×

NMB BANK
NIC ASIA

शिक्षण अस्पतालमा डा. केसीको विपक्ष र विजय थापाको समर्थनमा विद्यार्थीको प्रदर्शन !

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयक संसद्‍बाट हुबहु पारित हुनुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा विद्यार्थीहरूको एक समूहले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आफूसँग गरिएको सहमति विपरीत संसद्ले चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेको विरोधमा अनशनरत डा. गोविन्द केसीभन्दा ठ्याक्कै विपरीत (चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा) माग राखेर थापाले केसीसँगै अनशन शुरू गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुस २५ गते इलाम नै पुगेर अनशन थालेका थापालाई शुक्रवार मध्याह्न काठमाडौं ल्याइएको हो । डा. केसीलाई त्यसको केही घण्टाअघि काठमाडौं अवतरण गराइएको थियो ।


Advertisment
Nabil box
Kumari

केसीलाई आईसीयूमा राखिएको छ भने थापालाई हालका लागि इमर्जेन्सी वार्डमा राखिएको छ । उनको पनि अवस्था जटिल भएकाले शुक्रवार बेलुकासम्ममा आईसीयूमा सार्ने तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

Vianet communication
Laxmi Bank

थापाको समर्थनमा प्रदर्शन गरेका विद्यार्थीहरूले डा. केसीले राखेका अधिकांश मागहरू पूरा भइसकेको भन्दै शिक्षा क्षेत्रलाई बदनाम नगराउन माग गरे । मागहरू पूरा भइसकेको अवस्थामा डा. केसीको अनशन औचित्यहीन भइसकेकाले आफूहरूले थापाको मागप्रति ऐक्यबद्धता जनाएको प्रदर्शनमा संलग्न विद्यार्थीहरूका अगुवा सञ्जय दवाडीले लोकान्तरलाई बताए ।

संसद्‍मा दर्ता भएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुनुपर्ने, काठमाडौं उपत्यका बाहिर देशैभरी मोडिकल कलेज खोल्ने वातावरण बनाउनुपर्ने, सरकारी तलब र सेवा सुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीलाई कारवाही गर्नुपर्ने लगायतका ९ बुँदे माग थापाको छ ।

उता डा. केसीले भने एउटा विश्व विद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने अडान राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x