×

NMB BANK
NIC ASIA

अझै पुगेन सबै स्थानीय तहमा बैंक, राष्ट्र बैंक भन्छ– प्रक्रियामा छन्

माघ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आथिक वर्ष २०७४÷०७५ मा नै वाणिज्य बैंकहरुलाई प्रत्येक स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएपनि अझै ६५ वटा स्थानीय तहमा शाखा पुगेका छैनन् ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार अझै मुलुकभरिका ६५ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा शाखा स्थापना गर्न भन्दै स्थानीय तह र बैंक किटान गरेरै निर्देशन दिएपनि अझै सबै स्थानीय तहमा शखा स्थापना भएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका अनुसार गत मंसिर मसान्तसम्म ६ सय ८८ वटा स्थानीय तहमा विभिन्न वाणिज्य बैंकका शाखा पुगेका छन् । अझै ६५ वटामा पुग्न नसकेको राष्ट्र बैंकको विवरण छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश १ मा अझै १७ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् । कुल १ सय ३७ वटा स्थानीय तह रहेको सो प्रदेशमा १ सय २० वटा स्थानीय तहमा विभिन्न वाणिज्य बैंकका शाखा पुगेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै प्रदेश २ का ३ स्थानीय तहमा बैंकका शाखा पुगेका छैन । उक्त प्रदेशमा कुल १ सय ३६ वटा स्थानीय तह रहेका छन् ।

प्रदेश ३ का ७ वटा स्थानीय तहमा बैंकका शाखा नपुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । कुल १ सय १९ वटा स्थानीय तह रहेको प्रदेश ३ मा १ सय १२ वटा स्थानीय तहमा विभिन्न वाणिज्य बैंकका  शाखा स्थापना भएका छन् ।

गण्डकी प्रदेशका ३ वटा स्थानीय तहमा  शैंकका शाखा पुगेका छैनन् । उक्त प्रदेशमा ८५ वटा स्थानीयत रहेका छन भने ८२ वटामा विभिन्न बैंकका शाखा सञ्चालनमा आएका छन् ।

त्यसैगरी १ सय ९ वटा स्थानीय तह रहेको प्रदेश ५ का १ सय ७ स्थानीय तहमा विभिन्न बैंकका शाखा सञ्चालनमा आएका र २ वटामा अझै नपुगेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

त्यस्तै ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशका ६२ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका र ८८ वटा स्थानीय तह रहेका सुदूरपश्चिमका ७२ वटा स्थानीय तहमा विभिन्न बैंकका शाखा सञ्चालनमा आएका नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुले तोकिए अनुसार स्थानीय तहमा शाखा पु¥याउन लागेका प्रतिक्रिया दिएको छ । बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने कार्य अघि बढाइसकको जानकारी गराएको बताए ।

बैंकहरुले दिएको जानकारी अनुसार छिट्टै सबै स्थानीय तहमा बैंकका शाखा स्थापना हुने उनको भनाई थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x