×

NMB BANK
NIC ASIA

सिन्धुलीमा पर्यटन : आकाशमा प्याराग्लाइडिङ र नदीमा र्‍याफ्टिङ

माघ ४, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

फिक्कल - नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा र्‍याफ्टिङ । 

Muktinath Bank

भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको सेवा पाउने सुनिश्चिततासँगै खाङसाङ क्षेत्रले विकासको नयाँ सम्भावनालाई पहिल्याएको हो । यही माघ २ गतेदेखि शुरु भएर आगामी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खाङसाङ क्षेत्रको सिन्धुलीको आकाशमा चरा झैँ प्याराग्लाइडिङ उडान शुरु भएपछि सहभागीको आकर्षण बढेको छ । 


Advertisment
Nabil box
Kumari

प्याराग्लाइडिङसँगै सुनकोशी नदीमा जलयात्रा ‘र्‍याफ्टिङ’ समेत गरिएपछि स्थानीयवासी हौसिएका छन् । ओखलढुङ्गाको टोड्के डाँडोबाट परीक्षण उडान गरिएको प्याराग्लाइडिङ खाङसाङस्थित सुनकोशी किनारमा २० मिनेट उडेर सफल अवतरण भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महोत्सवको उद्घाटन गर्नुभएको थियो । 

Vianet communication
Laxmi Bank

महोत्सवका क्रममा सुनकोशी नदीका नवलपुरघाटदेखि खाङसाङसम्मको ७ किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । सांसद गणेश पहाडीले विगत समयमा नै जिल्ला विकास समितिमार्फत् व्यावसायिक जलयात्रा सञ्चालनका लागि योजना अघि सारिएको र अब यसलाई कार्यान्वयनको चरणमा ल्याइएको बताउनुभयो । कृषि, जडीबुटी, वन र पर्यटनलाई समृद्धिको मूल आधार बनाउन स्थानीय तहले थालनी गरेका कार्यक्रमलाई आफ्नोतर्फबाट साथ रहने उहाँले घोषणा गर्नुभयो । 

र्‍याफ्टिङ गराउने रिभर गाइड खुम रानामगरले सुनकोशी नदीलाई सफा र संरक्षित गर्दै पर्यटकलाई आकर्षित गराउन सकिने बताउनुहुन्छ । प्याराग्लाइडिङ हेर्न साना बालबालिकादेखि वृद्धवृद्धासम्म नदी किनारमा झुम्मिएका थिए । उनीहरुका आँखा सिन्धुलीको सोल्पा, फिक्कललगाययतको आकाशमाथितिर फर्किएका थिए । 

“आकाशमा पँखेटा हालेर जता उड्न मन लाग्यो उतै उडेको देख्दा अचम्मित भइयो”, स्थानीय ठाकुरप्रसाद पहाडीले भन्नुभयो, “पोखरातिर आकाशमा मानिस उड्छन् भन्ने सुनेको थिएँ तर देखेको थिइनँ आज आफ्नै गाउँमा मान्छे उडेको देख्दा रमाइलो लागेको छ ।” ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ का दिलकुमार सुनुवारले फ्लाई हिमालयन प्याराग्लाइडिङ कम्पनीमार्फत विगत सात वर्षदेखि पर्यटकलाई आकाशमा उडाउँदै आउनुभएको छ । 

परीक्षण सफल भएपछि उहाँ भन्नुहुन्छ, “यस क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङ उडान गरेको हुँ, यहाँ सडकको सुविधा भए राम्रो उडान गर्न सकिने सम्भावना छ । टोड्केसम्म ट्र्याक्टरमा उकालो चढ्न पर्यटकलाई कठिन छ । पैदल जाँदा घण्टौँ लाग्छ ।” 

प्याराग्लाइडिङ सिन्धुली, ओखलढुङ्गा र रामेछाप जिल्लामा उड्न सकिने र मौसम राम्रो हुँदा स्थानीय तहले व्यावसायिक सञ्चालनका लागि अनुमति दिन उचित हुने उहाँले बताउनुभयो । सुनकोशीमा नियमित र्‍याफ्टिङ सञ्चालन गरिएमा सिन्धुली, ओखलढुङ्गा, उदयपुर र रामेछापलाई समेत पर्यटकीय विकासमा जोड्न सकिने देखिएको छ । 

फिक्कलडाँडा सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो समुन्द्री सतहबाट सात हजार ७०७ फिटको उचाइमा पर्ने भएकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो । यस स्थलबाट सूर्योदय, सूर्यास्तजस्ता दृश्य देखिन सकिने भएकाले प्याराग्लाइडिङलाई प्राथमिकता दिइएको र यसबाट आन्तरिक तथा बाह्य पर्यटकमार्फत समृद्धिको यात्रा तय गरेको उहाँ बताउनुहुन्छ । 

स्थानीय अर्गानिक कृषिउपजको व्यवस्थापन, व्यावसायिक कृषि, मगर र सुनुवार जातिका मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गराउन सकिने भएकाले केही समयपछि होमस्टे (घरबास) सञ्चालनका लागि पनि योजना बनाउने उपाध्यक्ष सुनुवारले बताउनुभयो । प्रकाश सिलवाल/नवीनबाबु अधिकारी / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x