×

NMB BANK
NIC ASIA

बुटवल – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमा अर्यालले पुरानो भूमि ऐन संशोधन गर्दै अहिले नयाँ भू–उपयोग ऐन बनाउन लागिएको बताएकी छन् ।

Muktinath Bank

ऐनको मस्यौदा तयार भइसकेको र अबको केही समयमै पूर्णता पाउने मन्त्री अर्यालको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलमा शनिबार पत्रकारसँग कुरा गर्दै मन्त्री अर्यालले मालपोत ऐन, गुठी ऐन, सहकारी ऐनहरु संशोधन गर्दै नयाँ भू–उपयोग ऐन बनाउने र त्यसले समृद्धिका लागि बाटो तय गर्ने दाबी गरिन् । उनका अनुसार सरकारले जमिनलाई सात भागमा वर्गीकरण गर्दै नयाँ ऐनलाई कार्यान्वयनमा ल्याउने छ ।


Advertisment
Nabil box
Kumari

मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको व्यवस्थापन गर्न खोजिएको र त्यसले भूमिसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानको अपेक्षा गरिएको बताइन् ।

Vianet communication
Laxmi Bank

ऐन बनेपछि अब कसैले पनि जमिन बाँझो राख्न नपाइने भएको छ । यसका लागि प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको जमिनको अवस्थाको विवरण माथिल्ला तहका पेश गर्नुपर्ने छ । त्यसैका आधारमा सहरी विकास कार्यालयले बस्ती बसेका क्षेत्रहरुको र बस्तीका लागि प्रस्तावित क्षेत्रहरुको अध्ययन गरेर अर्को प्रतिवेदन तयार पार्ने छ । 

यी दुबैका प्रतिवेदनका आधारमा वन कार्यालयका विशेष विज्ञहरूको समितिले वन क्षेत्रको अवस्थाको प्रतिवेदन तयार पारेर पेश गर्नेछन् । यी तीन तहका कामहरुलाई सरकारले गठन गरेको उच्च स्तरीय समितिले अध्ययन गर्नेछ र भू–उपयोग ऐनलाई कार्यान्वयनमा लैजाने छ । 

कित्ताकाट खोलिएको विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मन्त्री अर्यालले अहिले कित्ताकाट खुलेपनि त्यसका प्रष्ट मापदण्ड तय गरिएको बताइन् । सर्वोच्चको आदेश, अख्तियारको सुझाव, सतर्कता केन्द्रको ध्यानाकर्षण र संसदीय समितिको आग्रहपछि मात्रै सरकारले कित्ताकाटलाई व्यवस्थित गरेर लैजाने गरि खुला गरेको मन्त्री अर्यालले प्रष्ट पारिन् । 

जमिनको कित्ताकाट सैद्धान्तिक रुपमा रोकिएपनि व्याहारिक रुपमा कित्ताकाट नरोकिएको उल्लेख गर्दै उनले स्थानीय तह जिम्मेवार भएर कित्ताकाट हुने बताइन् । मन्त्री अर्यालले विगतमा भएका कित्ताकाटभन्दा भिन्न ढंगले जमिनको कित्ताकाट गरिने उल्लेख गर्दै कित्ताकाटका लागि अहिले प्राविधिक संयन्त्र निर्माण गरिने र त्यो अस्थायी हुने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x