चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
समिर निम्न वर्गीय किसान परिवारमा जन्मिएको एउटा साधारण गाउँले केटा हो । उसका बाआमा गाउँमा खेतीकिसानी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका हुन्छन् । तर समिरमा सानैदेखि उच्च महत्त्वाकांक्षा रहेको हुन्छ ।
हुन त उ कम बोल्ने नम्र स्वभावको हुन्छ । तर उसको सोच र कल्पना आकाशको बादलभन्दा पनि माथि पुग्ने गर्छ । गाउँको एउटा सीमित र साँघुरो घेरामा बाँधिएर आफ्नो सम्पूर्ण जीवन गाउँमै व्यतित गर्न उ चाहँदैन । उ ठूलो ठाउँ र ठूला मान्छेको संगत गरेर आफू पनि एकदिन ठूलो मान्छे बन्ने सपना बुनेर बसेको हुन्छ ।
एउटा साधारण किसान परिवारमा २ जना दाजु र २ दिदीपछि उ बाआमाको पाँचौं सन्तानको रुपमा जन्मियो । घरको कान्छो सदस्य भएकाले उसले सबैको माया र स्नेह पाएको हुन्छ । तर उसको मनमा पलाएको ठूलो शहर र ठूला मान्छेको संगत गर्ने अनि आफू पनि एकदिन ठूलो मान्छे बन्ने महत्त्वाकांक्षा दिनानुदिन बढ्दै गरेको हुन्छ ।
एकदिन छिमेकीको घरमा आएका आफन्तले समिरलाई काठमाडौं लगेर राम्रो विद्यालयमा पढाइ दिएर ठूलो मान्छे बन्न सहयोग गर्ने प्रस्ताव गर्छन् । खेतीकिसानी गरेर भएपनि दुःख–सुख झेलेर परिवार पालिरहेका उसका बाआमाले त्यस प्रस्तावलाई अस्वीकार गर्छन् ।
‘दुःख–सुखले आफ्ना सबै सन्तान पालेकै छौं । साधारण सरकारी विद्यालयमा भएपनि छोराहरूलाई पढ्न पठाएकै छौं । अन्जान शहरमा, अन्जान मान्छेसँग आफ्नो छोरा पठाउँदैनौं,’ समिरका बाआमाले छिमेकीका आफन्तलाई भने । तर समिर शहर गएर, धेरै पढेर ठूलो मान्छे बन्ने आफ्नो सपना पूरा गर्नका लागि ती व्यक्तिसँग काठमाडौं पढ्न जाने जिद्दी गर्छ ।
छोराको जिद्दीसामु समिरका बाआमा हार खान्छन् र समिरलाई काठमाडौं पठाउन राजी हुन्छन् । माघ महिनाको मध्य जाडोमा समिर पहिलोपल्ट नेपालको राजधानी काठमाडौं शहरमा आइपुग्छ । ठूलाठूला घरहरू, फराकिला र चिल्ला कालोपत्रे सडक अनि सुकिलामुकिला मान्छेको भीड देख्दा समिर दङ्ग पर्छ ।
धुलोमैलो, पुराना र थोत्रा लुगा लगाउने गाउँले परिवेशबाट आएको समिरलाई काठमाडौं शहरको चमकधमक, ठूलाठूला बंगला, चिल्ला गाडीको ताँती अनि झिलिमिलीले रोमाञ्चित बनाउँछ । काठमाडौंको कलंकीमा रात्रीबसबाट झरेर उ तिनै छिमेकीका आफन्तसँग ट्याक्सी चढेर काठमाडौं शहर घुम्दै नयाँ वानेश्वरको एउटा ठूलो घरमा पुग्छ ।
जीवनमा पहिलोपल्ट गरेको रात्रीबसको यति लामो यात्राबाट उ निकै नै थकित बनेको हुन्छ । मुग्लिङ–काठमाडौंको घुमाउरो बाटोमा उसलाई निकै पटक बान्ता पनि भएको हुन्छ । काठमाडौं आइपुगेको रात लामो यात्राको थकानले गर्दा होला उ भुसुक्कै निदाउँछ । सोही रात उसले आफू धेरै पढेर ठूलो मान्छे बनेको, ठूलो बंगलामा शानसँग बसेको अनि गाउँबाट आफ्ना बाआमालाई पनि काठमाडौं बोलाएको निकै नै मिठो सपना देख्छ । भोलिपल्ट उसलाई गाउँबाट ल्याउने मान्छेले काठमाडौंको न्यूरोडमा लगेर नयाँ स्वीटर, टोपी र मोजा किनिदिन्छन् ।
काठमाडौंको कठ्यांग्रिँदो जाडोमा नयाँ स्वीटर, टोपी र मोजा पाएर उ दंग पर्छ । शुरू–शुरूमा उसलाई नयाँ शहर अनि नयाँ परिवेश निकै नै रमाइलो लाग्छ । नजिकै देखिने हरियाडाँडा अनि मौसम खुलेको दिन देखिने सुन्दर हिमालको दृश्यले उसलाई रोमाञ्चित बनाउँछ । किनकि उसको गाउँबाट यस्ता पहाड र हिमाल यति नजिकै देखिने गर्दैन्थे ।
केही दिनपछि उसलाई घरपरिवार अनि गाउँमा सँगै खेल्ने बालसखाको याद आउन थाल्छ । घरको न्यास्रोका अगाडि शहरको चमकधमक फिक्का लाग्न थाल्छ । आज नै आफ्नो गाउँ फर्केर जाउँ अनि साथीहरूसँग भेटौंझै हुन्छ । उ टोलाएर बसेको देखेर उसलाई काठमाडौं ल्याउने मान्छेले ‘के भयो ?’ भनि सोध्छन् । उ रुन्चे अनुहार लाउँदै बाआमा अनि घरको याद आएको बताउँछ र घर फर्केर जान मन लागेको कुरा भन्छ ।
त्यसपछि काठमाडौं ल्याउने मान्छेले फकाउँदै उसलाई सोध्छन्, ‘अनि तिमी त ठूलो शहरमा गएर धेरै पढेर एकदिन ठूलो मान्छे बन्ने सपना छ भन्थ्यौ त ! फेरि त्यहीँ सानो गाउँ अनि तिनै साथीसंगतमा रमाउन जाने ? यति चाँडै आफूले देखेको सपना अनि राखेको लक्ष्यबाट भाग्ने ?’
‘तिमीलाई गाउँ नै फर्किने मन छ भने अर्को हप्ता तिमीलाई तिम्रो गाउँ पठाइदिन्छु । तर २–४ दिन सोच । तिमी के चाहन्छौ ? घर फर्कने कि आफूले देखेको सपना पछ्याउने ?’ उनले थप भने, ‘अफिसको कामले ४ दिनको लागि म पोखरा जाँदैछु । उताबाट फर्केर आएपछि तिमीलाई तिम्रो गाउँ पुर्याउने व्यवस्था गरिदिन्छु । त्यतिन्जेल धैर्यतापूर्वक आफ्नो सपना, घरपरिवार अनि साथीसंगत विचमा केलाई रोज्ने विचार गरेर म फर्केर आएपछि मलाई भन्नु ।’
समिरको बालकमन दोधारमा पर्छ – परिवार, साथीसंगत, सपना अनि लक्ष्यका विचमा केलाई रोज्ने ? ४ दिनपछि ती मान्छे पोखराबाट फर्कन्छन् । कौसीमा बसेर घाम ताप्दै पत्रिका पढिरहेका हुन्छन् ।
तिनको छेउमा गएर समिरले भन्छ, ‘अंकल म अब काठमाडौंमै बसेर पढ्छु अनि एकदिन ठूलो मान्छे बनेर आफ्नो बाआमालाई पनि काठमाडौंमै ल्याउँछु ।’
समिरको कुरा सुनेर ती मान्छे प्रसन्न हुँदै भन्छन्, ‘समिर तिमीले एकदम सही निर्णय गर्यौ । सपना एवं लक्ष्य पछ्याउनका लागि धेरै कुरा त्याग गर्नुपर्ने हुन्छ । आजको सही निर्णयले नै भोलिको तिम्रो सुन्दर भविष्य निर्माण गर्न मद्दत गर्नेछ ।’
‘अर्को महिनादेखि नयाँ शैक्षिकसत्र शुरू हुन्छ । अनि तिमीलाई विद्यालय भर्ना गरिदिन्छु । राम्ररी पढ्नू, लक्ष्य प्राप्तिको दिशामा पहिलो पाइला चालिसक्यौ, यसलाई निरन्तरता दिनू ।’
अर्को महिना समिरलाई ती मान्छेले कोटेश्वरको एउटा विद्यालयमा ९ कक्षामा भर्ना गरिदिन्छन् । नयाँवानेश्वरबाट अलि टाढा पर्ने भएकाले विद्यालय जान–आउन समिरलाई एउटा साइकल पनि किनिदिन्छन् । यसप्रकार समिरको सपना पछ्याउने यात्रा त्यही दिनबाट शुरू हुन्छ ।
विद्यालयबाट उसले एसएलसी पास गर्छ । त्यहीँ विद्यालयमा सञ्चालित कलेजबाट बीबीएससम्मको अध्ययन सक्छ । बीबीएस सकेर बसेको उसलाई अब काम गर्न शुरू गर्नुपर्छ भन्ने लाग्छ । गाउँमा आफ्ना बाआमालाई पनि घरव्यवहार चलाउन आर्थिक रुपमा मद्दत पुर्याउने विचार गर्छ । उसकै गाउँतिरका एकजना दाजु काठमाडौंमा सानोतिनो व्यापार गरिरहेका हुन्छन् । त्यहीँ गएर उसले काम गर्न थाल्छ । उसको मेहनत, लगन र इमान्दारिताबाट ती दाई खुशी हुन्छन् । एवम् रितले समिरको जिन्दगीको गाडी अघि बढिरहेको हुन्छ । तर समिर सानैदेखि ठूलो सपना एवं लक्ष्य बोकेको केटो ती दाईकोमा काम गरेर तलबको भरमा जीवन बिताउन चाहँदैन । सानै भएपनि आफ्नै व्यापार–व्यवसाय शुरू गर्ने सोच बनाउँछ ।
उसलाई काठमाडौं ल्याएर पढाइदिने तिनै अंकलसँग गएर सल्लाह र सहयोग माग्छ । सानैदेखि उसलाई राम्ररी चिनेका ती अंकलले उसको इच्छा र चाहनालाई प्रोत्साहन गर्दै आफ्नै व्यापार गर्न केही रकम सहयोग गर्छन् । त्यसपछि समिरले एउटा सानो पसलबाट आफ्नो व्यावसायिक यात्राको शुरूवात गर्छ, अन्य दुईजना साथीहरूसँग साझेदारीमा ।
उसको व्यापार राम्रैसँग चलिरहेको हुन्छ । साझेदारी व्यापार एउटा कठिन कार्य हो । हरेक साझेदारका आ–आफ्नै सोच हुन्छन् । ती फरक–फरक सोचलाई समेटेर साझेदारी अगाडि बढाउन त्यति सहज हुँदैन । केही समयको अन्तरालपछि बिस्तारै समिरका साझेदारबीच आपसी खटपट शुरू हुन्छ । उसको राम्ररी चलिरहेको व्यापार डामाडोल हुन्छ । साझेदारी व्यापार अब अगाडि बढ्न नसक्ने अवस्थामा पुग्छ । त्यसपछि समिर साझेदारी व्यापारबाट बाहिरिन्छ ।
व्यावसायिक यात्राको पहिलो खुड्किलोमा नै समिरलाई ठूलो झट्का लाग्छ । आफ्नै व्यापार गर्न भनि उसले ती अंकलसँग लिएको पैसा पनि फिर्ता गर्न सकेको हुँदैन । उ हतास अनि निराश हुन पुग्छ । अचानक आफ्नो भविष्य अन्धकार देख्न थाल्छ । जागिर खान उ चाहँदैन । किनभने उसलाई थाहा छ कि उ १०–५ को जागिरमा रमाउने खालको मान्छे नै होइन । तर व्यापार गर्न उसँग अब पैसा हुँदैन । फेरि हात फैलाएर तिनै अंकलसँग नयाँ व्यापार गर्न पैसा माग्न पनि असहज मान्छ । त्यहीँ असमञ्जस एवं असहजबीच उसले निर्णय लिन्छ – अब केही समयका लागि जागिर खाने, त्यसपछि पुनः आफ्नो व्यापार शुरू गर्ने ।
त्यसपछि उ एउटा ठूलो व्यावसायिक संगठनमा आफ्नो चिनजानको व्यक्तिको सिफारिसमार्फत् जागिर खान पुग्छ । त्यहाँ पनि उसले मेहनतका साथ काम गर्छ, अनि छोटो समयमा नै सबैको मन जित्छ । ठूलो संगठनमा कर्मचारी बढी हुन्छन् । अनि बढी कर्मचारी भएको ठाउँमा राजनीति पनि बढी नै चल्ने गर्छ । अर्काको खुट्टा तानेर लडाउने अनि पछार्न खोज्ने खुरापाती कर्मचारी पनि बढी नै हुन्छन् । अर्काको प्रगति भएको देख्न नचाहने नीच कर्मचारी पनि प्रशस्तै हुने गर्छन् ठुला संगठनमा । आफ्नो लक्ष्य एवं सिद्धान्तमा हिँड्ने अनि मेहनत र ईमान्दारिताका साथ काम गर्ने समिरलाई त्यो वातावरणले ठूलो संगठनप्रति वितृष्णा एवं निराशा पैदा गराइदिन्छ ।
इमान्दारितालाई संगठनमा चल्ने राजनीतिले धुमिल बनाएको महसुस गर्छ, त्यसकारण संगठनबाट पनि समिर बाहिरिन्छ ।
फेरि एक पटक समिर अन्यौल अनि दोधारको अवस्थामा पुग्छ । हिजोका कठिन एवं संघर्षपुर्ण दिनहरु भन्दा आजको कठिनाइ र संघर्ष ठुलो र गाह्रो भएको महशुस गर्छ किनकि भर्खरै उसको बिबाह भएको हुन्छ । हिजो पो उ एक्लो थियो आज उस्को साथ र भरमा उस्की श्रीमती पनि छिन् जो सँग भर्खरै उस्ले प्रेम बिबाह गरेको
हुन्छ । यस कठिन परिस्थितिबाट उम्कने उपायबारे उ सोच्न थाल्छ । उस्का मनमा अनेक विचारहरू आउँछन् । एकमनले सोच्छ देशका अन्य युवाहरुजस्तै पैसा कमाउन खाडीमुलुक जाउँ अथवा ईपीएस परीक्षा दिएर दक्षिण कोरिया जाउँ ! तर फेरि सोच्छ हैन जति दुःख संघर्ष गर्नु परेपनि आफ्नै स्वदेशी भूमि मै गर्छु । त्यति ठूलो दुःख एवं संघर्षका साथ यहाँसम्म आइपुगेको मान्छे म कसरी विदेश पलायन हुन सक्छु ?
बरु आफ्नै देशमा फेरि प्रयास गर्छु (किनकी प्रयास अनि संघर्षपछी निश्चय नै एकदिन सफलता हात लाग्छ ।)
तर फेरि आफ्नै केही गर्न उसँग तत्काल पुँजी पनि हुँदैन । साथै विगतमा गरेको ब्यापारबाट नराम्रो झट्का समेत खाएको हुन्छ । त्यसकारण तत्काल उस्ले ब्यापार गर्ने मन गर्दैन । त्यसपछि उस्ले विचार गर्छ – अझै केही समय जागिरै गर्छु, पुँजी, अनुभव र जनसम्पर्क बटुल्छु तत्पश्चात मात्र आफ्नो ब्यापार शुरू गर्छु ।
‘जीवनमा अगाडि त्यही मान्छे मात्र पुग्छ जसले अनेकौं कठिनाइ एवं चुनौतीका बावजुद पनि नयाँ कुरा सिक्ने र जान्ने आँट गर्छ ।’
यसैक्रममा उ एउटा भर्खरै सञ्चालनमा आएको नयाँ संस्थामा जागिरका लागि अन्तर्वार्ता दिन जान्छ ।
अन्तर्वार्ताका क्रममा उस्ले आपÞm्नोकुरा अनि अनुभव नढाँटिकन बताउँछ । उस्को कुरा सुनेर त्यस संस्थाका प्रमुखले भन्छन्, ‘हाम्रो संस्था नयाँ छ यहाँ धेरै काम गर्न बाँकी छ, संस्थालाई स्थापित गराउनु छ । तिमी त धेरै ठाउँमा ठक्कर खाएर अनि असफल भएर आएका छौ तिमी यस संस्थालाई स्थापित गराउने कार्यमा कसरी मद्दत गर्न सक्छौ ?’
ती व्यक्तिको कुरा सुनेर समिरले यस प्रकार जवाफ दिन्छ –
प्रयास नगरी असफलतासँग डराउनु अनि प्रयास गर्दागर्दै पनि सफलता हात नलाग्नुमा निकै नै अन्तर रहेको हुन्छ सर । प्रयास गर्दागर्दै पनि सफल हुन नसकेका मजस्ता मान्छेले विगतमा असफलता मात्र भोगेर आएका हुँदैनौं । विगतका असफलताबाट ज्ञान र अनुभव पनि राम्रैसँग बटुलेर आएका हुन्छौं । आफ्ना गल्ती र कमीकमजोरीसँग राम्ररी परिचित भइसकेका हुन्छौं । जसले आगामी दिनमा हामीलाई सफलता प्राप्तिका लागि मार्ग पहिल्याउन र मार्ग पहिल्याउने क्रममा आउन सक्ने चुनौतीलाई सहज ढंगले पार गर्न अवश्य मद्दत गर्नेछ ।
मेरो विगतको अनुभवले हजुरको संस्थालाई अगाडि बढाउन र स्थापित गराउन अवश्य मद्दत पुग्नेछ । यस संस्थामा म मेहनत, लगन र इमान्दारी साथ काम
गर्नेछु ।
समिरको जवाफ सुनेर संस्थाका प्रमुख निक्कै प्रभावित हुन्छन् अनि उसलाई त्यस संस्थामा काम गर्ने अवसर दिन्छन् । समिरले आफ्नो स्वभावानुसार संस्थामा पनि मेहनत र लगनका साथ काम गर्न थाल्छ । यसअघिको संस्थाभन्दा आकारमा सानो भएपनि यो संस्था निकै नै फरक हुन्छ ।
संस्थाका प्रमुख एकदमै राम्रो नेतृत्व क्षमता भएका असल व्यक्ति हुन्छन् । कर्मचारीको कामलाई मूल्यांकन गर्ने एवं अझै राम्रो काम गर्न प्रेरित गर्ने खालका हुन्छन् । छोटो समयमा नै समिरले त्यहाँ आफ्नो राम्रो पहिचान स्थापित गर्न सफल हुन्छ । संस्थामा काम गर्दागर्दै उसले अरु थप जिम्मेवारीहरू पनि पाउँदै जान्छ । केही समयको अन्तरालपछि संस्थाले ल्याएको नयाँ प्रोजेक्टमा समिरले प्रोजेक्ट प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी समेत पाउँछ । एवम् रितले समिरले प्रगति गर्दै जान्छ ।
केही वर्ष संस्थामा काम गरिसकेपछि समिरलाई लाग्छ – अब उचित समय आयो आफूले सानैदेखि देखेको सपना र लक्ष्य प्राप्तिको बाटोमा हिँड्ने । त्यसपछि समिरले संस्थाबाट अलग भएर आफ्नै केही शुरू गर्ने मनसाययुक्त राजीनामा पत्र बोकेर त्यस संस्थाका प्रमुख समक्ष जान्छ । समिरको राजिनामा पत्रलाई संस्थाका प्रमुखले अस्वीकृत गर्छन् । सट्टामा बरु त्यही संस्थाको भगिनी संस्थामा पार्टनरशीप प्रस्ताव गर्छन् । किनकि उनलाई थाहा हुन्छ, उनको संस्थाले आजको समयमा समिर जत्तिको मेहनती र इमान्दार मान्छे पाउँदैन । समिरले पनि प्रस्ताव सहर्ष स्वीकार गर्छ । किनकि उसलाई त दुवै हातमा लड्डु भनेझैं भएको हुन्छ । एकातिर आफ्नै व्यवसाय अर्काेतिर मार्गदर्शकका रुपमा त्यति असल गुरू पनि पाउने भएको हुन्छ ।
बिस्तारै समिरले थालेको व्यावसायिक उडानले निकै उचाई समात्छ । काठमाडौंमा उसले आफ्नै घर बनाउँछ, गाउँबाट आफ्नो बाआमालाई पनि यतै बोलाउँछ । गाउँका आफ्ना धेरै साथीहरूलाई आफ्नै संस्थामा रोजगारी पनि दिन्छ । समिर नेपालको कहलिएको सफल व्यवसायीमा गनिन पुग्छ । यसप्रकार समिरको सपना, संघर्ष र सफलता प्राप्तिको कथा सही गन्तव्यमा पुगेर टुंगिन्छ ।
भनिन्छ, ‘अरुले विश्वास गरोस्, नगरोस् तर आफूले देखेको सपनामाथि तपाईलाई शतप्रतिशत विश्वास छ भने त्यो सपना एकदिन अवश्य साकार हुन्छ ।’
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...