँकी रहेको अदालत प्रशासनले जनाएको छ । 

‘जति चाँडो फैसला तयार पार्न सक्यो उति नै चाँडो श्रीमानहरू परिषदमा हाजिर हुन जानुहुन्छ,’ शाखा अधिकृत पोखरेलले भने, ‘अहिले सही गर्नुपर्ने फैसलाको विवरण तयार पार्ने काम भइरहेको छ, कति फैसला सही गर्न बाँकी छन्, त्यसैको आधारमा उहाँहरू रमाना हुन लाग्ने समय तय हुन्छ ।’

काज सरुवामा परेका न्यायाधीशले आफूले किनारा लगाएका मुद्दाको फैसलाको पूर्णपाठमा हस्ताक्षर गरेपछि मात्रै रमाना बुझ्ने चलन हुन्छ । कतिपय फैसलामा भने लामो समयपछि पनि सही गर्ने प्रचलन न्यायालयमा व्यापक छ ।

विराटनगर उच्च अदालतबाट ५ जना न्यायाधीश काज सरुवामा परेपछि न्याय परिषद् सचिवालयले उनीहरूको ठाउँमा ४ जना न्यायाधीशलाई खटाइसकेको छ । परिषदले उनीहरूको ठाउँमा उच्च अदालत पाटनका न्यायाधीश शेखरप्रसाद पौडेल तथा रामप्रसाद अधिकारी, उच्च अदालत तुल्सीपुरका न्यायाधीश महेश शर्मा पौडेल र उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासका न्यायाधीश लेखनाथ घिमिरेलाई तत्कालका लागि उच्च अदालत विराटनगरमा सरुवा गरेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x