×

NMB BANK
NIC ASIA

मन्त्रीले उद्घाटन गरेका वीरका ३ एम्बुलेन्स थन्किए, अझै बनेन सञ्चालन कार्यविधि

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –वीर अस्पतालको ओपीडी टिकट काउन्टर अगाडि नयाँ तर धूलाम्मे अवस्थामा ३ वटा एम्बुलेन्स लाइनमा छन् । 

Sagarmatha Cement
Muktinath Bank

सरकारी मापदण्ड अनुसार ‘क’ वर्गका ती एम्बुलेन्स वीर अस्पतालले पहिलो पटक खरिद गरेको हो । गत शुक्रवार अस्पतालले एक औपचारिक कार्यक्रम गरी उक्त एम्बुलेन्स सञ्चालनको घोषणा गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तीनवटै एम्बुलेन्स औपचारिक रूपमा उद्घाटन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

वीर अस्पतालले सरकारले अघिल्लो आर्थिक वर्षमा उपलब्ध गराएको बजेटबाट प्रति एम्बुलेन्स ४० लाख रुपैयाँका दरले एम्बुलेन्स खरिद गरेको हो । अस्पतालले एम्बुलेन्स सञ्चालन कार्यविधि नबनाइ खरिद गरेपछि मन्त्रीले उद्घाटन गरेको एक साता बितिसक्दा पनि एम्बुलेन्स सञ्चालनमा आउन सकेको छैन ।

Vianet communication
Laxmi Bank

सञ्चालन कार्यविधि नै नबनाइ एम्बुलेन्स उद्घाटन गरिएपछि ती एम्बुलेन्स वीर अस्पतालमा धूलो खाएर बसेका छन् ।

सञ्चालन कार्यविधि नबन्दा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । यो एम्बुलेन्स हामीले ल्यायौं तर सञ्चालनका लागि कार्यविधि बनिसकेको छैन । नम्बर प्लेट पनि आउन बाँकी नै छ,’ डा. बस्नेतले भने, ‘त्यसैले अहिले नै सञ्चालन गर्न सकेका छैनौं ।’

एम्बुलेन्सको कार्यविधि बनाउने काम भइरहेको डा. बस्नेतको भनाइ छ । अस्पतालले ल्याएको नयाँ एम्बुलेन्सले तत्काल ज्यान जोखिममा रहेका बिरामीलाई मात्रै सेवा दिने डा. बस्नेतले बताए ।

उनले भने, ‘यो एम्बुलेन्सले सबै मानिस बोक्दैन । हार्टअट्याक, ब्रेन अट्याक, प्रसुती, हेड इञ्जुरी लगायत तत्काल जीवन रक्षाको जरुरी भएका बिरामी मात्रै बोक्छ, सोही अनुसार कार्यविधि बन्दैछ ।’

वीर अस्पतालले खरिद गरेका (क) वर्गका यी एम्बुलेन्सले अन्तर्राष्ट्रिय सभा–सम्मेलन तथा भीआईपी र भीभीआईपीको भ्रमणमा स्वास्थ्य प्रबन्धका लागि पनि प्रयोग गरिने जनाइएको छ ।

यसअघि सरकारी अस्पतालमा (क) वर्गको सुविधा भएको एम्बुलेन्स नहुँदा सरकारले निजी अस्पतालसँग एम्बुलेन्स लिने गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x