कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो ।
“पैसा नभएर कर्णाली विकास नभएको होइन”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यहाँ दूरदृष्टि र सही सोच आवश्यक छ ।” प्रदेश विकासको गतिलाई बढाउने र यहाँको नयाँ कामको खोजी गरी कर्णाली सरकारलाई सघाउनेतर्फ सबैको ध्यान जानुपर्नेमा उहाँको जोड थियो । कानूनले समेत कर्णालीको विकासमा अवरोध पु¥याएको भन्दै मुख्यमन्त्री शाहीले यो प्रदेशको विकासमा अब सांस्कृतिक क्रान्ति पनि त्यत्तिकै आवश्यक रहेको औँल्याउनुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले क्षेत्रगत विशेषज्ञता प्राप्त गरेका व्यक्तिहरुको सुझावले कर्णाली सरकारलाई अघि बढ्न सहयोग पुग्ने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा पूण्यप्रसाद रेग्मीले छोटो समयमा विज्ञबाट प्राप्त भएको सल्लाह सुझावले यो प्रदेशको दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विज्ञबाट प्रस्तुत कार्यपत्रले परियोजना बैंक निर्माणमा थप सहयोग पुग्ने भन्दै उपाध्यक्ष डा रेग्मीले अब विकासको ढाँचा तयार गरेर अघि बढ्ने बताउनुभयो ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले दुईदिने कार्यशाला गोष्ठीमा सडक, खानेपानी, जलविद्युत्, कृषि, वन, वातावरण, पर्यटन, जडीबुटी, उद्योग, शिक्षा, स्वास्थ्य, जनसङ्ख्या, खनिज सम्पदा, सूचना, प्रविधिलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित २७ कार्यपत्र प्रस्तुत भएको जानकारी दिनुभयो ।
आयोगका सदस्य डा रोकायाका अनुसार गोष्ठीमा आर्थिक विकास, सुशासन र समन्वय, भौतिक पूर्वाधार विकास, कृषि, सहकारी र भूमि व्यवस्था, उद्योग वाणिज्य, आपूर्ति, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र आन्तरिक तथा सूचना, सञ्चारको समूहगत छलफलबाट ‘आवधिक योजना आधारपत्र’ तयारी भएको छ । यो तयारी आधारपत्रले यही माघ १४ र १५ गते सञ्चालन हुने कर्णाली प्रदेशको समन्वय परिषद्को बैठकलाई सहयोग पुग्ने उहाँको भनाइ छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...