ग्लोबल आईएमई बैंक र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालिबीच सम्झौता

माघ ४, २०७५

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालिबीच बिहीवार एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालिले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालिसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले द्विपक्षीय सम्झौता गरेको हो ।


ADVERTISEMENT

सम्झौता पत्रमा एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालिका सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र ग्लोबल आईएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे ।

ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजना ल्याइरहेको छ ।

सम्झौतापश्चात् एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रालि विराटनगरमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।  

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३३ शाखा, १ सय ४२ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय १७ शाखारहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेका छन् । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

माघ ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस