×

NMB BANK
NIC ASIA

राष्ट्रिय गौरवका सडक आयोजना प्रगति सुस्त

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन नसकेको पाइएको छ । 

Muktinath Bank

राष्ट्रिय योजना आयोगको पछिल्लो विवरणअनुसार उत्तर–दक्षिण (कोशी लोकमार्ग), कालीगण्डकी करिडोर, हुलाकी लोकमार्गलगायतका आयोजना सोचअनुसार अगाडि नबढेको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले पछिल्लो समयमा ती आयोजनालाई गति दिने हरसम्भव प्रयास गरेको भएपनि सोचेअनुसार प्रगति भने हुन सकेको छैन । हुलाकी लोकमार्ग शुरू भएको ११ वर्ष भए पनि हालसम्म भौतिक प्रगति ४१ दशमलव ९ प्रतिशत मात्रै भएको छ । नेपालको पूर्वपश्चिम हुँदै तराईका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यका साथ सो आयोजना शुरु गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

पूर्वको केचनाकलनदेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने यो लोकमार्गको कुल लागत ४७ अर्ब २७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०६५/०६६ देखि शुरू भएको आयोजना आव २०७४/०७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर तोकिएको समयमा आयोजना पूरा नभएपछि संशोधित तालिकाअनुसार आव २०७७/०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सो अवधिमा समेत आयोजना पूरा हुने देखिएको छैन ।

Vianet communication
Laxmi Bank

आयोजनामा पर्ने जग्गाको लगत कट्टा कार्यमा सम्बन्धित निकायको यथोचित सहयोग नहुनु र लगत कट्टाका लागि प्राविधिक जनशक्तिको अभाव हुनु यसको प्रमुख समस्याका रुपमा देखिएको छ । यस्तै चितवनमा राष्ट्रिय निकुञ्जअन्तर्गत अमुवा पोस्टदेखि रिऊ खोलासम्मको खण्डमा विस्तृत सर्वेक्षण गर्ने अनुमतिसमेत प्राप्त भएको छैन । 

उत्तर दक्षिण कोशी लोकमार्ग तेह्रथुम जिल्लाको वसन्तपुरदेखि उत्तरी सीमाना किमाथांकासम्मको १६२ किलोमिटर लामो छ । त्यसमा ५० किलोमिटर क्षेत्रमा यातायात सञ्चालनमा आएको छ । आव २०६५÷०६६ मा शुरू भएको आयोजना आव २०७०/०७१ मा पूरा गर्ने लक्ष्य राखिएको भएपनि हालसम्म पूरा भएको छैन । पछिल्लो पटक आव २०७७÷०७८ मा पूरा गर्ने लक्ष्य राखिएको छ । 

आयोजनाअन्तर्गत चेपुवा किमाथांका खण्डमा रेखांकनको विवाद देखिएको छ । वन क्षेत्रमा काम गर्न अवरोध हुने तथा दरबन्दीअनुसार जनशक्ति नहुनु र विस्फोटक पदार्थको अभाव हुनुजस्ता समस्या देखिएका छन् । सरकारले वन क्षेत्रको काम गर्न सहज वातावरण बनाउने, चीनको बाटो भई निर्माण उपकरण तथा इन्धन ढुवानीको लागि अनुमतिको व्यवस्था गर्ने र सहजरुपमा जग्गाको उपलब्धताका लागि आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । 

उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग पनि विगत नौ वर्षदेखि निर्माणमा रहेको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति मात्रै ८ दशमलव ४ प्रतिशत भएको देखिन्छ । आव २०६५/०६६ मा शुरु भएको आयोजना आव २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो पटक संशोधन गरेर आव २०७८/०७९ पुर्याइएको छ । सो आयोजनाअन्तर्गत नवलपरासीको गैंडाकोट महेश्वर खोलाखण्डमा रुख कटान गर्ने स्वीकृति नपाउँदा लामो समयसम्म समस्यामा परेको थियो । 

कर्णाली करिडोर शुरू भएको ९ वर्ष पूरा भएको छ । हालसम्म आयोजनाको कुल भौतिक प्रगति १२ प्रतिशत मात्रै भएको छ । सो आयोजनाअन्तर्गत खुलालु सिमिकोट खण्डमा १९६ किलोमिटर र हिल्सा सिमिकोट खण्ड ८८ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । आव २०६५/०६६ देखि शुरु भएको आयोजना आव २०७०/०७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तोकिएको समयमा पूरा नभएपछि आयोजनाको संशोधित तालिकाअनुसार आव २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

निर्माण सामग्री प्राप्त नभएको, इन्धन आयातामा समस्या रहेको, अनुगमनमा कठिनाइ देखिएको तथा दरबन्दीअनुसार जनशक्ति प्राप्त नभएको जस्ता समस्याका कारण आयोजनाले गति लिन सकेको छैन । पछिल्लो पटक संघीय सरकार र कर्णाली प्रदेश सरकारले समेत चासो देखाएका कारण आयोजनाले गति लिने विश्वास गरिएको छ । 

यसैगरी मध्यपहाडी पुष्पलाल लोकमार्गको हालसम्म भौतिक प्रगति करीब ५० प्रतिशतको हाराहारीमा रहेको छ । समष्टिगत वित्तीय प्रगति गति ४२ प्रतिशतको हाराहारीमा पुगेको छ । भौतिक पूर्वाधारका क्षेत्रमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई गति दिन सरकारले विशेष कार्ययोजनाका साथ काम गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x