×

NMB BANK
NIC ASIA

संरक्षणको पर्खाइमा सुदूरका तालहरू, सरकारले वास्ता नगरेकाे गुनासाे

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अमरगढी- संरक्षण नहुँदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । 

स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका कारण संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका अगुवा अमर बुढामगरले जानकारी दिनुभयो । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको आलिताल गाउँपालिकाले रणनीतिक योजना बनाए पनि स्थानीयवासीको पहलमा श्रमदानबाट तीन किलोमिटर तालसम्म पुग्ने बाटोबाहेक कुनै काम हुन सकेनन्, अलितालका स्थानीयवासी भरत खड्काले भन्नुभयो । 

ताल संरक्षणमा कसैले चासो नदेखाउँदा अहिले आलिताल चारैतिरबाट पुरिन थालेको उहाँले बताउनुभयो । आलिताल डडेल्धुरा जिल्लाको सबैभन्दा ठूलो ताल हो । स्थानीय अगुवा तुलाराम बोहराले आलितालको प्रचारप्रसारमा कमी भएकाले पर्यटकीयस्थल आलितालको संरक्षण हुन नसकेको तथा पर्यटक भित्रिन नसकेको गुनासो गर्नुभयो । 

डडेल्धुराको अर्काे ठूलो नाइल तालको समयमै संरक्षण नहुँदा पछिल्लो समय अतित्व नै मेटिने भएको स्थानीयवासीको गुनासो छ । हामी ताल नजिक बस्थ्यौँ, ताल वारिबाट हेर्दा पारि देखिँदैनथ्यो, धेरै ठूलो ताल थियो । विस्तारै पहिरोले पुर्दै गएपछि ताल अहिले गर्मीयाममा सुख्खा हुने गरेको छ । 

भित्री मधेश क्षेत्रकै परशुराम–६ स्थित वन्डा तालसमेत हाल सुकिसकेको छ । परशुराम–१ मा पर्ने बोडा तालसमेत सुक्ने अवस्थामा छ । यस्तै बगराकोट गाविसमा पर्ने बगबरकोट ताल संरक्षण अभावमा पुरिँदै गएको छ । 

डडेल्धुरामा र कञ्चनपुरको सीमा क्षेत्रमा रहेका बेतकोट ताल, भिलमिला ताल, डडेल्धुरा डोटी सीमामा पर्ने छतिवन ताल, अछाम जिल्लामा रहेको रामारोशन ताल र बझाङ जिल्ला र दार्चुलाको सिमानामा पर्ने सुर्मासरोवर अहिले संरक्षणको अभावमा तालका अकार घट्न थालेको प्रति स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । सुदूरपश्चिमका चर्चित घोडाघोडी तालदेखि शुक्लफाँटा आरक्षभित्र रहेको रानी ताल, खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको खप्तड दहलगायतका अधिकांश तालतलैया पुरिन थालेको स्थानीयवासी बताउँछन् ।

Muktinath Bank

सुदूरपश्चिममा रहेका मनोरम र रमणीय तालहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने हो भने यहाँका युवा विदेश पलायन हुने अवस्था नआउने डडेल्धुरा उद्योग वाणिज्य सङ्घका महासचिव भोजराजज भट्टले बताउनुभयो । 

व्यवस्थितरुपमा स्थानीय तालहरुको संरक्षण गरी पर्यटन विकासमा जोड दिने हो भने यहाँका युवालाई रोजगारीको अवसर जुट्ने उहाँले बताउनुभयो । यस क्षेत्रका ताल क्षेत्रमा सडक विस्तार भइसकेकाले सडकबाट १५ मिनेटदेखि तीन घण्टासम्म पैँदल दूरीमा पर्दछन् । ताल संरक्षणका लागि जिल्ला विकास समिति कार्यालय डडेल्धुराले कुनै पनि कार्यक्रम नल्याएको स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेयले बताउनुभयो । 

प्रचुर पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिमका पर्यटकीयस्थल ताल, धार्मिकस्थल र सुदूरपश्चिम क्षेत्रको दार्चुलामा पर्ने अपी हिमाल र बझाङ जिल्लामा पर्ने साइपाल हिमालसमेत ओझेलमा परेका देखिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x