×

NMB BANK
NIC ASIA

भारतीय रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा

माघ ६, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रत्ननगर – सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित पर्साको ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन् । ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत सरकारले सन् २०२० सम्म भिखना ठोरीदेखि नरकटियागञ्जसम्म वडी लाइन विस्तार गर्ने योजनासहित रेलको लिक निर्माण गर्ने कामलाई अगाडि बढाइरहेको छ । “भारतीय व्यापारी घरघरमै फलफूल किन्न आउँथे”, ठोरी–१ का कृषक चन्द्रबहादुर बोहोराले भन्नुभयो, “रेल चल्न छाडेपछि गाउँमै बाँडेर फलफूल सक्नुपर्ने अवस्था छ । हामी जस्ता कृषकलाई जीविका चलाउनै गाह्रो हुन थालेको छ ।” 


Advertisment
Nabil box
Kumari

ठोरीमा उत्पादन हुने रुख कटहर, भूइँ कटहर, आँप, लिच्ची, केरा भारतीय बजारमा बढी माग हुने गरेको थियो । यहाँका मानिस कृषि उत्पादन बिक्री गर्न, उपचार गर्न, दैनिक उपभोग्य सामान खरीद गर्न तथा सदरमुकाम वीरगञ्जसम्म पुग्न पनि रेलको प्रयोग गर्दथे । 

Vianet communication
Laxmi Bank

रेलको ठाउँ भनेर चिनिने गरिएको ठोरीमा यहाँको सीमावर्तीबाट चल्ने सवारी रेल, मालबाहक रेल सञ्चालनमा छैनन् । रेल बन्द भएकै कारण यहाँका कृषकले फलफूलका बिरुवा रोप्न छाडेका छन् । 

उत्पादित वस्तुले बजार नपाएपछि फलफूल, अन्नबाली बिक्री गरेर घर व्यवहार चलाउने स्थानीयवासीको आर्थिक अवस्था बिग्रिएको छ । “भारतीय बजारको मात्रै भर पर्नुहुँदैन”, गाउँपालिका–१ का अध्यक्ष रामप्रकाश कुँवरले भन्नुभयो, “समस्याको समाधान गर्न चितवनको भरतपुर र पर्साको वीरगञ्जको बजारसम्म जोडिनुपर्छ । यसका लागि कच्ची सडकलाई पक्की बनाउनुपर्ने हुन्छ ।” 

ठूला अस्पतालको सेवा नरहेको यहाँका स्थानीयवासीले उपचार गर्न ठोरीदेखि वीरगञ्ज र भरतपुरका अस्पताल पुग्न ७० किलोमिटरको कच्ची बाटो प्रयोग गर्नुपर्छ । तीनतर्फ चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतीय खुल्ला नाका हुँदा सम्भावना प्रशस्त रहेको ठोरी पूर्वाधार विकासमा कमजोर छ । बजेट थोरै हुँदा विकासले गति लिनसकेको छैन । चालु आर्थिक वर्षमा रु ३१ करोड २७ लाख बराबरको बजेट अनुमान गरिए पनि ठूला पूर्वाधारमा बजेट अभाव छ । यहाँका दर्जन बढी खहरे खोलाले पु¥याउने क्षति अर्को समस्या हो । 

गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले खोलानाला व्यवस्थापनमै बजेट अपूग भएको बताउनुभयो । “बाढीले बर्सेनि जालीसहितको तटबन्ध नै बगाउने अवस्था छ”, उहाँले भन्नुभयो, “हरेक वर्ष पुनःनिर्माणको काम गर्नुपर्छ, थोरै बजेटले दिगो व्यवस्थापन गर्न चुनौती दिँदै आएको छ ।” उहाँले प्रत्येक खोलामा सरदर रु ७५ लाख खर्चिनुपरेको बताउनुभयो । 

“कल्भर्ट, ह्युमपाइप, सिँचाइ आयोजना दिगो हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “बनायो, बाढीले भत्काइहाल्छ, ठूलो लगानीमा तटबन्ध गर्न बजेट नै पुग्दैन ।” ठुटे, सरस्वती, ओडार, ओरिया, सिखारीबास लगायतका खोलाले बर्सेनि जमीन कटान गर्दै आइरहेका छन् । 

“थोरै बजेटले स्थानीयवासीका सबै माग पूरा गर्न कठिन छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि खासै चासो दिएको छैन, केन्द्र सरकारलाई नै घच्घच्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । पर्सामा रहेका अन्य स्थानीय तहको तुलनामा ठोरीमा १० गुणा बढी समस्या रहेपनि बजेटको आकार सानो रहेको उहाँको भनाइ छ । पछिल्लो जनगणना अनुसार यहाँ २० हजारको बसोबास छ । 

राष्ट्रिय गौरवको आयोजना रहेको चीन र भारत जोडने सबैभन्दा छोटो मार्ग ठोरी–केरुङ लोकमार्गको भारतीय नाका यही गाउँपालिकाको सीमावर्ती भिखना ठोरीमा पर्छ । यो मार्ग निर्माण भए ठोरी व्यापारिक केन्द्रका रूपमा विकसित हुनेछ । सुरेन कुँवर / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x