×

NMB BANK
NIC ASIA

गर्खाली सेनाले मुसलमान फौजलाई हराएको उपलक्ष्यमा माघ १० गते विजयोत्सव आयोजना गरिने

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौँडा - गोर्खाली सेनाले मुसलमान वंशका मिरकासिमको फौजलाई हराएको उपलक्ष्यमा यही माघ १० गते मकवानपुरगढीमा विजयोत्सव आगोजना गरिने भएको छ । 

Muktinath Bank

बङ्गालबाट आएका मुसलमान मिरकासिम नेतृत्वको फौजलाई विसं १८१९ माघ १० गते गर्खाली सेनाले हराएको उपलक्ष्यमा प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लाको हाल गढी गाउँपालिका–२ स्थित मकवानपुरगढी दरबार परिसरमा यही माघ १० गते सो महोत्सव आयोजना गर्न लागिएको हो । 

तत्कालीन मकवानपुर राज्यलाई गोर्खाली फौजले विसं १८१९ भदौ ९ गते आक्रमण गरी आफ्नो अधिनमा लिएका थिए । मकवानपुरका अन्तिम सेन राजा तथा पृथ्वीनारायण शाहका जेठान दिगबन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँको आग्रहमा गोर्खाली सेनाविरुद्ध बङ्गालबाट आएका मुसलमानी सेनालाई विसं १८१९ माघ १० गते परास्त गरी भगाएको सम्झनामा केही वर्ष अघिदेखि यहाँ नेपाली सेनासहित नागरिक समाजले विजयोत्सव मनाउने गरेको उक्त गढीको अध्येता समाजसेवीद्वय केदार न्यौपाने र वकिलराज बानियाँ राससलाई बताउनुहुन्छ । 
विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिको रूपमा आन्त्रण गरिएको छ । 

तत्कालीन मकवानपुर राज्यअन्तर्गत सेन वंशका राजाले १३औँ शताब्दीको शुरुतिर यहाँ शासन गरेको थिए । सेन वंशका राजा मुकुन्द सेनको नामबाट ‘मुकुन्दपुर’, ‘माकन्दपुर’, ‘मुकुनपुर’बाट अपभ्रश हँुदै ‘मकवानपुर’ नामाकरण भएको इतिहासमा उल्लेख छ । सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिगबन्धन सेनसम्मका दश पुस्ताले करीब ३०० वर्षसम्म यहाँ शासन गरेका थिए । 

मकवानपुर राज्यको सिमाना पूर्वमा बराह क्षेत्र र जलपाइगुढी भारत, पश्चिममा रुरु क्षेत्र, पाल्पा, गुल्मी र उत्तरमा मुक्तिक्षेत्र र दक्षिणमा मुगल राज्यको बङ्गाल सिमाना पर्दथ्यो । जहाँ अहिलेका २२ जिल्ला समेटिएका थिए । 

मकवानपुरगढी दरबार क्षेत्र हेटौँडाको बुद्धचोकदेखि गढी दरबारसम्म १६ किलोमिटर टाढा पर्दछ । सो स्थल समुद्र सतहदेखि करीब एक हजार १७ मिटर उचाइमा रहेको मकवानपुर जिल्ला समन्वय समितिका अधिकृत रामकृष्ण थापाको भनाइ छ । 
तत्कालीन नवाब मिरकासिमले गुरगिन खाँको नेतृत्वमा मकवानपुरमा हमला गर्न पठाएको करीब दुई हजार मुगल सेनको फौजलाई सेनापति वंशराज पाण्डे, केशरसिंह बस्नेत र रामकृष्ण कुँवरको नेतृत्वको फौजले बहादुरीका साथ आक्रमण गरी पराजित गरेको र गढी दरबारको सुरक्षाका लागि वरिपरि ढुङ्गाको पर्खाल लगाएर बाहिरबाट आएका फौजले त्यहाँभित्रको गतिविधि निगरानी गर्न नसक्ने तुल्याइएको अर्का समाजसेवी केदार न्यौपाने बताउनुहुन्छ । 

विजयोत्सवमा गढी परिसरमा राष्ट्रिय झण्डोतोलन गरिने, सातै प्रदेशको महत्व झल्किने नक्सा पनि राखिने भएको छ । शनिबार हेटौँडाको बुद्धचोकबाट गढी दरबारसम्म करीब १६ किलोमिटरसम्म साइकल ¥याली गरिने ९ गते किलोमिटर म्याराथुन दौड आयोजना गरिने गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले बताउनुहुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x